२२ वैशाख २०८१

एनआरएनए अध्यक्ष पदमा तिन जनाको उम्मेद्वारी

0

आश्विन २७, काठमाण्डौं। गैर-आवासिय नेपाली संघको अध्यक्ष पदका लागि तीन जनाले उम्मेद्‌वारी दिएको छ। वर्तमान अध्यक्ष शेष घले, टिबी कार्की र रतन झाले उम्मेद्‌वारी दिएको छ।

उपाध्यक्ष पदमा ६ जना भवन भट्ट, कुमार पन्त, खगेन्द्र जिसी, लक्ष्य बहादुर गुरुङ, नरेन्द्र बहादुर भाट र शम्शेरसिंह थापा , महासचिव पदमा ४ जना बद्री केसी, पुष्प तिमिल्सिना, पुष्प थापा र रन्जु थापा, सचिव पदमा ४ जना अर्जुनकुमार श्रेष्ठ, सुरेन्द्रप्रसाद श्रेष्ठ, धरम बहादुर केसी र गणेश केसी र कोषाध्यक्ष पदमा ५ जना हिक्मत थापा, चिरन्जिवी थापा, भैरवप्रसाद ढकाल, राजेन्द्र सिवाकोटी र यमकुमार गुरुङको प्रतिस्पर्धा हुने भएको छ।

उम्मेद्‌वारी दर्ता गर्ने अन्तिम समय आज बिहान ९ बजे सम्मका लागि तोकिएको थियो भने उम्मेद्‌वारी फिर्ताको लागि भने आज साँझ सम्मका लागि तोकिएको छ। भोलि निर्वाचन हुने भएको छ। गैर-आवासिय नेपाली संघको सम्मेलन काठमाण्डौंको सोल्टी होटलमा चलिरहेको छ।

Share.

Leave A Reply