१५ वैशाख २०८१

एनआरएनए स्विट्जरल्याण्डद्वारा भूकम्प पीडितहरुका लागि राहत सामाग्रीहरू वितरण

0

बेर्न। गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डले भूकम्प पीडितहरूका लागि राहत सामाग्रीहरू वितरण गरेको छ। पश्चिमका विभिन्न स्थानमा कार्तिक १७ गते शुक्रवार राति गएको भूकम्पबाट प्रभावितहरुका लागि गैरआवासीय नेपाली संघ स्विट्जरल्याण्डले आर्थिक सहयोग संकलन गरी नेपाली रु ६ लाख बराबरको राहत सामाग्रीहरू वितरण गरी सहयोग गरेको हो।

गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद काठमाण्डौको समन्वयमा जाजरकोटको कुशे गाउँपालिका वडा नं ३ डतिवर भन्ने ठाउँमा पीडितहरुको मागअनुसार यही डिसेम्बर २०२३ शनिवारको दिन सिरक ३०० थान, बच्चाहरूको लागि सानो बल्यान्केट ४० थान, महिलाहरुको लागि पछ्यौरा १५० थान र महिलाहरको लागि स्विटर १५० थान राहत सामाग्रीहरू वितरण गरेको संघले जानकारी गराएको छ।

आर्थिक सहयोग संकलनबाट उठेको बाकी लगभग ६ लाख नेपाली रुपैयाँ भूकम्प पीडितहरूको पुननिर्माणको लागि पठाउने संघले जाकारी गराएको छ।

Share.

Leave A Reply