२१ वैशाख २०८१

नेका १३ औ महाधिवेशनको लागी प्रतिनिधिहरु चयन गर्दै

0

बिष्णु सापकोटा, बेल्जियम । नेपाली काग्रेसको आसन्न १३ औं महाधिवेशनको लागी बेल्जियम जनसम्पर्क समितिको तर्फ बाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य हरु चयनको लागी प्रकिया अगाडी बढाएको छ ।

गत २६ जनवरी २०१६ मा लुभेनमा कार्यसमिति नेपाली जनसम्पर्क समिति बेल्जियम का साधारण सदस्यहरु, क्रियाशील सदस्यहरु, सल्लाहकार हरु समेत बसेको बृहत बैठक बसेको थियो भने उक्त बैठक ले  नेपाली जनसम्पर्क समिति बेल्जियमका अध्यक्षको अध्यक्षतामा एक कार्यदल गठन समेत गरेको थियो ।   कार्यदल लाई दिइएको जिम्मेवारी अनुसार उम्मेवारी परेका प्रतिनिधिहरुका उम्मेदवारहरु संग सहमतिको लागी बिभिन्न छलफल समेत गरेको छ भने कार्यदलले  अन्तिम उम्मेदवार हरु बाट सर्वसम्मत निर्णय को लागी ०२ फेब्रुवरी मंगलबारका दिन लुभेन मा कार्यदलको अन्तिम बैठक बाट टुंग्याउने प्रयास समेत गरेको छ ।

साथै कार्यदलको अन्तिम बैठक बाट सर्वसम्मत रुपमा प्रतिनिधि हरु चयन हुन् नसकेको खण्डमा गत नेपाली जनसम्पर्क समिति बेल्जियमको बिधानले तय गरे अनुरुप कार्यसमितिको बैठकले अन्तिम रुप दिने समेत जनाईएको छ । कार्यसमितिको वैठक आगामी ०७ फेब्रुवरी २०१६ का दिन बोलाईं लागेको समेत जानकारी गराईएको छ । गत १२औं महाधिवेशन मा पनि महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य चयन कार्य समितिले गरेको थियो भने  नेपाली काँग्रेस महाधिवेशनमा भाग लिन को लागी पाच सय क्रियाशील  सदस्यहरु भएका जनसम्पर्क समिति हरुको हकमा तीन जना महासमिति सदस्य तथा चार जना महाधिवेशन महाधिवेशन प्रतिनिधि ले भाग लिन पाउने विधानमा व्यवस्था रहेको छ   ।

Share.

Leave A Reply