बार्सिलोना। बिगत एक दशक भन्दा लामो समय देखि स्पेनमा बसेर सामाजिक क्षेत्रमा सक्रिय रहदै आएका एकराज गिरीलाई नेपाल पर्यटन बोर्डले पर्यटन दूतमा नियुक्त गरेको छ । राजधानी म्याड्रिड क्षेत्र लगायत समग्र स्पेनबाट नेपालको पर्यटन विकास तथा प्रवर्द्धनका लागि भन्दै गिरीलाई पर्यटन दूतमा नियुक्त गरेको हो।बाग्लुङको पैयुँपाटामा जन्मिएका गिरी गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य तथा राष्ट्रिय समन्वय परिषद स्पेनका पुर्ब अध्यक्ष समेत हुन्।

बोर्डले सोमबार पत्र जारी गर्दै आगामी दुई बर्षका लागि गिरीलाई पर्यटन दूतमा नियुक्त गरेको हो। यस अघि बार्सिलोना क्षेत्रबाट दिपक खरेल गत बर्ष नै दूतमा नियुक्त भएका थिए। बर्षेनी १३ हजार भन्दा बढि पर्यटकहरु नेपाल पुग्ने स्पेनका लागि बोर्डले यो सँगै दुई जनालाई दूतमा नियुक्त गरेको छ।

हालै बसाई सरेर स्पेनको राजधानी म्याड्रिड पुगेका गिरीले नेपालको पर्यटन विकास तथा प्रवर्द्धनका लागि नयाँ जिम्मेबारी पाएको बताएका छन् ।गिरीले भने,” स्पेनबाट नेपालको पर्यटन विकासमा अझ थप प्रभावकारी कार्यक्रमहरु हुन सकोस् भन्ने अपेक्षा बोर्डले राखेको छ। त्यसैले अझ बढि स्पेनिस पर्यटकहरुलाई नेपाल भित्रने बाताबरणका लागि हामी एनआरएन,संघ-संस्था तथा कन्सुलर कार्यालयसँग मिलेर काम गर्ने छौ।”

Previous articleअब एनआरएनले आफ्ना बालबालिकाका लागि पनि सोच्ने कि ?
Next articleडायस्पोराको चम्किलो तारा-गोरख घले

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here