१७ वैशाख २०८१

१३ बुँदे घोषणा पत्र जारी गर्दै एनआरएनए नवौं यूरोपेली बैठक सम्पन्न

0

IMG_0228

डेनमार्कको कोपेनहेगनमा जारी गैर आवासीय नेपाली संघ एनआरएनएको नवौं यूरोपेली बैठक एवं सातौं महिला सम्मेलन १३ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।
आगामी १० औं बैठक जर्मनीको फ्रैंकफर्टमा आयोजना गर्ने निर्णय गर्दै समापन भएको उक्त बैठकद्वारा जारी घोषणा पत्र जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ :

गैर आवासीय नेपाली संघ, नवौं यूरोपियन क्षेत्रीय बैठक तथा सातौं यूरोपियन महिला सम्मेलन
कोपेनहेगन, डेनमार्क
३०-३१ जुलाई २०१६ (१५-१६ साउन २०७३)
   निर्णय
“युरोपका नेपालीका अभियान–लगानी पुनःनिर्माण र पर्यटन” विषयमा केन्द्रीत भई डेनमार्कको, कोपेनहेगनमा नवौ युरोपियन क्षेत्रिय वैठक ३०–३१ जुलाई २०१६ मा सम्पन्न भयो ।
डेनमार्क स्थित नेपाली दुतावासका कार्यवहाक राजदुत रामकाजी खड्का, गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष उपेन्द्र महतो, प्रमुख संरक्षक जीवा लामिछाने, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपती मुरार्का, महासंघका सदस्य चन्द्र ढकाल, गैरआवासीय नेपाली संघका संस्थापक सदस्य रामप्रताप थापा, संरक्षक दिल गुरुङ लगायत संघका पदाधिकारी एवं २० देशबाट प्रतिनिधित्व गर्नु हुने ३ सय गैरआवासीय नेपाली प्रतिनिधिहरुको उपस्थितिमा यस नवौं युरोपियन क्षेत्रिय वैठकमा व्यक्त विचारलाई समेट्दै यो वैठक निम्न निर्णय गर्दछ ।
१, अबिरल बर्षासँगै आएको बाढी र पहिरोका कारण देशका बिभिन्न भागमा धेरै नेपालीले ज्याउन गुमाउनु भएको छ । हज्जारौको संख्यामा अहिले पनि बाढी, पहिरो र डुवानको त्रासमा रहनु भएको छ । यस्तो अवस्थामा यो बैठक मृतक प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै अप्ठ्रोमा परेका परिवारलाई सहयोग गर्न यस क्षेत्रका सम्र्पूण एनसिसिहरुलाई आह्वान गर्दछ । सहयोग गर्न सम्बन्धित स्थानमा जाँदा आवश्यक पर्ने भौतिक सहयोग नेपाली सेनाले गर्ने सम्झौता भइसकेको छ र कुनै पनि सहयोग रकम संघको परोपकारी तथा मानव कल्याणकारी हित समिति मार्फतबाट गर्ने निर्णय गर्दछ ।
२, देशको समृद्धी नै हाम्रो चाहना हो । जसको लागि लगानीको वातावरण पहिलो आधार हो । अहिलेको अवस्थामा संविधानको पूर्ण कार्यान्वयन भई देशलाई पूर्ण स्थायित्वको बाटोमा हिँडाउदा एक तहको बिश्वास लिन सकिन्छ । जसको लागि प्रमुख राजनीतिक दलहरु वीचमा सहमती र सहकार्य होस् भन्ने संघको मान्यतालाई यो बैठक पनि पूर्ण रुपमा समर्थन गर्दछ ।
३, नेपालमा लगानी प्रवद्र्धन गर्न गैरआवासीय नेपाली, नेपालको नीजि क्षेत्र तथा नेपाल उद्योग बाणिज्य महासंघ वीच हुदै आएको सहकार्यलाई अझ बिस्तार गर्ने अभिप्राय स्वरुप, नेपाल सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रमा युरोपमा बस्ने नेपाली र महासंघले संयुक्त लगानीमा रु १ अर्ब बराबरको लगानी गर्ने सहमती भयो । साथै नीजी क्षेत्र को लगानी सम्बन्धी कानूनी लगायतका बाधा अड्चन फुकाई लगानीका लागि आवस्यक वातावरण बनाउनका लागि सम्बन्धित निकायमा पहल गर्न महासंघ र गैरआवासीय नेपाली संघ वीच संयुक्त कार्यदल बनाउन यो बैठक आवस्यक ठान्दछ ।
४, अन्तराष्ट्रिय समन्वय परिषदको समाजिक उद्यमशीलता बिकास उपसमितिले अगाडि सारेको लघुबित्त कार्यक्रमलाई युरोप क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्दछ ।
५, गैरआवासीय नेपाली नेपाली संघले संचालन गरिरहेका परोपकारी तथा मानवहित सम्बन्धि र अन्य परियोजनाहरु ९जस्तै स्एक हजार घर निर्माण, शंखमूल पार्क, भवन निर्माण लगायत० आवस्यक कानूनी प्रकृया पुरागरी निर्माणको चरणमा प्रवेश गरेको अवस्थामा यस क्षेत्रबाट भएको प्रतिवद्धता अनुसारको रकम तत्काल जम्मा गर्ने र अरु थप अर्थ संकलन गर्न प्रयास गर्नुका साथै स्वयमशेवी रुपमा आफ्नो शिप लगायतका सहयोग गर्न सबै राष्ट्रिय समन्वय परिषद्लाई यो बैठक आग्रह गर्दछ ।
६, गैरआवासीय नेपाली अभियानमा महिलाहरुको सहभागिता बढाउन थप प्रयास गरिनु पर्ने निश्कर्ष सहित यो बैठक, महिलाहरु बीचको सम्पर्क विस्तार गर्दै महिलाहरुको पक्षमा बिभिन्न कार्यक्रम संचालन गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।
साथै, युरोप क्षेत्रमा बसोबास गरिरहेका युवा तथा महिलाहरुको उद्यमसीलता बिकास तथा संयुक्त लगानीका परियोजनाहरु संचालन गर्न आवस्यक सहयोग गर्ने निर्णय पनि यो यो बैठक गर्दछ ।
७, यो बैठक अहिले सम्मका आठवटा क्षेत्रीय बैठक गरेको निर्णयहरुको समिक्षागर्दै त्यसको कार्यान्वयन भए नभएको मुल्यांकन गर्न एक समिति गठन गर्ने निर्णय गर्दछ ।
८, पोर्चुगल, स्पेन र आयरल्याण्डमा नेपाली दुताबास स्थापना गर्न अन्तराष्टिय समन्वय परिषद् मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने यो बैठक निर्णय गर्दछ । साथै युरोपको बिभिन्न क्षेत्रमा हुने मानव तस्करीलाई रोक्न आफ्नो तहबाट उचित पहल गर्न यो बैठक प्रतिवद्धता जनाउदछ ।
९, नेपालको कानून तथा भौतिक संरचना अपांगमैत्रि बनाउन तथा शारिरिक रुपमा असक्त ब्यक्तिलाई स्वःनिर्भर तथा स्वावलम्वी बनाउने परियोजना तर्जुमा गर्न नेपाल सरकारलाई अनुरोध गर्दछ । अन्तराष्टिय समन्वय परिषदको युवा फोरम मार्फत शारिरिक रुपमा असक्त ब्यक्तिलाई स्वनिर्भर र स्वावलम्वी बनाउन अभियान चालउने निर्णय गरियो । हाललाई शारिरिक रुपमा असक्त ब्यक्तिहरुको हितमा कार्यरत डेनमार्क निवासी अनुजा गौतमलाई गैरआवासीय नेपाली युवा दुत घोषणा गर्दै उनको अभियानलाई सहयोग गर्न अन्तराष्ट्रिय समन्वय परिषद मार्फत रु। ३२ लाख प्रदान गरियो । यसैगरी स्पेन निवासी आईना द्धारा संचालित परियोजनालाई क्रमशः १३ लाख प्रदान गर्ने निर्णय गरियो ।
१०, दोश्रो पुस्ताका गैरआवासीय नेपालहरुलाई नेपालप्रति भावनात्मक सम्बन्ध कायम राख्न बिभिन्न कृयाकलाप गर्न सम्पूर्ण राष्टिय समन्वय परिषदलाई यो बैठक अनुरोध गर्दछ ।
११, भुकम्पपछि खस्कदै गएको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न अन्तराष्टिय समन्वय परिषद्ले नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेको अथितिदेवो भवः अभियानलाई सहयोग गर्ने र्निणय गरियो ।
१२, दशौँ क्षेत्रिय बैठक २०१७ मा जर्मनीमा गर्ने निर्णय गरियो ।
१३, नबौँ युरोपियन क्षेत्रिय वैठकलाई सफल बनाउनको लागि सहयोग गर्नु हुने डेनमार्क स्थित नेपाली दुतावास, गैर आवासीय नेपाली संघ अन्तराष्टिय समन्वय परिषद, राष्टिय समन्वय परिषद, पत्रकार, कलाकार तथा विभिन्न संघसंस्था तथा सम्पुर्ण सहयोगीहरु प्रति यो बैठक हार्दिक धन्यबाद तथा आभार प्रकट गर्दछ ।
१६ साउन २०७३

Share.

Leave A Reply