१७ वैशाख २०८१

दिर्घकालिन सोंच र दिगोपनका साथ अर्थ संकलन गर्नु पर्ने : शेष घले

0

३१ जुलाई २०१६, कोपेनहागान। गैर-आवासीय नेपाली संघको नवौं यूरोपेली क्षेत्रीय बैठक र सातौं यूरोपेली महिला सम्मेलनको दोस्रो दिन आज विषयगत छलफलहरु संचालन भयो। छलफलमा ब्यापार र लगाणी प्रवर्धन, पर्यटन प्रवर्धन, परोपकारी कार्य, एनआरएनए नागरिकता र एनआरएनएको विधान गरी पाँचवटा विषयहरुमा समुहगत छलफल चलाईएको थियो। कार्यक्रमको अन्त्यमा समुहगत छलफलका अध्यक्षहरूले छलफलमा प्राप्त सुझाव र सल्लाहहरु प्रस्तुत गरे। कार्यक्रमको सञ्चालन गैर-आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका सल्लाहकार, विधान समितिका अध्यक्ष एवं पूर्व प्रवक्त्ता डा. हेमराज शर्मा ले गरेका थिए।

दिर्घकालिन सोंच र दिगोपनका साथ अर्थ संकलन गर्नु पर्ने : शेष घले

गैर-आवासीय नेपाली संघका अध्यक्ष शेष घले आज संचालित समुहगत छलफलहरुमा सहभागी बने। कार्यक्रममा आफ्नो विचार राख्दै अध्यक्ष घलेले संघका राष्ट्रिय समन्वय परिषदहरु आ-आफ्नो देशको नियम कानुनको परिधिमा रहि संचालित परोपकारी योजनाका लागि दिर्घकालिन सोंच र दिगोपनका साथ अर्थ संकलन गर्नु पर्ने बताए। उनले राष्ट्रिय समन्वय परिषदहरु अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गत रहेका तर स्थानिय नियम कानुनले बाँधिएको स्वतन्त्र ईकाई भएकाले संस्थालाई स्थानिय स्तरमा दर्ता गर्दै परोपकारी कार्यका लागि राष्ट्रिय समन्वय परिषदद्वारा उठाईने अर्थमा कर मिनाह हुने स्थिति सृजना गर्नु पर्नेमा जोड दिए। सबै छलफलहरुमा घलेले संस्थागत विकास, कार्यक्रमको दिगोपना र निरन्तरताका साथै विधान सम्मत कामकारवाहिमा केन्द्रित रहे।

फोटो: साईग्रेष

IMG_0226

Share.

Leave A Reply