२० वैशाख २०८१

राजदुत डा. अर्जुन कार्कीद्वारा कोस्टारिकाका राष्ट्रपती समक्ष ओहदाको प्रमाणपत्र पेश

0

खेम भट्टचन, वाशिंगटन डिसी। अमेरिकाका लागी नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीले कोस्टारिकाका राष्ट्रपती महामहिम लुईस गुईलेर्मो सोलिस् समक्ष ऒहदाको प्रमाणपत्र पेश गरेका छन् l 

डा. कार्की कोस्टारिकाको लागी पनी नेपाली राजदुत हुनुहुन्छ l 

कोस्टारिकाको राजधानी सानजोसे स्थित पररास्ट्र मन्त्रालयको गोल्डेन हलमा यही अप्रिल ७ तारिखका दिन राजदुत डा० कार्कीले ओहदाको प्रमाण पेश गरेपछी राष्ट्रपती लुईस गुईलेर्मो सोलिस् र राजदुत डा० कार्कीको भेटवार्ता भएको थियो l यस अघि, राजदुत डा. कार्कीले पररास्ट्रमंत्री मानुएल गोन्जालेज समक्ष पनी राजदुतको ओहदाको प्रमाण पेश गरेका थिए l श्रीमती गौरी कार्की र दुतावासका द्वीतिय सचिब लेखनाथ गौतम पनी ऒहदाको प्रमाणपत्र पेश गर्ने समारोहमा ऊपस्थित थिए l 

Share.

Leave A Reply