२६ वैशाख २०८१

दाम्लोमा बाँधिएकी गर्भवतीको उद्धार, महिला र शिशुको जीवनरक्षाका लागि सहयोगीहरुको खोजी हुँदै

0

उदयपुर, २६ साउन । ६ महिनादेखि दाम्लदोमा बाँभिएकी एक गर्भवती महिलाको उद्धार गरिएको छ ।
नियमित व्यायाम, स्याहार सुसार र खानपीनमा विशेष पोष्टिक आहारको आवश्यकता पर्ने बेला दाम्लोमा बाँधिएकी उदयपुरको त्रियुगा नगरपालिकाकी एक महिलालाई जिल्ला अस्पताल ल्याइएको हो ।
मानसिक रोग लागेकी त्रियुगा नगरपालिका– ५ भातिखर्ककी २२ बर्षिया सृजना कार्की (खड्का) उपचार अभावमा बाँधिएर बस्न बाँध्य भएकी हुन । गर्भवतीलाई श्रीमानले समेत घरमै छाडेर हिडेपछि उनी विचल्लीमा परेकी हुन । बुधबार उदयपुरका पत्रकार बिदुर कटुवाल नेतृत्वको पत्रकार र अधिकारकर्मीको एक टोलीले उद्धार गरी जिल्ला अस्पताल उदयपुर ल्याइएको हो।
कटु्वालले मंगरबार केही सञ्चार माध्यामबाट समाचार संप्रेषन गरेपछि कटुवालकै नेतृत्वमा दाम्लोमा बाँधिएकी गर्भवती महिलाकै घरमा पुगेर जिल्ला अस्पतला पु¥याएको हो । दाम्लोमा बाँधिएकी गर्भवतीलाई जिल्ला अस्पताल पु¥याएपछि गैर सरकारी सँस्था महासंघ उदयपुरको समन्वयमा बैठक बसी उपचारको लागि सहयोग संकलन गर्ने तयारी गरेको गैसस महासंघ उदयपुरकी अध्यक्ष महेश्वरी राईले जानकरी दिए । राईका अनुसार धेरै संघसँस्थाबाट उपचारको लागि सहयोग गर्ने जानकारी आएकाले परिवारसँग छलफल गरेर उपयुक्त अस्पतलामा भर्ना गर्न लैजाने समेत तयारी गरिएको छ ।
गर्भ रहेको दुई महिनाको भएपछि श्रीमानल मनोज खड्काले श्रीमति छोडेर फरार भएका छन् । ससुरा भिम बहादुर खड्काले छोरा फरार भएपछि विरामी बुहारीको स्याहार सुसुार गर्न बाँध्य भएको गुनासो समेत गरेका थिए ।
सिन्धुलीको लदाभिर गाविसबाट २०७० फागुनमा विवाह भई गाईघाट आएकी खड्काको माईती पक्ष समेत विरामी भएपछि हेर्न समेत नआएको ससुराले गुनासो गर्दै भन्नुभयो, ‘बुहारी विरामी भएको यत्रो दिन भयो तर जन्म दिने बुबा, आमा त भेट गर्न आउनु पर्ने हो उनीहरु पनि आएका छैनन ।’
७१ जेठमा पाटन अस्पताल गएर चेकजाँच गराएकोमा नियमित चिकित्सकको निगरानीमा औषधी सेवन गर्नु भनेको थियो । तर आर्थिक अभाव भएकाले पुनः पाटन लान सकिएको छैन न्याउरो मुख लगाउदै खड्काले गुनासो गर्दै भने, ‘एक त मानसिक रोगी त्यसमाथी खुट्टामा घाउ भएर प्mयात्तै पाकेको छ उपचार गर्न पैसा छैन ।
बिदुर कटुवाल

Share.

Leave A Reply