१९ वैशाख २०८१

एनआरएन बेल्जियमले बिध्यालय पुननिर्माण सहयोगको लागी सांगीतिक कार्यक्रम गर्ने

0

१६ नोभेम्वर, बिष्णु सापकोटा, बेल्जियम । गैर आवासीय नेपाली संघ बेल्जियमले  आगामी २० नोभेम्वर र २७ नोभेम्वर का दिन बेल्जियमको आन्त्रोपेन र लुभेनमा दुई छुट्टा-छुट्टै भब्य सांस्कृतिक च्यारीटी कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेपालमा गएको महाभूकम्प बाट क्षति ग्रस्त बिध्यालय भवनको पुननिर्माण सहयोगको लागी नेपालका ख्याती प्राप्त नेपाल ताराका आईडल गायक दिपक लिम्बु, गायिका साईमा कलाकार द्वय झरना र एन्जल को साथमा बृहत सांकृतिक कार्यक्रमको आयोजना गर्न लागीएको जनाईएको छ ।

यसरी आयोजना गर्न लागिएको सांस्कृतिक कार्यक्रम बेल्जियमका दूई प्रसिद्ध शहर आन्त्रोपेनमा २० नोभेम्वर  र लुभेन शहरको ओंजहाउसमा २७ नोभेम्वरमा हुने भएको छ । भने कार्यक्रमका लागी प्रवेश शुल्क यूरो दश राखिएको जनाईएको छ  । च्यारीटी सास्कृतिक कार्यक्रम अन्तर्गत नेपालमा गएको महाभूकम्प बाट क्षति ग्रस्त बिध्यालय भवन निर्माण सहयोगका लागी केहि रकम अघिल्लो कार्यक्रम बाट संकलन भई सकेको र आगामी आयोजना गर्न लागीएको कार्यक्रम बाट  संकलित एक मुष्ठ रकम बिध्यालय पुननिर्माण सहयोगको लागी हस्तान्तरण गर्ने कार्यक्रम रहेको गैर आवासीय नेपाली संघ बेल्जियमका महासचिव लोक दाहालले जनाएका छन् ।

नेपालको भूकम्प प्रभावित क्षेत्रमा रहेको क्षति ग्रस्त बिद्यालय पुनर्निर्माण सहयोग को लागी आयोजना गर्न लागीएको सांगीतिक च्यारीटी कार्यक्रम लाई सहयोग र सफल पार्नको लागी बेल्जियम स्थिति सम्पूर्ण नेपाली संघ-संस्थाहरु लगाएत बेल्जियमवासी गैर आवासीय नेपालीहरुलाई उपस्थितिको लागी समेत अनुरोध गरेको छ ।

Share.

Leave A Reply