१७ वैशाख २०८१

भिन्टेज मोटर एक्स्पोको तयारी पूरा

0

vintage motor expo_016-01
भिन्टेज एण्ड क्लासिक मोटर इन्क नेपालको आयोजनामा आगामी जेठ १ गतेदेखि ३ गतेसम्म सञ्चालन गरिने भिन्टेज मोटर एक्स्पोको तयारी पूरा भएको छ ।

नेपालमा अटोमोबाइलको इतिहास धेरै पुरानो छैन तर नेपालमा जे जस्ता गाडीहरु छन् र तिनको जे जस्तो रोमाञ्चकारी इतिहास छ त्यो संसारमा विरलै पाइन्छ । मान्छेको काँधमा बोकिएर आएको गाडीको इतिहास भएको नेपालमा आजका पुस्ताले हेर्नै पर्ने गाडी र मोटरसाइकलहरु छन् । जसलाई संरक्षण गर्नु, सार्वजनिक गर्नु र भावी पिँढीलाई आफ्नो इतिहास प्रति गर्व गर्न सक्ने बनाउनु आजको कर्तब्य पनि हो ।
भिन्टेज र क्लासिक गाडी संरक्षणमा यूनेस्कोको अभियान मात्र हैन, यूरोपीयन यूनियनले यसका लागि पार्लियामेण्ट कमिटी समेत गठन गरेको छ । आज संसारका कतिपय देशमा पर्यटन, पर्यटनको आधार, कतिपय देशमा सामाजिक कार्यको द्वार बनेका छन् भिन्टेज र क्लासिक मोटरहरु । हो त्यही मान्यतामा रहेर भिन्टेज एण्ड क्लासिक मोटर इन्क नेपाल केही समय अगाडि स्थापना भएको छ र आफ्नो पहिलो सार्वजनिक कार्यक्रम गर्दैछ एक्स्पोको रुपमा । एक्स्पोको अर्को आकर्षण हुनेछ भिन्टेज गाडीमा गरिने पेन्टिङ । जुन नेपाली चित्रकला इतिहास कै सम्भवत पहिलो हो । लामो इतिहास बोकेको नेपाली चित्रकला, साहित्यमा नयाँ विधा थपिने छ भने प्रदर्शनी कै दौरान ऐतिहासिक गाडी संरक्षण सम्बन्धी अन्तरक्रिया समेत गरिने छ । प्रदर्शनीको अर्को आकर्षण ऐतिहासिक गाडीका फोटो प्रर्दशनी हुनेछ भने अटोमोवाइल सम्बन्धी विभिन्न फिल्म र डकुमेन्ट्री समेत देखाइनेछ ।
नेपाल आर्ट काउन्सिलमा संचालन गरिने सो प्रदर्शनी १ जेठ शनिवार २ बजेबाट शुरु भई ३ जेठ ५ बजेसम्म हुनेछ । प्रदर्शनीमा सहभागीहरु मूलतः अटोमोबाइलका व्यवसायीहरु, संरक्षण कर्ताहरु, नीति निर्माताहरु, कला साहित्यका स्थापित व्यक्तित्वहरु र स्कुल, कलेजका विद्यार्थीहरु हुनेछन् । जेठ ३ गते ५ बजे यूवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले समापन गर्ने सो प्रर्दशनीको जेठ १ गते ३ बजे संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री बल बहादुर महतले शुभारम्भ गर्नु हुनेछ । प्रदर्शनीको मुख्य बक्तामा Alliance International de Tourism (AIT) का उपाध्यक्ष तथा Vintage & Classic car Club of India अध्यक्ष Nittin Dossa रहनु हुनेछ ।
कार्यक्रमलाई नासा फाण्डेसन, साँस्कृतिक संग्रहालय नेपाल लगायतका संस्थाले सहयोग गर्ने जनाएका छन् ।

Share.

Leave A Reply