१८ वैशाख २०८१

लण्डनले पहिलो मुसलमान मेयर निर्वाचित ग-यो

0

०७ मे २०१६, स्विटजरल्याण्ड। ब्रिटेनको प्रमुख विपक्षी दल लेबर पार्टिका नेता सादिक खान लण्डनको मेयर पदमा निर्वाचित भएका छन्। उनको निर्वाचन संगै उनी लण्डनको पहिलो मुसलमान मेयर बनेका छन्। शनिबार बिहान, ७ मे २०१६ मा चुनावी नतिजा धोषणा पछि बोल्दै सादिकिले लण्डनले त्रासका बिरूद्ध आशा र विभाजनका विरुद्ध एकतालाई विजयी बनाएको मा खुसी ब्यक्त गरे।

उनले कन्जरभेटिभ पार्टिका प्रत्यासी ज्याक गोल्डस्मिथलाई ३१५५२९ को मतान्तारले पराजित गरेका हुन्। सादिकिले १३१०१४३ र उनका प्रतिद्वनदिले ९९४६१४ मत प्राप्त गरेका थिए। सादिले प्राप्त गरेको मत संख्या लण्डनको कुनै पनि पूर्व मेयरहरुले प्राप्त गरेको मत भन्दा बढि भएको बताईन्छ।

Share.

Leave A Reply