१७ वैशाख २०८१

नेपाली जनसम्पर्क समिति नेदरल्यान्ड्सको सभापतिमा रामचन्द्र क्षेत्रीको उम्मेद्वारी(बिज्ञप्ति सहित)

0

१६ सेप्टेम्बर २०१६, नेदरल्याण्ड। नेपाली काँग्रेसको भातृसंगठन जनसम्पर्क समिति नेदरल्यान्ड्सको अधिवेशनको मिति नजिँकिदै जाँदा नयाँ नेतृत्वको लागि प्रतिस्पर्धा सुरु भएको छ । विभिन्न पदका लागि विभिन्न व्यक्तिहरुले आफ्नो नाम सार्वजनिक गर्ने क्रमलाई तिव्रता दिएका छन्।यसैबीच जनसम्पर्क समिति नेदरल्यान्ड्सको आगामी २७ सेप्टेम्बरमा हुने चौथो आसन्न अधिबेशनको लागि सभापति पदमा रामचन्द्र क्षेत्री(पदम)ले उम्मेद्वारी घोषणा गरेका छन्।उनले महामन्त्रीमा सालिक गौतम सहित प्रारम्भिक टोलीको समेत घोषणा गरेका छन्।लामो समयदेखि नेदरल्यान्ड्स बसोबास गर्दै आएका क्षेत्री जनसम्पर्क समिति नेदरल्यान्ड्सका संस्थापक उपाध्यक्ष समेत हुन्।

हिजो एक बिज्ञप्ति मार्फत उम्मेद्वारी घोषणा गरेका रामचन्द्र क्षेत्रीले संगठनमा देखिएको व्यापक ध्रुविकरण लाइ रोक्न र जनसम्पर्क समितिलाई एक धिक्का बनाउदै लग्ने दृढ अठोटकासाथ चुनावी प्रतिस्पर्धामा होमिएको बताए।साथै उनले नेपाली काँग्रेसको महाधिबेशनमा भाग लिन जाने सम्बन्धमा आफुले सर्बसम्मती हुने अवस्था बाहेक अरु अबस्थामा आफ्नो उम्मेद्वारी रहने जानकारी दिदा दिदै आफु लगायत तमाम कांग्रेसजन हरुलाई बिना जानकारी उम्मेदवार हुनबाट बन्चित गराउदै कसैलाई अबैधानिक रुपमा आगामी अध्यक्ष घोषणा गरिनु संगठनको बिधि,बिधान र स्थापित मुल्यमान्यता बिपरितको कार्य भएको भन्दै यसले संगठनमा गलत नजिर बसालेको र समग्र कांग्रेस जनहरुमा निराशा छाएको जनाउदै जनसम्पर्क समिति नेदरल्यान्ड्स लाइ सबैको साझा संगठनको रुपमा स्थापित गर्न आफ्नो उम्मेद्वारी अपरिहार्य रहेको समेत बताएका छन्।

बिज्ञप्तिको पूर्णपाठ जस्ताको तस्तै

​नेपाली जनसंपर्क समिति नेदरल्याण्ड्सको अध्यक्षमा पदम क्षेत्री (रामचन्द्र)को उम्मेद्वारी घोषणा

नेपाली जनसंपर्क समिति नेदरल्याण्ड्सको चौथो अधिवेसन आगामाी २७ सेप्टेम्बर २०१६ का दिन संपन्न हुन गैरहेको छ । बैधानिक रुपमा करिव २ वर्ष कार्यकाल गुज्रीरहेको संगठनको अधिवेसन हुन लाग्दा म लगायत सवै जनसंपर्क समितिका सदस्यहरुलाई खुसी लागेको छ । नेदरल्याण्ड्स लगायत युरोपका सवै सवै लोकतन्त्रबादी काँग्रेसहरु यस उत्सवमा सहभागी भै अधिवेसनलाई भव्य, सभ्य र बृह्त रुपमा सम्पन गराउन म हार्दिक अनुरोध गर्दछु ।

संस्थापक उपाध्यक्षको हैषियतले यस संगठनलाई एक पटक नेतृत्व गर्ने दृद्ध चाहाना हुदाँहुदै संगठनको बृहत्तर हितका लागि अरु मित्रहरुको चाहानालाई मनन् गरि नेतृत्व सुुम्पेकै हो । यद्यपी संगठनलाई आवश्यक पर्दा सवै खाले सहयोगहरु अविछिन्न रुपमा गर्दै आइरहेको जगजाहेरै छ 
नेपाली काँग्रेसको महाविधेसनमा भाग लिन जाने संबन्धमा भएको सहमती प्रति गम्भिर असहमति सुरुबाट व्यक्त गर्दै आइरहेको छु । सर्वसम्मत हुने बाहेक अन्य सन्दर्भमा महाधिवेसन प्रतिनिधीका रुपमा आफ्नो उम्मेद्वार ससक्त रुपमा रहेको वर्तमान नेतृत्वलाई मैले पनि जानकारी गराएकै हो । तर अन्तमा म लगायत धेरै मित्रहरुलाई विना जानकारी उम्मेद्वारी हुनबाट बंन्चित बनाइयो । संगठनमा लागि परेका धेरै मित्रहरुलाई विना जानकारी अवैधानिक सहमति गरेर कसैलाई आगामी अध्यक्ष घोषणा गरिनु संगठनमा गलत नजिर बसाएको प्रति गम्भिर असहमति व्यक्त गर्दछु । र आम संगठनका सवै तह र तप्काहरुलाई उक्त विषयहरुलाई सुक्ष्म अध्ययन गर्न अनुरोध गर्दछु ।

जनसंपर्क समितिमा सवैलाई समेटेर संगठनको हितका लागि लाग्ने नेतृत्वको आवश्यक महसुस गरि सवै इच्छ्या, क्षमता, योगदान भएका सवैलाई समेटेर साझा संगठन बनाउने उद्धेश्यका साथ आगामी नेतृत्वको लागि मेरा मुद्धाहरु मिल्ने मित्रहरुमा क्रमश महामन्त्री शालिक गौतम र क्रमश चन्द्र पौडेल, प्रेम सिंङ्ग गुरुङ्ग, विनोद गौतम, खड्क रोका, सन्तोस गुरुङ्ग, विशाल खड्का, चिजमान गुरुङ्ग, गणेश कार्की, डिल्लीराम कँडेल, गणेश थापा (जीटी), तेजेन्द्र केसी, जंग बहादुर पुन, चन्दना खड्का, सिर्जना थापा सहितको प्रारम्भिक समुह सहित आफ्नो उम्मेद्वारी घोषणा गर्न चाहान्छु । यद्यपी मेरो नेतृत्वमा नेदरल्याण्ड्समा बस्ने सवै आकाँक्षितहरु संग समन्वय गरेर समितिलाई पुर्णता दिइने छ । साथै सर्वसम्मतीका लागि सदैव हदै सम्म लचक रहेको समेत स्पस्ट पार्दछु । 
यस संगठनमा अनवरत रुपमा लाग्दै आउनु भएका संस्थापक अध्यक्ष, बुद्धिजिवी, समाजसेवी, पुर्व अध्यक्ष तथा जनसंपर्क समिति नेदरल्याण्ड्सका सवै सदस्यहरुलाई सहयोगका लागि हार्दिक अपिल गर्दछु । यहाँहरुले दिनु भएको अमुल्य सहयोगको उच्च सम्मान गर्दै सवैको भावानाहरुको संबोधन गर्दै संगठनलाई नयाँ शिरामा पुराउने प्रतिवद्धता व्यक्त गर्दछु ।

पदम क्षेत्री (रामचन्द्र)
अध्यक्षको उम्मेद्वार
नेपाली जनसंपर्क समिति नेदरल्याण्ड्स
संपर्क ०६४६३३०१८६

Share.

Leave A Reply