२२ वैशाख २०८१

सवारी चालक प्रशिक्षकलाई प्रशिक्षण शुल्कको रुपमा यौन सम्पर्क

0

१९ डिसेम्बर २०१५, स्विट्जरल्याण्ड। नेदरल्याण्डका केहि सवारी चालक प्रशिक्षण केन्द्रहरुले यौन सम्पर्कको बदलामा सवारी चालन प्रशिक्षण दिने सुचनाहरु स्थानिय पत्र-पत्रिका र इन्टेरनेटमा प्रकाशित गरेका छन्।

स्थानिय प्रहरीले यस्तो कृयाकलापलाई गैर-कानुनी वेश्यावृतिको रुपमा अनुसनधान सुरु गरेको थियो। तर नेदरल्याण्डका न्यायमन्त्री र यातायात मन्त्रीले संलग्न ब्यक्तिहरु वालिग भए सवारी प्रशिक्षणको बदलामा यौन सम्पर्क राख्ने कुरा गैर-कानुनी नभएको बताएका छन्। नेदरल्याण्डमा १६ बर्ष उमेर पुगेकाले सवारी चालक प्रशिक्षण लिन सक्दछन्, तर १८ बर्ष उमेर पुरा गरेकाले मात्र गाडी चलाउन पाउँछन्।

ति मन्त्रीहरुका अनुसार उल्लेखीत ब्यवसायमा यौन सम्पर्कको सेवा प्रदान नगरिएकोले उक्त ब्यवसायलाई विश्यावृति भन्न नमिल्ने बताएका छन्। त्यसको विपरित यदि कसैले यौन सेवा प्रदान गरी सवारी चालक प्रशिक्षणको ब्यवसाय गरेमा गैर-कानुनी हुने बताइनछ।

रोक्न नसकिने

नेदरल्याण्डमा यो पुरानै समस्या जस्तो देखिन्छ। “डे टेलिग्राफ” ले लेखे अनुसार “एक पटकको सट्टमा एक सवारी” (eine Fahrt für eine Nummer) शिर्षकमा त्यस्ता सुचनाहरु प्रकाशित हुने गरेक छन्। नेदरल्याण्डको सवारी चालक प्रशिक्षण केन्द्रहरुको संघले यस्तो प्रचलनको विकास प्रति असन्तुष्टि ब्यक्त गरेको छ। तर त्यसका विरुद्धमा केहि गर्न नसकिने संघको सचिवले बताए। साथै कति प्रशिक्षण केन्द्रहरुले उल्लेखित सेवा प्रदान गर्छन् भन्ने आधिकारीक तथ्याङक नभएको उनले बताईन।

Share.

Leave A Reply