१५ वैशाख २०८१

हाम्रो क्लबले सिन्टरक्लासको कार्यक्रमको आयोजना गर्यो

0

८ डिसेम्बर ब्रुज। बेल्जियमको पर्यटकिय नगर ब्रुजमा ७ डिसेम्बरमा सिन्टरक्लास बोलाएर नेपाली कम्युनिटीको बालबालिकाहरुलाई मनोरन्जन प्रदान गरेको छ। 

सिन्टरक्लास बिषेशत: उत्तरी युरोपमा प्रख्यात छ। सिन्टरक्लास स्पेनबाट आउछन् भन्ने किम्बदन्ती छ। यो परम्परा करिब ९०० बर्ष अगाडीबाट चलेको भनिन्छ।  

बालबालिकाहरुलाई सिन्टरक्लासको गित गाउन लगाएर कार्यक्रमको सुरुवात गरिएको थियो । बेल्जियमकै चर्चित नेपाली कलाकार रिया राईले सबैलाई कार्यक्रममा स्वागत गरेकी थिईन् । सिन्टरक्लासको कार्यक्रम गरेर बेल्जियमको कल्चर पनि सिक्न खोजेको बताउदै उनले नेपालमा सिन्टरक्लासको कल्चर नभएको बताईन्। 

यस्तै कार्यक्रमलाई Hugo De Bont ले बालबालिकाहरुलाई सिन्टरक्लासको गीत सिकाउदै , गाउनलगाउदै कार्यक्रम अगाडी बढाएका थिए । उनि स्थानिय सरकारको सदस्यहुन्। 

लगतै सिन्टरक्लासको आगमन संगै सबै बालबालिकाहरुलाई असल बन्नको लागि आग्रह गर्दै उपहार दिएका थिए। 

यस कार्यक्रमलाई सफल बनाउन स्थानिय नेपाली ब्याबसायीहरुले सहयोग गरेका थिए। र अन्तमा सबैलाई खाजा को रुपमा पिज्जा खुवाईएको थियो। 

Share.

Leave A Reply