२१ वैशाख २०८१

“पेरिसमा १३औ नेपाली मेला सम्पन्न “

0

हरिहर अर्याल, पेरिस फ्रान्सको राजधानी पेरिस शहरमा हरेक बर्षको जुन महिनामा आयोजना हुदैआएको नेपाली मेला (Nepalese Festival ) गत: हप्रान्तर जुनमा भब्यताका साथ सम्पन्न भएको      सन् २००२ मा स्थापना भएको नेपाली सांस्कृतिक गृह (Maison Culturelle du Nepal) नामक नेपाली मैत्री संघले यो मेलाको आयोजना गर्दै आएको मेला आयोजनाको विविध उधेस्य मध्ये  सगरमाथाको देश बुद्धको जन्म भूमि  नेपाललाई चिनाउनु, विभिन्न कलाकौशल सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेर नेपालको बिबिध कला संस्कृतिको पहिचान गराउनु, नेपालवाट झिकाएका हस्तकला, मूर्तिकला  तथा पोशाकहरु बिक्रि गरेर नेपाली घरेलु उद्योगलाई सहयोग गर्नु , नेपालको कला, संस्कृति, पर्यटन , पुरातत्व सम्वन्धि ज्ञाताहरुद्वारा बिबिध बिषयमा प्रवचन (conference) गराई नेपाल चिनाउनु नेपालमा पर्यटन प्रबर्धनलाई सहयोग गर्नु ,  मेला स्थलमै  नेपाली दाल भात सहित विभिन्न नेपाली परिकारहरु तयार गरेर बिक्रि गरि नेपालको खानाको स्वाद चखाउनु रहेका छन्  यी सबै उधेस्यहरुको साथै यस्ता कार्यक्रमहरु गर्दै आर्थिक कोष वृद्धि गरेर पेरिसमा आफ्नै स्वामित्वमा नेपाली घर किन्ने वा निर्माण गर्ने संघको प्रमुख उधेश्य रहेको

मेला पेरिस महानगरको १२ वडा अन्तर्गत  (Bois de Vincennes) भाँसेन बगैचा भित्र अवस्थीत बुद्धको गुम्बा परिसरमा संचालन भएको थियो  गुम्बा परिसर / हेक्टर जमिन क्षेत्रफल भएको आफैमा ठूलो भने गुम्वा (मन्दिर) मा संभवत युरोपकै भीमकाय बुद्ध भगवानको ध्यान मुद्राको सुनौला मूर्ति स्थापना भएको फ्रान्सका बौध मार्गीकोलागि यो ठूलो तिर्थ स्थल हो

Diplomates present in festival

बितेका वर्षका मेलाहरुमा जस्तै यो मेलामा पनि नेपाली राजदूतावासवाट एशियाका कुटनैतिक व्यत्तित्वहरुको समेत सहभागीता जनाउन ठूलो सहयोग प्राप्त भयो फलस्वरूप मेला उद्घाटन समारोहमा नेपाली राजदूत महामहीम अम्विका देवी मानन्धर लुइँटेल, युनेस्कोकोलागी जापानको राजदूत श्रीमती कुनी सातो (Kuni Sato), पाकिस्तानको राजदूत, म्यानमारको राजदूत, भारतीय दूतावासका प्रथम सचिव श्री धिराज मुखिया लगायत फ्रेन्च पराराष्ट्र मन्त्रालयका अधिकृत, बौध भिक्षुहरु, दूतावासका नियोग उप प्रमुख रामवावु ढकाल, स्थानीय नगरपालिकाका प्रतिनिधि, नेपाली तथा फ्रेन्च मैत्री संघका अध्यक्षहरु, आदिको उपस्थिति रहेको थियो मेलाको पहिलो दिन शनिवार राजदूत महामहीम अम्विका देवी, जापानकी राजदूत श्रीमती कुनी सातो (Kuni Sato) संघका अध्यक्ष एवं हालै नेपाल पर्यटन बोर्डले फ्रान्सकोलागि अवैतनिक प्रतिनिधि (Honorary representative of NTB for France)  मनोनित गरेको  हेमन्त उपाध्यायले पनाशमा बत्ति बालेर सयुंत्त संयुक्त रुपमा उद्घाटन गर्नु भयो उद्घाटन पछि सानो 0मन्तव्य दिदै महामहीम लुइँटेलले  ” यस्तो प्रकृतिको मेलाले फ्रान्समा नेपाल चिनाउन नेपालका कला संस्कृतिको साथै पर्यटन अभिवृद्धि गर्न ठूलो सहयोग पुराउनमा दुई मत नहुनेभन्नु भयो जापानकी  राजदूत महामहीम कुनी सातोलेफ्रान्सका नेपाली मित्रहरुले आयोजना गर्नु भएको यो भव्य मेलामा भाग लिन पाएकोमा खुशी व्यक्त गर्नु भयो संघका अध्यक्ष उपाध्यायले संघको परिचय दिनुहुदै नेपाल देखि टाढा रहेर पनि मात्रि भूमिकोलागि यस्ता रचनात्मक कार्य गर्न पाएकोमा हर्ष प्रकट गर्दै उपस्थित सवै क्षेत्रका महानुभावहरुलाई स्वागत गर्नु भयो मन्तव्यकै क्रममा संस्कृतिक गृहका पदाधिकारी तथा सदस्यहरुले आफ्नो परिचय दिनुभएको थियो

दुई दिने मेला अवधिमा नेपाली राजदुतावासको स्टलसहित विभिन्न मैत्रीसंघ तथा नेपाली व्यापारीहरुको झन्डै तीसौ स्टल राखिएको थियो स्टल राख्ने सम्पूर्ण संघका पदाधिकारीलाई मंचमा आमन्त्रण गरेर आफ्नु संघको परिचय कृयाकलापको जानकारी गराउने कार्य पनि भएको थियो आयोजक संघका सदस्य एवं सवौन विश्वविद्यालयका प्राध्यापक राजेश खतिवडाको संयोजनमा नेपालका विविध क्षेत्रका ज्ञाताहरुद्वारा विविध शीर्षकमा / वटा अति रोचक एवं ज्ञानवर्धक प्रवचन (Conference) सम्पन्न भयो मेलाको अग्रणी भागमा वनाइएको सुन्दर मंचमा अटुट रुपमा नेपालको हिमाल, पहाड, उपत्यका तराईका विभिन्न लोक संस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो   वर्षे बालक देखि वयस्क युवा युवती गरि पचासौ कलाकारहरुले पचासौ थरिका सांस्कृतिक नृत्यहरुमा भाग लिएर मेलालाई नेपालमय वनाउन ठूलो योगदान दिए दुवै दिन प्रस्तुत गरिएको लाखे नाच सहितको कुमारी जात्रा निकै दुरुस्त आकर्षित थियो मेलाको दुवै दिन हाम्रो पूर्विय शास्त्रीय रचनामा आधारितसिंघिनी कन्सर्टसमुहले पश्चिमीहरुलाई दुवै दिन कन्सर्ट प्रस्तुत गरेर पूर्विय शास्त्रीय संगीतको केहि थोपा  रसपान पनि गराएका थिए मेलामा अनुकुलवश पेरिस आइपुग्नु  भएका विश्व साइकल यात्रीद्वय जनार्दन खनाल लोक बहादुर कार्कीको उपस्थिति विश्व भ्रमणको उधेश्य ले सबै दर्शकहरुलाई स्तब्ध बनाइदियो

public in festival (1)

रिसको मौषममा वादलको राज्य परेकोले अपेक्षाकृत दर्शकको उपस्थिति नभएपनि खचाखच जनसहभागिता थियो नेपाल जाने फर्कने हवाईजहाजको टिकेट जित्ने चिट्टा खेलले दर्शकहरुलाई थप आकर्षण कौतुहल वनाएको थियो

आइतवारको साँझ सांस्कृतिक कार्यक्रमका कलाकारहरु एवं स्वयम् सेवकहरुलाई प्रशंशा पत्र दिइएको थियो अन्त्यमा गृहका उपाध्यक्ष सुरज श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नु भयो मेला भव्यताका साथ सम्पन्न भएकोमा खुसी प्रकट गर्दै मेलामा प्रायोजक भइ सहयोग गर्ने पेरिसका नेपाली व्यवसायीहरु, उपस्थित हुने संपूर्ण मैत्री संघहरु, कलाकारहरु, कलाकारहरुलाई सिकाउने आमा वुवाहरु, भान्सामा खट्ने स्वयम् सेवकहरु, मीठो रोचक उद्घोषण गरि कार्यक्रम सफल पार्ने Caroline निर्मल अर्याल, पेरिस नगरपालिका, नेपाली राजदूतावास, विशेष सहयोगी हरिहर अर्यालआदिलाई धन्यवाद दिदै मेला विशर्जन गर्नु भयो

13331061_1147347041983498_8017269786582776261_n 13417487_579564825557732_3554092050957015483_n

Share.

Leave A Reply