१६ वैशाख २०८१

एन आर एन ए युरोप रिजनले युरोपियन पार्लियामेन्ट लग्जर्म्वर्ग अगाडी विरोध गर्ने

0

महेश थापा। एन आर एन एको युरोपका विभिन्न एन सि सि र आइ सि सिले संयुक्त रुपमा युरोपियन पार्लियामेन्ट लग्जर्म्वर्ग अगाडी भारतिय नाकावन्दीको विरोधमा मंगलवार पर््रदर्शन गर्ने भएको छ । सो प्रदशनका लागि एन आर एन का केन्द्रिय उपाध्यक्ष कुमार पन्त महासचिव डा वद्री केसी महिला संयोजक सपला राजभन्डारी र युरोपियन सह संयोजक प्रेम गुरुङ्ग लग्जर्म्वर्ग पुगी सकेका छन । सो कार्यक्रमको लागि युरोपियन संयोजक कुल आचार्य र पर्ुव अध्यक्ष जीवा लामिछाने सोमवार वेलुकी लग्जर्म्वर्ग आउने कार्यक्रम रहेको एन आर एन ए लग्जर्म्वर्गका अध्यक्ष रमेश त्वायनाले जनाएका छन ।

नेपालमा औषधीको अभाव हुदै गर्दा औषधी खरिदको लागि एन आर एन लग्जर्म्वर्गले ४६०० युरो केन्द्रिय प्रतिनिधीलाई हस्तान्तरण गरेको छ ।

यसै विच एन आर एन ए मा भएको सदस्यता मनोनयन विवाद सम्वन्धलाई सघंका महासचिव केसीले आन्तरिक समस्या भन्दै वृस्तृत जनाकारी दिन चाहेनन । उता औषधी विवादमा पर्ुव अध्यक्ष उपेन्द्र महतो मुछिएको सम्वन्धमा पनि संघको धारणा छिटो भन्दा छिटो र्सार्वजनिक गर्ने उनले जनाए ।

Share.

Leave A Reply