२० वैशाख २०८१

मानसिक रोगी एक गर्भवती ६ महिनादेखि दाम्लोमा, श्रीमानले छाडे, माइतीले हेरेनन्

0

उदयपुर, २५ साउन । उदयपुरको त्रियुगा नगरपालिकाकी एक महिलालाई भने  विगत ६ महिनादेखि घरमै बाँधेर राखिएको छ ।
मानसिक रोग लागेकी त्रियुगा नगरपालिका वडा नं ५ भातिखर्ककी २२ बर्षिया सिर्जना कार्की (खड्का) उपचार अभावमा बाँधिएर बस्न बाँध्य भएकी हुन ।
गर्भवतीलाई श्रीमानले समेत घरमै छाडेर हिडेपछि उनी विचल्लीमा परेकी छन ।  गर्भ रहेको दुई महिनाको भएपछि छोराले समेत छाडेर हिडे पछि बृद्ध सासु ससुरालाई बिरामी बुहारीको बोझ थपिएको ससुरा भिम बहादुर खड्काले बताउनु भयो ।
सिन्धुलीको लदाभिर गाविसबाट २०७० फागुनमा विवाह भई गाईघाट आएकी खड्काको माइती पक्ष समेत विरामी भएपछि हेर्न समेत नआएको ससुराले जानकारी दिनु भयो । ‘बुहारी विरामी भएको यत्रो दिन भयो तर जन्म दिने बुबा, आमा त भेट गर्न आउनु पर्ने हो उनीहरु पनि आएका छैनन ।’ ससुरा खड्काले भन्नुभयो, ¦कार्कीले सवैले माया मारेपानि हामीले माया मारोको छैनौ कसैको सहयोग पाए उपचार गर्ने थर्यौ । ’
७१ जेठमा पाटन अस्पताल गएर चेक जाँच गराएकोमा नियमित चिकित्सकको निगरानीमा औषधी सेवन गर्नु भनेको थियो तर आर्थिक अभाव भएकाले पुनः पाटन लान सकिएको छैन । गर्भवती महिला उपचार अभाव भएकै कारण बाँधिएर बस्नु दुखद भएको महिला अधिकारकर्मी महेश्वरी राईले बताउनु भयो।

Share.

Leave A Reply