१५ वैशाख २०८१

एकता होटल तथा गेष्ट हाउस व्यवसायी संघ नेपालको अध्यक्षमा सरोज आले निर्वाचित

0

एकता होटल तथा गेष्ट हाउस व्यवसायी संघ नेपालको हालै सम्पन्न ११ औ वार्षिक साधारण सभा तथा छैटौ अधिबेशनबाट सर्वसम्मत रूपमा सरोज आलेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।


काठमाडौँको अनुपम फुडल्याण्डमा सम्पन्न उक्त अधिवेशनबाट नवनिर्वाचित नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा सरमान लिम्बु, द्वीतीय उपाध्यक्षमा तिलक प्रसाद चापागाई, तृतीय उपाध्यक्षमा प्रभु प्रसाद चौधरी, महासचीवमा प्रज्वल श्रेष्ठ, सचिवमा ऋषिकेश ढकाल, कोषाध्यक्षमा लालबहादुर बानिया (अनीश) र सहकोषाध्यक्षमा धनिजंग राई चुनिएका छन् भने सदस्यहरुमा टोमप्रसाद कोईराला(गोपाल), अन्जनी कोईराला, जुनु माङलेखु लिम्बु, गोमा लिम्बु, कुशल श्रेष्ठ, ईश्वर पौडेल र चण्डेश्वर श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी लेखा समिति संयोजकमा ध्रुब कुमार श्रेष्ठ तथा सदस्यहरुमा दिपेन्द्र यादव र यादव प्रसाद सुवेदी चयन भएका छन् ।

संघका निवर्तमान अध्यक्ष ऋषिकुमार चौलागाईको सभापतित्वमा सम्पन्न उक्त अधिवेशनमा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुके प्रमुख अतिथिको रुपमा हुनुहुन्थ्यो भने बिषिष्ठ अतिथिहरुमा होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमति प्रदेशका अध्यक्ष दामोदर नेपाल, होटल संघ नेपाल ज्ब्ल् का महासचिव साजन शाक्य साथै अतिथिहरुमा जिल्ला होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष शैलेश कार्की, नेपाल गेष्ट हाउस व्यवसायी संघका अध्यक्ष याम श्रेष्ठ, नेपाली होटल व्यवसायी संघका अध्यक्ष गणेश ढकाल, बालाजु होटल व्यवसायी संघका अध्यक्ष टिका रायमाझी, सुन्धारा होटल व्यवसायी संघका अध्यक्ष देवी प्रसाद कँडेल, कलंकी होटल एशोसिएशनका बरिष्ठ उपाध्यक्ष रमेश बराल लगायतको उपस्थिति रहेको थियो ।

कार्यकमको पहिलो सत्रमा केही समयअघि सम्पन्न एसईईको परीक्षामा राम्रो अंक ल्याएर उत्तीर्ण भएका विद्यार्थीहरु शैलेश आचार्य, दिक्षान्त नेपाल, स्वरुपराज चौलागाई, ईसिता थापा मगर, सुलभ श्रेष्ठ, नितेशराज गिरी, रोशन ढकाल, प्रत्युस लामिछाने, ऐश्वर्या पौडेल, बिराज उप्रेती, आरोशी दाहाल, मनिष श्रेष्ठ र प्रशंन्ना पौडेललाई सम्मानित गरिएको थियो । त्यसैगरी सोही कार्यक्रममा यस वर्ष आफ्नो व्यवसायमा उत्कृष्टता कायम गर्न सफल व्यवसायीहरु मध्येबाट चुनिएका व्यवसायीहरु होटल एसियाका संचालक रमेश कार्की, गौशाला पशुपति गेष्ट हाउसका संचालक शिवशंकर राउत र न्यु सगरमाथा गेष्ट हाउसका संचालक गोबर्धन राईलाई उत्कृष्ठ होटल व्यवसायी सम्मान प्रदान गरिएको थियो ।
त्यसैगरी संस्थालाई स्थापनकालदेखि निरन्तर सहयोग र माया गर्दै आईरहेका व्यवसायीहरु माधवप्रसाद आचार्य, महेश गोयल, अनिल अग्रवाल, सुजन खड्का र शिलादेबी गुरुङ्गलाई उक्त कार्यक्रममा सम्मान गरिएको थियो ।


कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष चुकेले होटल व्यवसायीहरुको अहिलेको मुख्य समस्या भनेको विद्यमान पर्यटन ऐन नै भएको बताउँदै होटल तथा पर्यटन क्षेत्रमा भएका अनगिन्ती समस्याहरुलाई राज्यले सम्बोधन गर्नु पर्ने बताए।
त्यसैगरी बिशिष्ट अतिथि होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशका अध्यक्ष दामोदर नेपालले होटल व्यवसायीहरुलाई राज्यले बास्तबिक रुपमा सम्बोधन नगरेका कारण मारमा परेको कुरा औंल्याउँदै २०३५ सालमा बनेको ऐनलाई आज पनि मानेर हिँड्नु पर्दाका समस्याका साथै साना तथा मझौला होटल व्यवसायीहरुले अव्यवहारिक मापदण्डका कारण समस्या झेलिरहनु परेकाले राज्यले तत्काल व्यवसायी मैत्रि ऐन तथा नीति नियम निर्माण गरी देशमा नीजि क्षेत्रको लगानीलाई प्रोत्साहन गर्नु पर्ने बताए ।

अर्का बिशिष्ट अतिथी हानका महासचिव शाक्यले पर्यटन क्षेत्रलाई राज्यले उद्योगको रुपमा स्वीकार्नु पर्ने बताएका थिए ।


कार्यक्रममा आफ्नो कार्यकालको समिक्षा गर्दै संघका निवर्तमान अध्यक्ष ऋषि कुमार चौलागायीले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी, विश्व आर्थिक मन्दी, डेंगी लगायतको प्रभावले होटल व्यावसायीहरु निरन्तर मारमा परेको र कतिपय व्यवसायीहरु संकटग्रस्त हुदै विस्थापित हुनुपरेको चर्चा गरे ।
एकता होटल तथा गेष्ट हाउस व्यवसायी संघ नेपालका निर्वतमान वरिष्ठ उपाध्यक्ष सुरेश बरालले स्वागत मन्तव्य राखेका थिए ।

Share.

Leave A Reply