१६ वैशाख २०८१

फ्रयाङफोर्टमा एनआरएनए जर्मनी फुटवल कपको लागि नेपालीहरु वीच प्रतिस्पर्धा हुँदै

0

नब राज रोस्यारा, फ्रयाङकफोर्ट। युरोकप २०१६ फुटवल प्रतियोगिता फ्रान्समा चलिरहेको वेला जर्मनीमा वस्ने नेपालीहरुले एक आपमसमा मिलेर मनोरन्जन गर्न राष्ट्रव्यापी फुटवल प्रतियोगिताको आयोजना गरेका छन्। फुटवल प्रतियोगिता आगामि जुन पच्चिस तारिख शनिवारको दिन एकदिने कार्यक्रमको रुपमा सम्पन्न हुनेछ। प्रतियोगितको आयोजना  गर्न एनआरएन जर्मनी कप २०१६को घोषणा गर्दै बिभिन्न पुरस्कारहरु  राखिएको छ । एनआरएनए जर्मनी ले आफ्नो  क्षेत्रिय कमिटी एलसीसी हेसेन संग मिलेर दुवैको संयुक्त आयोजनामा उक्त प्रतियोगिता सम्पन्न गर्दै छ। प्रतियोगितामा अहिले सम्म जर्मनीका बिभिन्न भागहरुवाट गरि दशबटा टीमहरु दर्ता भैसकेका छन । टीम तयार पार्नेकाममा एनआरएनए जर्मनीका बर्लिन ह्याम्वर्ग, ब्रेमेन निदरज्याक्सन, एनआरडव्ल्यु म्युनिखका  एलसिसीहरुले सहयोग गरिरहेका छन। एनआरएनएका केन्द्रिय र स्थानिय पदाधिकारीहरु सम्मिलीत एउटा छुट्टै टिम पनि तयार पारिएको छ । एम्पायरको भुमिकामा जर्मनीको राष्ट्रिय खेलहरुमा संचालन गरिसकेकाहरु लाई नियुक्त गरिएको छ। टाढा टाढावाट आउने खेलाडी र दर्शकहरुलाई वस्नको निमित्त होटलहरु बुक भैसकेका छन्। विजेताहरुलाई दिईने प्रमाण पत्र र मेडलहरु  तयार पारिसकेको छ।  बिभिन्न
पुरस्कार र मेडेलहरु तयार पर्नको लागि लाग्ने खर्चको लागि   जर्मनीमा बिभिन्न ब्यबसायीहरु र एनआरएनएका पदाधिकारीहरुले स्पोन्सर गरेका छन। स्पोन्सरहरुको नाम खेल प्रतियोगिताको दिन प्रकासित गरिने र स्पोन्सर्सिप बाट उठेको बाँकी रकम एनआरएनएले    च्यारिटीमा खर्च गर्ने छ।
प्रतियोगितामा सहभागि र दर्शकहरु गरी  ५०० भन्दा बढी नेपाली र जर्मनहरुको  जनाको सहभागिता रहने छ। स्थानिय तहमा एनआरएनएका स्पोर्ट कोर्डीनेटर कुम्भ राज रेग्मी र एलसीसी हेसेनका कोर्डीनेटर लोक मणी ढकालका साथै अन्य एलसीसी सदस्यहरुले  संयोजन गरिरहेका छन्।  एनआरएनए को नेतृत्वमा अहिले सम्म यस्तो ठुलो खेल प्रतियोगिताको आयोजना पहिलो चोटी गरिदै भएकोले पनि नेपालीहरुको उत्साहजनक सहभागिता हुन गइरहेको हो।

Share.

Leave A Reply