२२ वैशाख २०८१

अत्यावश्यक औषधिका लागि अर्थ संकलन गर्न कुमार पन्तको अनुरोध

0

२३ नोभेम्बर २०१५। गैर-आवासिय नेपाली संघ, अर्न्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुमार पन्तले अघोषित भारतीय नाकाबन्दिका कारण उव्जिएको अत्यावश्यक औषधिको अभावमा तत्काल राहत पुर्याउन अर्थ संकलनका लागि अनुरोध गरेका छन्। उनलाई गैर-आवासिय नेपाली संघले भर्खरै मात्र युरोप क्षेत्रको “अत्यावश्यक औषधिका लागि अर्थ संकलन अभियान” को संयोजक तोकेको छ। उनले युरोप क्षेत्रका सबै एनआरएनए पदाधिकारीहरु, आईसिसि सदस्यहरु र सबै राष्ट्रिय समन्वय परिषदहरु लाई एक बिधुतिय पत्र लेखि उक्त कार्यका लागि अनुरोध गरेका हुन। यसै सन्दर्भमा युरोप क्षेत्रका बिभिन्न देशहरुमा अर्थ संकलनका लागि कार्यक्रहरु आयोजना गर्ने क्रम शुरु भएको जानकारीमा आएको छ। अत्यावश्यक औषधिका लागि अर्थ संकलन गर्न यहि मंगलबार, २४ नोभेम्बर २०१५ मा स्विट्जरल्याण्डमा एक कार्यक्रम आयोजना हुदैछ। उक्त कार्यक्रममा कुमार पन्त लागयत युरोप क्षेत्रका एनआरएनए का अभियन्ताहरु र बिभिन्न उच्च पदाधिकारीहरुको उपस्थिति रहने राष्ट्रिय समन्वय परिषद, स्विट्जरल्याण्ड द्वारा प्रकाशित सुचनामा जनाईएको छ।

कुमार पन्तको अनुरोधको पूर्ण पाठः  

सम्पूर्णसाथीहरु,हार्दिकनमस्कार।

गैरआवासिय नेपाली संघको सातौं विश्व सम्मेलन पश्चात हामी पुनः संस्थागत कृयाकलापमा लागि सेकका छौं । नेपालमा नयाँ संविधान घोषणा पश्चात राजनैतिक स्थिरता र दिगो शान्ति कायम रही मुलुक आर्थीक विकासतर्फ अग्रसर रहनेछ भन्ने हामी सबैले अपेक्षा गरेका थियौं । तर दुर्भाग्यवश देश दिन प्रतिदिन झन् कठिन मोडबाट गुज्रदै गइरहेको छ ।

यसै सन्दर्भमा हाम्रो छिमेकी राष्ट्रद्वारा अघोषित रुपमा दैनिक उपभोगका अत्यावश्यक सामाग्रीहरुको आयातमा गरिएको अवरोधले नेपाली जनजीवन कष्ठपूर्ण बनेको छ। हामी नेपालीहरु ईतिहासको संगीन घडीमा उभिएका छौं । हामी हाम्रा महान पर्वहरु विजया दशमी, तिहार र छठ अन्धकारमा मनाउन बाध्य भयौं । लाखौँ बाल-बालिकाहरु बिद्यालय जानबाट बन्चित भएका छन् । त्यसैगरी आपतकालिन उपचारका लागि अत्यावश्यक औषधिहरुको नेपालमा आपुर्ति नभई रहेको र केहि दिनमा नै जीवन रक्षाका लागि आवश्यक औषधीहरुको स्टक अस्पतालहरुमा सकिने जानकारी गैरआवासिय नेपाली संघलाई प्राप्त भएको छ । आपतकालिन उपचारका लागि चाहिने अत्याबस्यक औषधिहरुको अभावमा मानविय संकट उत्पन्न हुने सम्भावना रहेको छ। नेपाल र नेपालीहरुले भोग्नु परेको यस्तो विकराल समस्याबाट गैरआवासिय नेपालीहरु पनि निरपेक्ष रहन सक्दैनौं । आजको परिस्थितिमा हाम्रा दाजु-भाई, दिदी-बहिनीहरुलाई सहयोग गर्नु हाम्रो मानवीय कर्तब्य पनि हो ! यसैलाई मध्यनजर गर्दै गैरआवासिय नेपाली संघ, अर्न्तराष्ट्रिय समन्वय परिषदको मिति १५ नोभेम्बर २०१५ मा बसेको बैठकले नेपालका अस्पतालहरुलाई आपतकालिन उपचारहरुका लागि अत्यावश्यक औषधिहरु उपलव्ध गराउने उदेश्यका साथ घटीमा १० करोड नेपाली रुपैयाँ संकलन गर्ने निर्णय गरेको जानकारी गराउन चाहन्छु ।

गैरआवासिय नेपाली संघको नेतृत्वले नेपाल सरकार, गैरसरकारी क्षेत्र र सम्बन्धित क्षेत्रका विज्ञहरुसंग विध्यमान समस्याको प्रभावकारी समाधानका लागि वार्ता गरेको छ  यसै सन्दर्भमा अत्यावस्यक औषधिहरुको तत्काल आपूर्तिका लागी गैरआवासिय नेपाली संघले यथाशक्य कम्तिमा दश करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोले अर्थ संकलन अभियानमा सक्रिय भई सहयोग गरि दिनु हुन सबै राष्ट्रिय समन्वय परिषदहरुलाई हार्दिक अनुरोध गर्दछु । युरोप क्षेत्रीय संयोजक कुल आचार्यज्युसंग परामर्श गरि अर्थ संकलनका लागि यथाशिघ्र कार्यक्रम तर्जुमा गर्न र कार्यक्रम गरिने मिति र स्थान समेत जानकारी गराउनु हुन अनुरोध गर्दछु ।अर्थ संकलन कार्यक्रममा म लगायत गैरआवासीय नेपाली संघका पधाधिकारी साथीहरु को उपस्थित रहने व्यहोरा समेत जानकारी गराउदछु !    

म यस राहत संकलन अभियानको युरोप क्षेत्र प्रमुख र संघको उपाध्यक्षका हैसियतले यस क्षेत्रका सम्पूर्ण राष्ट्रिय समन्वय समितिहरु, आइसिसी सदस्यज्यूहरु र संघका पदाधिकारी साथीहरुलाई यस परोपकारी कार्यमा सरिक भई दिनु हुन गर्दछु । तपाई हाम्रो सानो सहयोगले हाम्रो मातृभूमिमा असंख्य दाजु-भाई दिदी – बहिनीहरुको जीवन रक्षा गर्नेछ ।

तपाईहरुको सहयोग र सुझाबको अपेक्षा सहित,

कुमार पन्त

उपाध्यक्ष, गैरआवासिय नेपाली संघ, अर्न्तराष्ट्रिय समन्वय परिषद

संयोजक, अत्यावश्यक औषधिका लागि अर्थ संकलन अभियान, युरोप

Share.

Leave A Reply