२१ वैशाख २०८१

दुबईमा सुरक्षा गार्डहरुको तलब वृद्धि,रोजगार गुमाउने खतरा, लाइसेन्समा

0

बिशाल बस्नेत, युएइ। युएइको दुबईमा काम गर्ने डिपिएस सुरक्षा गार्डहरुको पारिश्रमिक ६० प्रतिसतसम्म बढाउने दुबईमास्थित श्रम मन्त्रालयले निर्णय गरेको छ ।
युएइको दुबईमाबाहेक हरेक राज्यमा सुरक्षा गार्डहरुको  तलब उच्च रहेको र दुबईमा कार्यरत गार्डहरुको मात्र कम रहेको ब्यापक आलोचना भैरहेको बेला जनवरी ७,२०१७ बाट कार्यान्वन हुने गरि ६० प्रतिसत पारिश्रमिक बढाउन लागेको हो ।
मन्त्रालयको निर्णयसगै हरेक डिपिएस कम्पनीका सिइयो तथा म्यानेजरलाइ २०१७ जनवरीमा लागु हुने उक्त नियम कार्यान्वनका लागी तयार रहन पत्रचार समेत गरिसकेको  दुबईका उच्च अधिकारी सेख मुहमबद बिन अल रसिदसग उदृढ गर्दै स्थानिय पत्रीकाहरुले उल्लेख गरेका छन ।
यसअघि हरेक डिपिस लासेन्स प्राप्त सुरक्षा गार्डहरुले ८ घण्टा २६ दिनको १२ सय दिराम पाउदै आएकोमा ६० प्रतिसत बढेपछी  ७ सय २० दिराम  अर्थात जम्मा १९ सय २० दिराम पाउने भएका छन ।
तर हरेक सुरक्षा गार्डले १२ घण्टा २६ दिन गर्नै पर्ने नियमानुसार दुबईका हरेक डिपिएस कम्पनिहरुले एक जनालाइ १७ सय ८२ दिराममा सहमतिपुर्ण हस्ताक्षर गराउदै आएका थिए ।
हालै गरिएको निर्णयमा हरेक डिपिएस कम्पनिहरुले एक जना सुरक्षा गार्डलाइ २५ सय ६ दिराममा हस्ताक्षर गराउनु पर्ने छ ।
यता  डिपिएस बिभाग तथा मन्त्रालयबाट प्राप्त भएको पत्र आफ्ना क्लाइन्टलाइ समेत पठाइसकेको र आफुहरुलाइ सकरात्मक प्रतिउत्तर आएतापनी आफ्ना सुरक्षा गार्डहरु कटौती गर्न पर्ने बताएपछी अलि बढी तयारीमा लागेको कम्पनिहरुले बताएका छन ।
तर हरेक कम्पनिहरुले आफ्ना क्लाइन्टसग समेत सहमती जुटाउनु पर्ने भएपछी स्थापित भैनसकेका कतिपय कम्पनिका सुरक्षा गार्डहरुले कम्पनिको क्लाइन्टसगको असहमतिका कारण रोजगार समेत गुमाउनु पर्ने स्तिथी सिर्जना भएको छ ।
सरकारी नियम पालना गर्नै पर्ने र क्लाइन्टसगको समझदारी बिना आफ्ना सुरक्षा गार्डहरुलाइ तलब पनि दिन नसक्ने हुदा कम्पनी बन्द गर्नु पर्ने स्तिथी सिर्जना भएको हो ।
कतिपय कम्पनिले त आफ्ना सुरक्षा गार्डहरुलाइ अन्य कम्पनिमा काम खोज्दै गर्न निर्देशन समेत दिसकेका छन । कम्पनिको नाम नखुलाउने सर्तमा एक जना पाकिस्थानी नागरिक अहमद अलि भन्छन :”हाम्रो कम्पनिले त धेरै जनालाइ काम खोज्न भनेको छ , त्यसैले याहा फस्ट सेकुरेटी ग्रुप भन्ने कम्पनीमा बिज्ञापन छ भनेर आएको ।”
हुन त याहा भन्दा अगाडी पनि केहि डिपिएस सेकुरेटी कम्पनीहरु आफ्ना सुरक्षा गार्डलाइ तलब दिन नसकेपछी बन्द भएका थिए । किटेक भन्ने एक कम्पनीमा काम गर्ने सुरक्षा गार्डहरु महिनौ सम्म तलब नपाएको भन्दै आन्दोलनमा उत्रीएपछी दुबै स्थित श्रम मन्त्रालयले केहि अघि मात्र कम्पनी खारेज गरेको थियो ।
त्यसैगरी दुबै पुलिस एकेडेमी डिपिएस साखाले हरेक सेकुरेटीहरुलाइ लाइसेन्स प्राप्त गर्न कडा मापदण्ड लागु गरेको छ । १/१ मिनेटमा २५/२५ सिट अप र पुस अप , ६ मिनेटभित्र १२ सय मिटरको दौड पुरा गर्नु पर्ने र अनिबार्य लिखित र मौखिकमा ७० अङ्क माथी ल्याउनु पर्ने डिपिएस साखाले जनाएको छ ।
हरेकलाइ सारिरिक ,लिखित र मौखिकमा ३ चोटीसम्म अबसर दिने र त्यहासम्म पनी पास गर्न नसकेमा अयोग्य ठहर गरि कम्पनीलाइ पत्र लेख्ने पनि प्रष्ट बनाएको छ ।
पछिल्लो समय दुबई पुलिस एकेडेमिले लाइसेन्स प्राप्त गर्न अयोग्य ठहर गरेर नाम सुचित गरेका कयौ नेपाली तथा बिभिन्न देशका नागरिकलाइ कम्पनिले टरमिनेट पेपर हातमा थमाउदै धमाधम मुलुक फर्काइरहेको छ

Share.

Leave A Reply