२२ वैशाख २०८१

लोकमान विरूद्धको महाअभियोग प्रस्ताव संसदमा अधि बढ्दै

0

२३ अक्टोबर २०१६, स्विटजरल्याण्ड । नेपालको संघीय ब्यवस्थापिकाको प्रतिनिधी सभामा सत्तारूढ दल नेकपा माओवादि (केन्द्र) र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) द्वारा अख्तियार अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कि विरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्ताव आज आईतबार संसदको बैठकमा प्रस्तुत हुने कार्यसुचि रहेको छ । आयोग प्रमुख कार्किले सर्विच्च अदालतको मानहानी गरेको आरोपमा उक्त्त महाअभियोग प्रस्ताव सांसदहरुले  संसद सचिवालयमा दर्ता गराएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको माओवादि केन्द्र र नेकपा एमालेका १५७ जना सांसदहरुको हस्ताक्षर रहेको महाअभियोग प्रस्ताब पारित हुन प्रतिनिधि सभाको दुई तिहाई बहुमतको आवश्यकता पर्दछ । जसका लागि नेपाली कांग्रेसको सहयोगको अनिवार्य आवश्यक्ता रहन्छ ।

प्रधानमन्त्री एवं नेकपा माओवादि (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपि ओलिले महाअभियोगका सम्बन्धमा प्रस्ताव दर्ता गर्नु अगावै प्रमख तीन दलहरू नेपाली कांग्रेस, माओवादि केन्द्र र नेकपा एमाले बीच सैदान्तिक सहमति भएको बताएपनि नेपाली कांग्रेसले प्रस्ताव दर्ता भएको चार दिन बितिसक्दा पनि यससम्बन्धमा औपचारिक निर्णय गरिसकेको छैन ।

महाअभियोग प्रस्ताव दर्ता हुनु अगावै बरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आयोग प्रमुख कार्किले पदको दुरुपयोग गरेको आरोप लागाउंदै कार्किका विरूद्ध महाअभियोग लगाउन माग गर्दै अनसन बसेका थिए । यसअधि कार्किको अख्तियार अनुसन्धान आयोगको प्रमुखमा नियुक्त्त हुन योग्यता नपुगेको भन्दै सर्वोच्वमा मुद्दा परेपछि सर्वोच्वले पटक पटक अदालतमा उपस्थित हुन काटेको म्याद तामेली उनको घरमा टाँस्न कार्किले अवरोध पु-याएका थिए । महाअभियोगको प्रकृया र नतिजामा नेपाली जनमानसको ब्यापक चासो रहेको देखिएको छ ।

Share.

Leave A Reply