२२ वैशाख २०८१

ब्रसेल्स विष्फोटको सम्बन्धमा एनआरएनएको प्रेस-विज्ञप्ती

0

बेल्जियम एबं युरोपियन युनियनको राजधानी ब्रसल्सको जावेन्टेम विमानस्थल र ट्रेन स्टेसनमा भएका श्रृंखलाबद्ध आतंककारी हमला र विष्फोटको दुखद घटनाले गैर आबसिय नेपाली संघ स्तब्ध भएको छ, भन्दै गैर आबसिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदले एक प्रेस-विज्ञप्ति जारी गरेको छ।

प्रेस-विज्ञप्तिको पुर्ण पाठ:  

गैरआवासीय साथीहरु,
बेल्जियम एबं युरोपियन युनियनको राजधानी ब्रसल्सको जावेन्टेम विमानस्थल र ट्रेन स्टेसनमा भएका श्रृंखलाबद्ध आतंककारी हमला र विष्फोटको दुखद घटनाले गैर आबसिय नेपाली संघ स्तब्ध भएको छ । 

ब्रसल्स वरपर या घटना स्थल नजिक रहनुभएका सबै नेपली दाजु-भाई दिदी-बहिनीहरुलाई यो विपदको अवस्थामा उच्च साबधानी अपनाउदै स्थानीय प्रशासन सँग समन्यवय गर्न हामी आग्रह गर्दछौ ।

यदि कुनै नेपाली दाजु-भाई दिदी-बहिनीहरुलाई यस घटनाले प्रत्यक्ष वा अप्रत्यक्ष असर परेको छ या कुनै सहयोग सल्लाह र जानकारी चाहिएमा स्थानीय प्रशाशन सँग वा गैर आबसिय नेपाली संघका साथीहरुलाई सम्पर्क गरि सहयोग लिनु हुन पनि हामी हार्दिक अनुरोध गर्दछौ ।

यसका लागि गैर आबसिय नेपाली संघ केन्द्रिय सचिब अजुर्न कुमार श्रेष्ठ – ०४७१३९०१७५,  केद्रीय महिला उप-संयोजक राजनी श्रेष्ठ ०४७३४७१३५०, युरोप उप-संयोजक प्रेम गुरुङ ०४९४०३९९३० वा गैर आबसिय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतम ०४८५ ३९५ २०९ लाई सम्पर्क गर्न पनि अनुरोध गर्दछौ ।

पुनस्च: अमानबिय र निन्दनीय यस क्रुरता पूर्ण घटना प्रति खेद प्रकट गर्दै आक्रमणमा परि दिबंगत हुनेहरुमा हार्दिक श्रदान्जली र  घाइतेहरुको शिघ्र सवास्थ लाभको कामना गर्दछौ ।  

रञ्जु थापा
प्रवक्ता
अन्तराष्ट्रिय समन्वय परिषद्, गैरआवासीय नेपाली संघ ।

Share.

Leave A Reply