२३ वैशाख २०८१

सरकारको नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई समेटेको नेता खनालको दाबी

0

काठमाडौ, २ जेठ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधानको परिधिभित्र रहेर सरकारले ल्याएको नीति तथा कार्यक्रमले सबै नेपाली जनतालाई समेटेको बताउनुभएको छ ।
इलाम क्षेत्र नं १ अन्तर्गत आज बिहान इलामको चिसापानी गाविसमा भएको कार्यक्रममा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै नेता खनालले प्रस्तुत नीति तथा कार्यक्रमले जनताका आधारभूत समस्यालाई सम्बोधन गरेको बताउनुभयो ।
उहााँले सरकार सहमति र सहकार्य गरेर नै अघि बढिरहेको उल्लेख गर्दै संविधान कार्यन्वयनका लागि साना ठूला सबै दल एक ठाउँमा उभिन जरुरी बताउनुभयो ।

Share.

Leave A Reply