२१ वैशाख २०८१

एसएलसी परीक्षा आजबाट सुरु, ६ लाख बढी विद्यार्थी सहभागी

0

यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षा आजबाट सुरु भएको छ । देशभर बिहान ८ बजेबाट एकैसाथ परीक्षा सुरु भएको हो । परीक्षामा ६ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी हुँदैछन् ।
आज पहिलो दिन अनिवार्य अग्रेजीको परीक्षा भइरहेको छ । परीक्षाका लागि देशभर एक हजार ४४३ परीक्षा केन्द्र निर्धारण गरिएको छ । एसएलसी परीक्षा आजदेखि २९ गतेसम्म सञ्चालन हुने छ । देशभरि एकैसाथ ६ लाख १५ हजार ५ सय ५३ परिक्षार्थी उत्साहसाथ एसएलसी परीक्षामा जुटदैछन् । विहान आठ बजे सुरु भएको परीक्षामा सबै विद्यार्थी समान हैसियतमा जाँच दिंदैछन् ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले एसएलसी परीक्षालाई शान्तिपूर्ण र मर्यादित बनाउन विद्यार्थी, अभिभावक, शिक्षक र राजनीतिक दलका प्रतिनिधि एवम् सबै सरोकारवालालाई आग्रह गर्नुभएको छ । यो वर्षबाट ३२ नम्बर पाउन नसकेकै कारण कोही असफल हुनुपर्ने छैन । विद्यार्थीले गरेको मिहिनेतअनुसार अंकको सट्टा अक्षरमा नतिजा पाउनेछन् । जसअनुसार विद्यार्थीले प्राप्त गर्ने एसएलसी ‘ग्रेडसिट’मा ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डि प्लस, डी र ई उल्लेख हुनेछ । १९९० सालमा पहिलो पटक एसउलसी सुरु भएको थियो । देशभरिमा १ हजार ९ सय ४३ परीक्षा केन्द्र विस्तार गरिएका छन् । परीक्षा केन्द्राध्यक्ष, हायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी, सुरक्षाकर्मी गरी जम्मा ७२ हजार ८ सय ९६ जना जनशक्ति खटाइएको छ ।
एसएलसीमा गत वर्ष जस्तै यो वर्ष पनि छात्रा धेरै छन् । परीक्षामा ६ लाख १५ हजार ५ सय ५३ परीक्षार्थी सहभागी हुँदैछन् । जसमा ३ लाख ९ हजार ९ सय छात्रा रहेका छन् । यो संख्या छात्रभन्दा २ हजार एकसय ८९ ले बढी हो ।

Share.

Leave A Reply