१५ वैशाख २०८१

जुरीखको सिबाखमा देउसी भैलो (फोटोफिचर)

0

जुरीख। तिहारको हर्ष उल्लाससहित देउसी भैलोले घरदेशलाई ढपक्क बालेको बेला स्विट्जरल्याण्डमा पनि घर-घरमा पुगि देउसी भैलो खेलेर तिहार मनाएका छन्। परदेशमा व्यस्त समयका बाबजुत पनि नेपालीहरू आफ्नो परम्पराअनुसार चाडपर्व मनाउन पछि परेका छैनन्। आ-आफ्नो समय अनुकूल जमघट तथा रमाइलो गर्दै चाडपर्व मनाउने गर्छन्।

यसै बीच स्विट्जरल्याण्डका नेपाली समुदायमा पनि लगातार देउसी-भैलो कार्यक्रम सम्पन्न भएको छ। स्विट्जरल्याण्डका घर-घरमा पुगेर देउसी-भैलो खेल्ने परम्पराले यस बर्ष पनि निरन्तरता पाएको हो। यस बर्ष जुरीखको सिबाखमा चार दशक देखि स्विट्जरल्याण्डमा बस्दै आउनु भएका माधव आचार्यको घरमा नै पुगेर देउसी-भैलो सम्पन्न भएको हो।

“‌हाम्रो संस्कृति र परम्परालाई निरन्तरता दिनु हाम्रो कर्तब्य नै हो। त्यसैले पनि घर-घरमा नै पुगेर देउसी खेल्न पुग्यौ।”  विदेशी भूमिमा पनि नेपाली संस्कृति र चाडपर्व बचाईराख्ने र नयाँ पुस्ताहरु लाई प्रोत्साहन गर्ने उदेश्यका साथ निरन्तरता दिदै आएको भैलो टिमले बताए।

गतवर्ष झै यो पटक पनि सानो समूह बनाई नेपाली पोसाकमा सजिएर माला, मादल र खैचडिका साथ देउसी भैलो खेली स्विट्जरल्याण्डमा तिहार मनाएका छन्।

Share.

Leave A Reply