काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई लिपुलेक प्रकरणमा कूटनीतिक र राजनीतिक रूपमा उच्चस्तरीय पहल कदमी गर्न आग्रह गरेका छन् ।भारतले चीनको मानसरोवर जोड्न नेपाली भूमि लिपुलेक भएर जाने सडक उद्घाटन गरेपछि कूटनीतिक र राजनीतिक रूपमा उच्चस्तरीय पहलकदमी गर्न सभापति देउवाले आग्रह गरेका हुन् ।

भारतले दुई दिनअघि उद्घाटन गरेको सडकको प्रसंगमा देउाले भनेका छन्, ‘यो दुई दिनको अवधिमा वर्तमान सरकारले उच्चस्तरीय कूटनीतिक पहल प्रारम्भ नगरेर गम्भीर विषयमा केवल वक्तव्य मात्रै जारी गरेको परिप्रेक्ष्यमा नेपाली कांग्रेसको सभापति एवं प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले म सरकारलाई कूटनीतिक र राजनीतिक रूपमा उच्चस्तरीय पहलकदमी गर्न सार्वजनिक रूपले अपिल गर्दछु ।’देउवाले निकालेको विज्ञप्तिमा नक्शा प्रकरणमा पनि सरकारको भूमिका केवल वक्तव्यमा सीमित रहनु र अहिले फेरि त्यही प्रवृत्ति दोहो

Previous articleजातीय सद्भावमा आँच आउने गरी गतिविधि नगर्न काँग्रेसकाे अनुरोध
Next articleभारत र चीनसंगै वार्ता गर्नुपर्नेमा प्रचण्डकाे जोड