प्रवासी नेपाली एकता समाज नेदरल्याण्डले श्री ५ बडा महाराजाधिराज पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्ति एवं राष्ट्रिय एकता दिवस ११ जनवरी २०१७ बुधबारका दिन आम्स्टरडाममा मनाएको छ।

प्रवासी नेपाली एकता समाज नेदरल्याण्डका अध्यक्ष बिक्रम बानियाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेदर्ल्याण्ड स्थित संघ-संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। संघ-संस्थाका प्रतिनिधिहरुले कार्यक्रमा आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए।

मन्तव्य कै क्रममा पृथ्वीनारायण शाहले स-साना राज्यलाई एकीकरण गरी बहुजाति, बहुभाषीक र बहुसंस्कृति रहेको नेपालको एकिकरण गरेको चर्चा गर्दै पौष २७ गतेलाई राष्ट्रिय पर्वकै रुपमा सधै मनाउनु पर्ने र इतिहासलाई कसैले चाहेर पनि मेट्ननसकिने यथार्त, बक्ताहरुले व्यक्त गरेका थिए।

कार्यक्रममा चियापानको आयोजना गरेको थियो।

Previous articleहरेक घरमा धारो, हरेक गाउँ सिंचाइ सुनिस्चितता नहुँदा सम्म पानी अभियानकर्ता घर नजाने
Next articleयुरोपमा रहेका पर्यटन दूतहरुले गरे पर्यटन प्रवर्द्धनको सामूहिक सुरुवात

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here