२३ वैशाख २०८१

सभापति विष्ट मनोमानी ढंगले अघि बढ्दा नेजस अमेरिका गम्भीर संकटमा

0

काठमाडौं । नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट पछिल्ला दिनमा मनोमानी र एकलौटी ढंगले निर्णय प्रक्रियामा सहभागी हुँदा सजनसम्पर्क समितिकै भविष्य संकटमा परेको छ । लोकतान्त्रिक पार्टीको भातृ संस्थाले लोकतान्त्रिक क्रियाकलाप गर्नुपर्नेमा एकलौटी ढंग ले विष्टले जस्तासुकै निर्णयमा कलमको मसी चोपिदिने गरेका कारण सिँगो जनसम्पर्क समिति यतिबेला विष्टप्रति कुद्ध भएको छ । पछिल्लो समयमा राष्ट्रिय महत्वका केही विषयहरुमा समेत विष्टले कार्य समिति लाई बाईपास गर्दै आफूखुसी निर्णय गरेपछि जनससम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष, महासचिव, उपसभापति, कोषाध्यक्ष, लगायतका व्यक्तिले त्यसको कडा शब्दमा भत्र्सना गर्नुभएको छ ।  संस्थाको सभापति भएदेखि नै कार्यसमितिमा आपूखुसी  ढंगले कार्य गर्दै विवादको घेराभित्र पर्दै आएका सभापति विष्टले पछिल्लो पटक ‘नेपाल डे परेड–२०१६’ मनाउने विषयमा न्यूयोर्कस्थित महावाणिज्य दुतावासमा गएर एकलौटी ढंगले हस्ताक्षर गरेर आएपछि उनको विवादित कामको शिलशिल पुनः दोहोरिएको छ ।

सिँगो कार्यसमितिलाई जानकारी नै नगराई विष्टले आफूखुसी रुपमा यो विषयमा निर्णय लिँदै महावाणिज्य दूतावासमा पुगेर संस्थाको तर्फबाट हस्ताक्षर गर्नु लोकतान्त्रिक विधि र प्रक्रियामाथिको ठाडो प्रहार भएको जनसम्पर्क समितिका कार्यसमितिमा रहेका विभिन्न व्यक्तिहरुले निकालेको विज्ञप्तिमा उल्लेख छ । आगमाी मे ११ म्यानहन्टमा गर्न लागिएको सो कार्यक्रममा जनसम्पर्क समितिको तर्फबाट सहभागिता जनाउनु अघि विष्टले कार्यसमितिका कसैलाई पनि जानकारी नगराई एक्लै आफूखुसी रुपमा निर्णय प्रक्रियामा सहभागी हुँदा कार्यसमितिले विष्टको कार्यशैलीको भत्र्सना गरेको हो । यसरी भत्र्सना गर्नेहरुमा नेपाली जनसम्पर्क समिति अमेरिका बरिष्ठ उपाध्यक्ष धनञ्जयनरसिंह केसी, महासचिव, मुनिन्द्र नेम्वाङ्ग, उपसभापति सिपी पौडेल, कोषध्यक्ष विजय थुलुङ्ग, सचिब भोज राज थोकर लगायत छन् । विज्ञप्तिमा भूकम्प र नाकाबन्दीले थिलो थिलो भएको नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारका लागि महत्वपूर्ण हुने यस्ता कार्यक्रम गरिनु अत्यन्तै सकारात्मक भएपनि अध्यक्षको कार्यशैलीले गर्दा सिँगो कार्यसमितिको एजेन्डा विना नै अध्यक्ष एक्लै अघिबढ्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

यस्तो छ कार्यसमितिका विभिन्न व्यक्तिहरुले निकालेको विज्ञप्तिः

बरिष्ठ उपाध्यक्ष
धनञ्जयनरसिंह केसीको विज्ञप्ति

प्रेस विज्ञप्ति

नेपालको धार्मिक, सांस्कृति तथा पर्यटकीय महत्व र यसको बारेमा विश्वसामु प्रचार प्रचार गर्नुपर्ने सबैको दायित्व हो । यही सिलसिलामा आगामी मे ११ मा अमेरिकामा ‘नेपाल डे परेड २०१६’ सम्बन्धी विशेष कार्यक्रम हुन लागेको प्रति अत्यन्तै खुसी लागेको छ । भूकम्प र नाकाबन्दीबाट मुलुकको अर्थतन्त्र जर्वर नेको अहिलेको अस्थामा विदेशी भूमिका यस्ता कार्यक्रम हुँदा आर्थिक मेरुदण्डको रुपमा रहेको नेपालको पर्यटन क्षेत्र पुरानै गतिमा अघिबढ्नेमा दुई मत छैन । यस्तो महत्वपूर्ण कार्यमा म बरिष्ठ उपाध्यक्ष रहेको नेपाली जनसम्पर्क समितिका तर्फबाट समेत सहकार्य भएको थाहा पाउँदा अत्यन्तै खुसी लागेको छ । जनसम्पर्क समितिका तर्फबाट सभापति आनन्द विष्टले महावाणिज्यदुतावासमा पुगेर हस्ताक्षर गर्नुभएको रहेछ । तर यहाँ मैले यो विज्ञप्ति मार्फत के मात्रै स्पष्ट पार्न चाहेको हो भने  सभापति विष्टले उहाँले एकपटक पनि हामीसँग यो विषयमा कुनै सल्लाह र छलफल नै नगरी एकलौटी तरिकाले नेपाली महावाणिज्य दूतावास मा पुगेर संस्थाको प्रतिनिधित्व गराउनुभएको हो । आफ्नो माउ पार्टीले अवलम्बन गरेको लोकतन्त्र र विधिको शासन जस्ता मूलभूत मर्म र भावना विपरित, संस्थालाई नै बदनाम गराउने हिसावल सभापतिले  सिँगो कार्यसमितिलाई नै जानकारी नगराई यस्ता ऐतिहासिक महत्वका विषयमा एकलौटी निर्णय गर्दा सिँगो कार्यसमिति दुःखी छ । नेपाल डे परेड मनाउने विषयमा कार्यसमितिका साथिहरुको पनि सकारात्म सुझाव तथा सल्लाहहरु थिए होलान् । तर सभापतिले आफूलाई सर्बोपरी ठानेर एक्लै अघि बढ्नुका पछाडिको कारण के हो अधिकांश साथीहरु यसको जवाफमा छन् । नेजस अमेरिका जस्तो जिम्मेवार संस्थाका सभापतिको यस्तो गैरजिम्मेवारीपूर्ण कामले सबैलाई स्तव्ध बनाएको छ । नेपाल र नेपालीको बारेमा विश्व समुदायलाई जानकारी गराउने यो पुनित कार्यमा किन कार्यसमतिलाई बाईपास गरेर सभापति अघि बढ्नु भयो ? त्यसको तार्किक जवाफ सभापतिसँग पक्कै छैन होला । कार्यसमितिका ९० प्रतिशत साथिहरुलाई जानकारी नै नगराई निर्णय प्रक्रियामा सहभागी हुने र त्यहाँ गएर संस्थाको प्रतिनिधित्व गर्ने नैतिक आधार तपाईँसँग के छ ? भोलि यी कार्यसमितिका साथिहले तपाईका यी कर्तुतको भण्डाफोर गरे भने त्यसको सामना गर्न तपाईँ सक्नुहुन्छ ? त्यसैले म न्यूयोर्कस्थित नेपाली कन्सुलेट अफिस र अन्य सबै सरोकारवाला निकायहरुलाई के जानकारी गराउन चाहन्छु भने नेपाली जसम्पर्क समितिका ९० प्रतिशत साथिहरुको सहमति विना गरिएको यो निर्णय नेजस अमेरिकाकोको निर्णय हुँदै सक्दैन । यद्यपि नेपाल डे परेड मनाउने विषयमा मेरो बेक्तिगत रुपमा पूर्ण साथ र समर्थन छ । यसरी एकलौटी ढंगले निर्णय गर्ने व्यक्तिले भोलि संस्थाको हित विपरित हुने गरी निर्णय नगर्ला भन्ने आधार के ? त्यसैले अब यसप्रति सम्बन्धित सबै निकाय लाई विशेष चनासो रहन अनुरोध गर्दछु । संस्थागत रुपमा भन्दै उहाँले व्यक्तिगत निर्णय गर्ने र भोलि नकारात्मक काम भएको खण्डमा सिँगो कार्यसमिति नै विवादमा तानिने काम हुने खतरा पनि रहेकोले यसतर्फ बेलैमा सचेत हुनुको कुनै विकल्प छैन । पछिल्लो पटक सभापतिको यो कार्यशैली अत्यन्तै तानाशाही ढंगको भएकाले आउँदा दिनमा संस्थाको नाममा हुनसक्ने विभिन्न क्रियाकलापमा तपाईँहरुले सिँगो कार्यसमितिबाट निर्णय भएर आएको हो होइन बुझेर मात्रै संस्थालाई सहभागी गराउनुहुन अनुरोध गर्दछु । अन्त्यमा नेपाल डे परेड २०१६ को पूर्ण सफलताको कामना गर्दछु ।

धनञ्जयनरसिंह केसी
बरिष्ठ उपभापति, नेजस अमेरिका ।

उपसभापति सिपी पौडेलले फेसबुकमार्फत जारी गर्नुभएको विज्ञप्ति: 

विज्ञप्ति

नेपाल डे परेड २०१६ मनाउने सम्बन्धमा नेपाली जनसम्पर्क समिति अमेरिका केन्द्रिय समितिमा कुनै निर्णय र छलफल नभएकोले महावाणिज्यदूतावास न्यूयार्क बाट प्रकाशित सूचनाप्रति मेरो ध्यानाकर्षण भएको छ कुनै पनि संस्था सामाजिक कार्यक्रममा सहभागि हुनुभन्दा अगाडि संस्थागत निर्णय हुनु आबश्यक हुन्छ ।
सिपी पौडेल
उपसभापति,नेजस अमेरिका ।

महासचिव मुनन्द्रि नेम्वाङ्गद्वारा जारी विज्ञप्ति

प्रेस विज्ञप्ति

आदरणीय साथिहरू
जय नेपाल !

भर्खरै मात्र विभिन्न सामाजिक संजालहरू मार्फत जानकारीमा आएको ‘नेपाल डे परेड २०१६’ को सम्बन्धमा नेपाली जनसंपर्क समिति अमेरिकाको नाम पनि महावाणिज्यदूतावास न्यूयोर्क द्वारा ३० मार्चमा प्रेषित विज्ञप्ति मा जोडिन आएको प्रति हाम्रो गम्भीर ध्यानआकर्षण भएको छ । प्रवासमा रहेका सबै नेपालीहरूले राष्ट्रका हितमा हुने सम्पूर्ण गतिविधिहरूमा सहभागिता जनाउँनै पर्ने कुरामा हाम्रो दृढ समर्थन रहेको जानकारी गराउँदछौं । हामीले हाम्रा नेपाली समुदायका जो कोहिले पनि सुरू गर्न लागेको असल कार्यहरू को सदैव स्वागत र समर्थन गर्ने परम्पराको धेरै पहिले देखि अनुसरण गर्दै आइरहेका छौं । कतिपय असल कार्यहरूको थालनी पनि हतारका कारण उद्देश्य प्राप्तिका लागि गतिलो उठानी नगर्नाले निस्प्रभावकारी भएका प्रसस्त उदाहरणहरू हामीमाझ छदै छन् । हाम्रो संगठनका केही साथिहरूले पनि यस्ता पुनीत कार्यमा संगठनको संरचना भित्र साधारण छलफल समेत नगरी एकाएक संगठनको सहभागिता जनाउँदा हाम्रो आफ्नै संगठनको गरिमामा पनि ठुलो प्रश्न चिन्ह खडा भएको छ रु ‘नेपाल डे परेड २०१६’गर्ने निर्णयमा अमेरिकामा रहेका सबै संघ संस्थाहरूलाई समान सहभागिता गराउँनु पर्नेमा, केहि संकोचित बिचारका कारण अमेरीकामा रहेका थुप्रैं प्रभावशाली संगठनहरूको उपस्थितिलाई वेवास्ता गरिन्नु आफैमा एउटा दुस्खको कुरा हो । निर्बिवाद रूपमा संपन्न हुनुपर्ने यस्ता कार्यक्रमको सुरूवातमै केहि विवादहरू देखिन्नु कार्यक्रम सफल हुने शुभ लक्षण होईन । पर्यटन प्रवद्धनका मुल उद्देश्य लिएको यो कार्यक्रममा सम्वन्धित संघ संस्था संग सामान्य छलफल नै नगरीनु अर्को उदेकलाग्दो कुरा हो ।

हाम्रा बिचारमा यस्ता महान कार्यहरूको सुरू गर्दा समाजका विभिन्न तह तप्काका समुदायहरू, विज्ञहरू , विभिन्न संघ संस्थाहरू संगको व्यापक छलफल पश्चात मात्रै कार्यक्रम तय गर्दा त्यसको प्रतिफल उपलब्धि मुलक हुनेछ भन्ने हाम्रो ठहर्याई भएको जानकारी गराउँदछौं । कार्यक्रमको आयोजक मध्ये एक भनिएको हाम्रो संस्था संग सम्बन्धित एकाध सदस्यहरूले मात्र यो कार्यक्रममा सहभागिता जनाएको छ । कार्यक्रममा सहभागिता हुने बारेमा नेपाली जनसंपर्क समिति अमेरिकाले कुनै आधिकारिक निर्णय गरेको छैन , त्यसले ‘नेपाल डे परेड २०१६’मा हाम्रो संस्थाको संस्थागत सहभागिता नरहेको सबैमा र महावाणिज्यदूतावास न्यूयोर्क मा समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौं ।

धन्यवाद
मुनिन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसंपर्क समिति अमेरिका

यस्तै नेजस अमेरिकाका कोषध्यक्ष विजय थुलुङ्गले पनि सभापतिको यो रवैया प्रति भत्र्सना व्यक्त गर्नुभएको छ । थुलुङ्गले संस्थाको नाममा निर्णय प्रक्रियामा सहभागी हुँदा कार्यसमितिलाई कुनै जानकारी नगराईनु अत्यन्तै निन्दनिय भएको उल्लेख गर्नुभएको छ । यस्तै उपसचिव भोजराज थोकरले सामाजिक सञ्जाल मार्फत आफ्नो विज्ञप्ति सार्वजनिक गर्दै पदाधिकारीहरुलाई जानकारी नै नगराई निर्णय गरिएको भन्दै आपत्ति जनाउनुभएको छ । उहाँले ‘फेसबुकबाट संस्थाको निर्णय थापा पाउनुपर्ने अवस्था आउनुका पछाडि सभापतिको के स्वार्थ रहेको छ त्यो बुझ्न सकिएन’ भनेर उल्लेख गर्नुभएको छ।

सभापति आनन्द विष्टका हर्कतका विरुद्ध कार्यसमितिका ९० प्रतिशत सदस्यहरु विरोधमा उत्रिएपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको विवाद अब सतहमै छताछुल्ल भएको छ । यस्तै अवस्था रहिरहे संस्थाकै भविष्य खतरामा पर्नसक्ने भन्दै अमेरिकामा रहेका नेजसका सुभेच्छुक तथा अन्य संस्थाहरुले दुःखेसो पोखेका छन् ।

 

Share.

Leave A Reply