२४ वैशाख २०८१

बेल्जियममा नया बर्ष सास्कृतिक कार्यक्रम हुने

0

१९ अप्रिल, बेल्जियम । नेपाली नयाँ बर्षको उपलक्ष्यमा क्षेत्री समाज बेल्जियम र साँग्रीला समाजले सयुक्त रुपमा लुभेन शहरमा आगामी ७ मई का दिन एक सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ  ।

हरेक बर्ष झै यस बर्ष पनि नेपाली नयाँ बर्षको अबसरमा क्षेत्री समाज बेल्जियम र साँग्रीला समाज बेल्जियमले बृहत सास्कृतिक कार्यक्रमका बीच मनाउन लागेका हुन् । नेपालका लोकप्रिय लोकदोहोरी गाएकहरु याम क्षेत्री, देबी घर्ति एबम स्थानीय कलाकारहरुको जोडदार प्रस्तुती रहने जनाईएको छ । भने साथमा नयाँ बर्ष २०७३ को स्वागत सगै शुभ कामना आदान प्रदान कार्यक्रम समेत गर्ने भएको छ ।

नया बर्षको कार्यक्रमको लाई एक च्यारिटी सांस्कृतिक कार्यक्रमको रुपमा लिई पर्वत जिल्ला नाग्लिवाड. स्थित बिध्यालयको स्तर उन्नतिमा कम्प्यूटर सहयोग उद्धेश्य अनुरुप सामाजिक कार्यको लागी कार्यक्रमको आयोजना गर्न लागीएको बताईएको छ । बेल्जियम एवमं यूरोप बासी सम्पूर्ण नेपाली साथै नेपाल र नेपालको कला, संस्कृति लाई मायाँ गर्ने बेल्जियन नागरिक एबम बिभिन्न देश बाट यहाँ आई बसोबास गर्नुभएका नागरिकहरु सबैलाई उपस्थिती को लागि हार्दिक अनुरोध समेत गरेको छ । साथै बेल्जियम स्थित सम्पूर्ण नेपाली संघ सँस्थालाई पनि कार्यक्रममा सहयोग गर्न समेत अनुरोध गरेको छ । साथै नेपाली नयाँ बर्ष लाई प्रबासी नेपाली आफ्नो कला, सास्कृति जोगाई राख्नु तथा नेपालीहरु बिच एकताक भाईचाराको सन्देश तथा शुभकामना आदानप्रदान  कार्यक्रम समेत रहेको छ । 

Share.

Leave A Reply