२१ वैशाख २०८१

युरोप संयोजक कुल आचार्य स्पेनका २ ठूला कार्यक्रममा सहभागी

0

भोला लामिछाने ,यूरोप । बेलायत निवासी भर्खरै निर्बिरोध निर्बाचित गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद यूरोप क्षेत्रका सयोजक कुल आचार्यले आफ्नो कार्यकालको दोश्रो हप्ता नबित्दै आफ्नो नया कार्यकालको पहिलो औपचारिक कार्यक्रम  गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको आयोजनामा बार्सिलोनामा आयोजित दिपावली कप फूटबल  प्रतियोगिता  तथा लगत्तै बार्सिलोनामा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको कार्यालय स्थापनाको उद्घाटन समेत गरे। 

एन आर एन ए स्पेनको आयोजनामा आयोजित दीपावली कप फूटबल प्रतियोगिताको उद्घाटन गर्दै आचार्यले प्रमुख अथितिको रुपमा बोलाएर रमणीय शहर तथा फूटबलको शहर बार्सिलोनामा  बोलाएर आफु भाग लिन पाउदा साथै  स्पेनबासी गैर आवसीय नेपालीहरु सग आत्मियता साटासाट गर्ने मौका दिलाई दिनु भएकोमा एन आर एन स्पेन लगायत सबै स्पेन बासी नेपालीहरुमा आफु आभारी रहेको बताए। यसै गरि एन आर एन स्पेन का पधाधिकारीहरु , स्पेन स्थित सम्पूर्ण संघ सस्थामा आबद्ध व्यक्ति हरु   , ब्यबसायी , कलाकार, सामाजिक ,क्षेत्रिय जातीय संघ सस्थाहरु , पत्रकार लगायत गैर आबसिय नेपाली संघका वर्तमान  अध्यक्ष शेष घले देखि सबैको सहयोग प्राप्त गरि संघले बार्सिलोनामा  आफ्नै कार्यालय स्थापना गर्न सफल भएकोमा र आज आएर आफुले उद्घाटन गर्न पाउदा गौरब महसुश गरेको सयोजक आचार्य ले बताए साथै स्पेनमा आफुले स्पेनबासी नेपालीहरु आपसी  एकता भएको पाएको बताए र यो एकताले नै निकट भविस्य मै स्पेनमा भएका नेपालीहरुले बोग्नुपरेका बिबिध खाले समस्या हरु समाधान हुने कुरा समेत बताए। स्पेन बासी नेपालीहरुले पहिले देखि उठाउदै आएको स्पेनमा नेपाली  राजदुताबासको मागलाइ संघका  विभिन्न खाले कार्यक्रमहरुमा  घोषणा गरि उठाउदै आएको र देशमा संबिधान बनि सकेको अबस्थामा छिट्टै नै नेपाल सरकार ले दुताबास स्थापना गर्ने आशा लिएको बताउदै आफुले यूरोप सयोजक को हैसियत ले यो बिसयमा भरमग्दुर सहयोग गर्ने समेत बताए। 

एन आर एन स्पेनको कार्यालय उद्घाटनमा एन आर एन ए आइ सी सी सदस्य एक राज गिरि ,एन आर एन ए स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङ , लगायत स्पेन स्तिथ विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले सयोजक भए पश्यात पहिलो कार्यक्रममा निमंत्रणालाई स्वीकार गरि आएर एन अर एन ए स्पेनको आफ्नै भवन उद्घाटन गर्न पाउदा अत्यन्तै खुसि भएको साथै हुने बिरुवाको चिल्लो पात भने झैँ सयोजक आचार्यको पहिलो कार्यक्रम बाट नै आगामी दिनहरुमा अझ सफलताको बाटोहरु खुलेको समेत कतिपय सहभागीहरु ले बताएका थिए।

12186308_1522807548040054_6901758029523646569_o 12186303_539432979565609_4267738203706289610_o

Share.

Leave A Reply