२२ वैशाख २०८१

एनआरएनएको यूरोपेली क्षेत्रीय बैठक आरम्भ, उदघाटन कार्यक्रम सम्पन्न

0

३० जुलाई २०१६, कोपेनहागन। गैर-आवासीय नेपाली संघ, यूरोप क्षेत्रको नवौं क्षेत्रीय बैठक र सातौं क्षेत्रीय महिला सम्मेलन आज डेनमार्कको कोपेनहागेनमा आरम्भ भयो। कार्यक्रमका प्रमूख अतिथि डेनमार्कका लागि नेपाली कार्यबाहक़ राजदूत रामकाजि खड्का सहित गैर-आवासीय नेपाली संघका अध्यक्ष डा. शेष घले, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, प्रमुख संरक्षक एवं पूर्व अध्यक्ष जिवा लामिछाने लगायतका ब्यक्त्तित्वहरुले दिप प्रज्वलन गरी बैठकको उदघाटन गरे। उदघाटन कार्यक्रममा गैर-आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका यूरोप संयोजक कुल आचार्य, महिला संयोजक सपिला राजभण्डारी, सचिव अर्जुन कुमार श्रेष्ठ, महासचिव डा. बद्रि केसी, उपाध्यक्ष द्वय कुमार पन्त र भवन भट्ट, संरक्षक दिल गुरुङ, पूर्व प्रमुख संरक्षक राम थापा र अन्य अभियन्ताहरुको उपस्थिति रह्यो। उदघाटन सत्रमा आईएमई समुहका अध्यक्ष चन्द्र ढकाल र नेपाल उद्धोग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुररकार पनि सहभागी थिए।

_DSC0092

उदघाटन पश्चात गैर-आवासीय नेपाली संघका अभियन्ताहरुको मन्तब्यको कार्यक्रम छ। गैर-आवासीय नेपाली संघकी आईसिसि सदस्य संगिता मरहट्टा र एनसिसि यूकेका पूर्व महासचिव रामशरण  सिम्खडा द्वारा संचालित उद्घाटन सत्र आज मध्य दिनसम्म चल्ने छ। दिउँसोको खाना पश्चात गैर-आवासीय नेपाली संघका यूरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषदहरुको प्रस्तुतिको कार्यक्रम राखिएको छ। पछिल्लो समयमा यूरोपेली क्षेत्रीय बैठकममा राष्ट्रिय समन्य परिषदका प्रस्तुतिहरुलाई अधिक महत्वका साथ स्थान दिने गरिएको छ। त्यसैगरी आज युवा क्रियाकलाप र सामाजिक ईन्टरप्रेन्युएरशिप सम्बन्धि प्रस्तुति राखिएको छ। स्पेनिस नागरिक आईना बार्काले उनको हेटौंडामा संचालित नेपाली पाठशाला प्रोजेक्टका बारेमा पनि आफ्नो प्रस्तुति राख्नेभएकि  छिन्। आज कार्यक्रमको अन्त्यमा एक नेपाली साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।

IMG_9320

फोटो: साईग्रेष, डेनमार्क

IMG_9247

फोटो: साईग्रेष, डेनमार्क

IMG_9297 _DSC0017 _DSC0045 _DSC0038 _DSC0010 _DSC0102 _DSC0098 _DSC0079 _DSC0023 _DSC0036

Share.

Leave A Reply