१५ वैशाख २०८१

एनआरएनए माल्टाको आईसिसि सदस्यमा नविन गिरीको उम्मेद्वारी घोषणा

0

माल्टा। गैर-आवासीय नेपाली संघ, माल्टाको आईसिसि सदस्य पदको लागि नविन गिरीले उम्मेद्वारी घोषणा गरेका छन्।

सबै संगको अनुभव, भावना र बिचार लाई उच्च सम्मानका साथ हातेमालो गर्दै नयाँ उत्साह र नयाँ सोच लिई स्वच्छ बिचारले समाज सेवा गर्ने प्रतिबद्धताका साथ आईसिसि सदस्य पदमा उम्मेद्वारी घोषणा गरेको गिरीले बताए।

गिरी गैर-आवासीय नेपाली संघ, माल्टाका २०२१-२०२३ का वरिष्ठ उपाध्यक्ष हुन्।

गिरीको घोषणापत्र जस्ताको तस्तै

आदरणीय माल्टाबासी आमाबुवा ,दाजुभाइ ,दिदिबहिनी बुद्धिजिवि,व्यव्सायी ,विद्यार्थी ,माल्टाबासी मेरा साथिभाइ इस्ट्मित्र , सबैमा सादर नमस्कार म नवीन गिरी को तर्फबाट नेपाल को झापा जिल्लामा जन्म भएको एक युवा म सुन्दर भविस्य को खोजी गर्दै युरोप को माल्टा सन २०१७ अक्टोबर मा माल्टा आएको हु माल्टा आए पस्च्यात म माल्टाका विभिन्न सामाजिक क्षेत्र मा सकृय रुपमा आफुलाइ समाहित हुदै आएको कुरा यहाँ हरु माझ छर्लङ्ग छ म नेपाल माल्टा कम्युनिटी को अध्यक्ष हुँदै एन आर एनए माल्टाको २०१९ मा सस्थाको उपाध्यक्ष तथा झापाली समाज माल्टाको सल्लाहकार तथा २०२१-२०२३ को निर्वाचन मा सर्वातिक मत का साथ वरिष्ठ उपाध्यक्ष मा निर्वाचित भए र कुशलता पुर्वक आफ्नो कार्यकाल पूरा गरेको छु आज एन आर एनए अभियान मा यो स्थान सम्म आइपपुग्दा साथ सहयोग गर्ने एन आर एनए अभियान्ता अग्रज सस्थापक टिम र मेरा समर्थक प्रती उच्च सम्मान साथ मेरो हार्दिक नमन व्यक्त गर्दछु आगामि एन आर एनए निर्वाचन २०२३-२०२५ मा I CC पद को उम्मेद्वार रहेको जान्कारी गराउदै साथ र समर्थन को अपेक्षा राखद्छु ।

परोपकारी भावनामा संस्थालाई अगाडि बढाउने र सबैको समान सहभागिता गराउने मेरो प्रयासमा यहाहरुको शुभकामना प्राप्त हुनेछ भन्ने बिश्वास लिएको छु । मेरो र तेरो होइन हामी सबैको अनि राम्रो देखिने मात्र होइन सबैले हाम्रो भन्न पाउने एनआरएन बन्नु पर्छ भन्ने मेरो मुल्य र मान्यता हो । एनआरएनए अभियानमा पदाधिकारी भएर बटुलेको अनुभवलाई समेटेर संस्थालाई थप उचाइमा पुरयाउने मेरो प्रयास रहने छ । एनआरएन अभियानको एउटा सिपाहीको रुपमा अगाडि बढदै गर्दा मन बचन र कर्मले संस्थाको हित र उन्नती अनि प्रगतीको वाटोमा अगाडि बढाउने हरसम्भव प्रयास गर्नेछु ।

साथ र सहयोग को अपेक्षा सहित

नविन गिरी

ICC पद को उम्मेद्वार २०२३-२०२५

Share.

Leave A Reply