२२ वैशाख २०८१

अ. ने. सा. स. बेल्जियमको अध्यक्षमा दीपकज्योति पौडेल

0

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको चौंथो अधिवेशन लुभेनमा २५ डिसेम्वरमा सम्पन्न भयो ।

पहिलो सत्रमा समाजका पदाधिकारी र पर्यवेक्षकहरुले आफ्ना विचारहरु प्रकट गरेका थिए । अधिवेशनमा महासचिव दीपकज्योति पौडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष परमानन्द सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता अध्यक्ष दीपेन्द्र के.सी.ले गर्नुभएको थियो । उपाध्यक्ष राजकुमार पुडासैनीले स्वागत र महासचिव दीपकज्योति पौडेलले सँचालन गर्नुभएको थियो ।

सोही अधिवेशनले आगामी २ वर्षे कार्यकालका लागि दीपकज्योति पौडेलको अध्यक्षतामा नयाँ समितिको गठन गरेको छ । नवगठित समितिमा विष्णु सापकोटा र राजकुमार पुडासैनी  उपाध्यक्षद्वय, परमानन्द सापकोटा महासचिव, मोहन खत्री सचिव, डिल्ली अम्माई कोषाध्यक्ष र सदस्यहरुमा नन्दराज घले, माधव सापकोटा, हरि श्रेष्ठ, यामु निरौला र सौरभ कारञ्जित रहनु भएको छ।

हाम्रा सहकर्मी मित्र दिपकज्योति पौडेलको अध्यक्षतामा अ. ने. सा. स. बेल्जियमको नयाँ समिति गठन भएको मा उहाँ र उहाँको समितिको सफल कार्यकालको लागि नेपाल स्वीस डट् कम हार्दिक शुभ-कामना व्यक्त गर्दछ।

Share.

Leave A Reply