२६ वैशाख २०८१

परराष्ट्रमन्त्री थापा भारत प्रस्थान

0

काठमाडौँ, २८ जेठ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा दक्षिण एसियाली विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा भाग लिन आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।

भारतमा रहँदा परराष्ट्र मन्त्री थापाले आफ्ना समकक्षी सुष्मा स्वराजसहित केही उच्च पदस्थ सरकारी अधिकारी र राजनीतिक नेतृत्वसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

नयाँदिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा रासससँग गर्दै उहाँले भन्नुभयो – “दुई दिने भारत बसाइमा भारतको नेतृत्व तह र पदाधिकारीहरुसँग दुई देशबीचको सम्बन्ध थप सुदृढ गर्ने विषयमा विचारको आदानप्रदान हुनेछ ।”

उपप्रधानमन्त्री थापा आगामी आइतबार स्वदेश फर्कनुहुनेछ । उहाँको बिदाइका लागि परराष्ट्र मन्त्रालयका उच्च अधिकृत तथा नेपालका लागि भारतीय राजदूत रणजीत राय विमानस्थल पुग्नुभएको थियो । रासस

Share.

Leave A Reply