०६ जेठ २०८१

स्विट्जरल्याण्डमा टेबल टेनिस अर्थात् पिंग पोंग प्रतियोगिता हुँदै

0

जुरिख। जुरिख नेपाली स्पोर्ट्स क्लब (ZNSC) स्विट्जरल्याण्डले तेस्रो टेबल टेनिस अर्थात् पिंग पोंग प्रतियोगिता आयोजना गर्ने भएको छ। खेलको माध्यमद्वारा स्वीसबासी नेपालीलाई एकतावद्व बनाउन क्लवले जुलाई ६ मा प्रतियोगिता गर्ने भएको हो।

जुरिख ओर्लिकोन माक्स बिल प्लजमा हुने प्रतियोगिता सिङ्गल र डबल गरी छुट्टाछुट्टै प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। टेबल टेनिस डबलतर्फ  प्रथम हुनेले ४ सय स्वीस फ्रान्क र दोश्रोले २ सय स्वीस फ्रान्क नगद सहित ट्र्फी र प्रमाणपत्र  प्राप्त गर्नेछन्। यस्तै सिङ्गल तर्फ पहिलो हुनेलाई ३ सय र दोश्रोलाई १ सय ५० स्वीस फ्रान्क नगदसहित ट्रफी र प्रमाण-पत्र प्रदान गरिने भएको छ।

समयमा नै आफ्नो नाम दर्ता गराउन आयोजक समितिले नेपाली समुदायलाई अनुरोध गरेको छ।

जुरिख नेपाली स्पोर्ट्स क्लबले प्रतियोगिता सम्बन्धी  प्रकाशित गरेका नियमहरु :

१-खेल प्रतियोगिता गोलापर्था द्वारा खेलाइने छ।

२- खेल सम्बन्धि नियमहरु आयोजकले नै गर्नेछ तर केही परिवर्तन गर्नुपरेमा अन्य खेलाडीहरु संग पनि परामर्श गरिने छ।

३- खेल प्रचलित नियम अनुसार खेलाइने छ।

४- खेल नकाउट  सिस्टममा खेलाइने छ तर दुबै खेलमा फाइनल भने बेस्ट अफ ५ खेलाइने छ।

५- खेलमा कुनै किसिमको बादबिबाद भएमा रेफ्री र आयोजक कमिटीको निर्णय अनुसार समाधान गरिने छ ।

६- खेल बिहान देखिनै शुरु हुनेछ तर सम्पुर्ण खेलाडी पाहुनाहरुलाइ विनम्र अनुरोध गर्दछौ कि आफ्नो समयलाई ध्यानमा राख्दै समयमै उपस्थिति भई समयमै खेल संचालन गर्न सहयोग गर्नु हुन अनुरोध छ।

७ – खेलमा सहभागीता जनाउनु हुने इच्छुक खेलाडी साथीहरुले ५ दिन अगावै दर्ता गराउनु पर्ने आयोजक समितिले निर्णय गरेको जानकारी गराउदछौ।

८- दर्ता शुल्क सिङ्गललाइ स्वीस फ्रान्क ३०।- र डब्बल लाई स्वीस फ्रान्क ५०।- लाग्ने छ।

Share.

Leave A Reply