२४ वैशाख २०८१

प्रधानमन्त्रीमा केपी ओली निर्वाचित

0

२४ असोज, काठमाडौं। व्यवस्थापिका संसदमा आइतबार भएको निर्वाचनले बहुमतका आधारमा नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। प्रधानमन्त्रीको निर्वाचनमा एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति एवं वर्तमान प्रधानमन्त्री सुशील कोइरालालाई पराजित गर्दै प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।

एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकसहितको समर्थनमा उनले ३३८ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस सभापति एवं वर्तमान प्रधानमन्त्री सुशील कोइरालाले २४९ मत पाएका छन्। व्यवस्थापिका संसदमा मतदानका लागि ५८७ सभासद सहभागी भएका थिए।

Share.

Leave A Reply