३१ वैशाख २०८१

आज राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रमका साथ मनाईंदै

0

जहानियाँ राणा शासनको अन्त्य गर्दै बि.सं. २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देश तथा विदेशमा बिभिन्न कार्यक्रमहरुको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाईँदै छ ।
तत्कालिन राजा त्रिभुवनले एक सय चार वर्षे राणा शासनको अन्त्य गर्दै आज कै दिन नेपालमा प्रजातन्त्र स्थापना भएको घोषणा गरे पश्चात् नेपाली काँग्रेस र राणाको संयुक्त सरकार गठन गरी प्रजातान्त्रिक शासन पद्धतिको शुरुआत भएको थियो । प्रजातन्त्रको स्थापना पूर्व बि. सं. १९९७ साल माघमा प्रजातन्त्र स्थापनाका लागि गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शाश्त्रीले ज्यानको समेत आहूति दिंदै शहीद बनेका थिए भने उनीहरुलाई तत्कालिन राणा शासकले प्रजा परिषद नामक दल स्थापना गरी प्रजातन्त्रका नाममा जनता भड्काएको अभियोगमा मृत्युदण्ड दिएका थिए ।

Share.

Leave A Reply