२३ वैशाख २०८१

प्रधानसेनापति क्षत्री सोमबार भारत जाँदै

0

काठमाडौँ, माघ १७ गते । प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र भारतको औपचारिक भ्रमणका लागि भोलि सोमबार त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।
भारतका स्थल सेनाध्यक्ष जनरल दलवीर सिंहको औपचारिक निमन्त्रणामा उहाँ भारत जान लाग्नुभएको हो ।
प्रधानसेनापतिको नियुक्तिपश्चात उहाँबाट पहिलो पटक हुन लागेको भारत भ्रमणका सिलसिलामा उहाँलाई भारतका राष्ट्रपति प्रणव मुखर्जीबाट भारतीय स्थलसेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिह्नबाट सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
दुई देशका सेनाबीच रहिआएको परम्परागत आपसी सौहार्द सम्बन्धअनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने प्रचलन रहिआएकोे छ ।
भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले भारतका स्थल सेनाध्यक्ष, वायुसेना प्रमुख, नौसेना प्रमुखसँग पनि भेटघाट गर्नुहुने बताइएको छ । त्यस्तै, उहाँले भारतका गृहमन्त्री, रक्षामन्त्री, विदेश मन्त्रीलगायत उच्चपदस्थ पदाधिकारीसँग पनि भेट गर्नुहुनेछ ।
सो अवसरमा प्रधानसेनापति क्षत्रीले भारतका राष्ट्रपति तथा वरिष्ठ भारतीय अधिकारीलाई राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी तथा नेपाल सरकार र नेपाली जनताका तर्पmबाट शुभकामना दिनुहुनेछ ।
भ्रमणदलमा श्रीमती रीता क्षत्री, सैनिक समाचार महानिर्देशक उपरथी श्री शम्शेर ठकुराठी, प्रधानसेनापतिको सैनिक सहायक सहायकरथी काजीबहादुर खत्रीलगायत नौजना रहनुहुने निर्देशनालयले जनाएको छ । प्रधानसेनापति क्षत्री यही माघ २३ गते स्वदेश फर्कनुहुनेछ । रासस

Share.

Leave A Reply