१९ वैशाख २०८१

यूरोपमा रहेका संपुर्ण प्रगतिशिल संगठनहरु द्वारा संबिधान २०७२ प्रति हार्दिक स्वागत

0

२००७ सालको वरीपोरीबाट परिवर्तनकारी नेपाली जनताहरुले नेपालीहरुको अधिकारलाई नेपालीहरुलेनै निर्धारण गर्नु पर्छ भन्दै संघर्ष गर्दै गर्दा तत्कालीन निरुकुंस राजतन्त्रको कुटील चालले संबिधानसभाबाट प्राप्त गर्ने अधिकारलाई राजमाहाराजाहरुको निगाहामा मात्र पाउने ब्यवस्था गराईयो । लगभग २०१५ देखी २०५७ सम्म आईपुग्दा नेपालका मुख्य भनेका कुनै पनि राजनैतिक दलले संबिधानसभालाई पार्टीको मुख्य एजेण्डामा समेट्न सकेका थिएनन । यस बिचमा नेपालमा राजनितीकरुपले ठुला ठुला परिवर्तनहरु भएका पनि थिए तर ति परिवर्तनहरु पनि निरुकुंस राजतन्त्रकै निगाहा र तिनकै वरीपरि घुमेको स्पष्ट हुन्छ । संबिधानसभालाई निस्तेज पार्न २००७ देखी २००१५ सम्म नेपालका दलहरुलाई बिभाजन गर्ने र कम्जोर पार्नेमा निरुकुंस राजतन्त्र सकृय रहेको स्पष्ट हुन्छ । यसरी गर्वमानै हत्या हुन पुगेको नेपालको संबिधानसभाको मागलाई एकिकृत नेकपा माओबादीले २०५७ सालको दोश्रो महाअधिवेसन मार्फत प्रमुख कार्यनिती बनाई अगाडी सार्यो । जुन कार्यनितीलाई नेपालका संपुर्ण राजनितीक दल नेपाली समाज र पुरै नेपालनै यहि कार्यनितीको वरीपोरी केन्द्रित बन्न पुग्यो । संबिधानसभाको कार्यनितीलाई नेकपा माओबादीको नेतृत्व क. प्रचण्डले नेपाली समाजको अन्तरबिरोधलाई हल गर्न सक्छ भनी अगाडी सार्नुले नेतृत्वमा हुनुपर्ने दुरदृष्टी अहिले आएर पुष्टी भएकोमा हामी एकिकृत माओबादीका नेतृत्व क. प्रचण्ड लागएत संपुर्ण नेतागणहरुमा रातो सलाम गर्दछौं । संबिधानसभाको कार्यनितीलाई सफल पार्न हजारौ बिर बिरगंना नेपालीहरुले बिरतापुर्वक लडेर बिरगती प्राप्त गरी शहिद हुनु भयो । साथै हजारौंको सख्यामा बेपत्ता हुनुभयो र अहिले पनि हजारौंको सख्यांमा घाईते हुनुहुन्छ । हामी प्रवासमा रहेका प्रगतिशिल नेपालीहरु ति माहान सहिद, बेपत्ता र घाईते प्रति जुझारु हात उठाई रातो सलाम गर्दैं प्राप्त उपलब्धिको रक्षा र बाकी उपलब्धिहरुकालागी लड्ने प्रण गर्दै सहिद, बेपत्ता र घाईतेहरुको सपनालाई पुरा गर्न कटिवद्ध रहने प्रतिवद्धता गर्दछौं । पहिलो सबिधानसभाको निर्वाचन पछि नेकपा माओबादीले अगाडी सार्दै आएको बिषयलाई अधिकतम लागु गर्ने प्रयात्नको वावजुद पहिलो संबिधानसभा बिघटन बन्न पुग्यो । दोश्रो संबिधानसभाको चुनावमा परिवर्तनकारी शक्तिहरुको मत कम्जोर बन्न पुग्यो । कम्जोर सक्तिको बावजुदपनि नेपाललाई धर्मनिरपेक्ष, गणतन्त्र,संघियता र सामुनुपातीक जस्ता महत्वपुर्ण बिषयलाई नेपालको संबिधानको प्रस्तावनामा राख्नुले फेरी पनि नेपालको राजनिती एकिकृत नेकपा माओवादी र त्यसको नेतृत्व प्रचण्डको वरीपोरीनै घुमेको रहेछ भन्ने अहिले पुष्टी भएको छ । संबिधानमा नेपाली जनताको अधिकारहरुलाई अझै पनि थुप्रै बिषयहरुमा कुण्ठित गरिएको बिषयमा हामी जानकारनै छौं । अहिलोको संबिधानबाट प्राप्त उपलब्धिमा टेकेरे हुने मुक्तिकामी आन्दोलनमा हामी प्रवासमा रहेका प्रगतीशिल नेपालीहरुको साथ रहिरहने छ भन्ने बिश्वास समेत दिन चाहान्छौं । अवको आन्दोलन पुजिबादी क्रान्तिका बाकी कार्याभार पुरा गर्दै समाजबादी आन्दोलनतर्फ अगाडी बढ्ने छ भन्नेमा हामीलाई दह्रो बिश्वास छ । नेपालका राजनितीक दलहरुका आगामी कार्यनितीहरु यिनै बिषयमा केन्द्रित रहेर निर्माण गरेममा मात्र नेपाली जनताको मुक्ति संधव छ भन्ने हाम्रो सुझाव समेत दिन चाहान्छौं । साथै अहिले नेपालको बिभिन्न भागमा चलिरहेको आन्दोलनको उचित मागलाई नेपालको सरकारले संबोधन गरी संपुर्ण नेपालीहरुले अपन्त्वो हुनेमा नेपाल सरकारलाई गंभिर ध्यानकार्षण गर्दछौं । हामी प्रवासमा रहेका नेपालीहरुकोलागी राजनैतिक अधिकार बिनाको नागरीता प्राप्त गर्ने बिषयलाई पनि हामी थोरै उपलब्धिकारुपमा लिएका छौं । प्रवासी नेपालीहरुलाई राजनितीक अधिकार सहितको नागरीकताकोलागी हाम्रो माग हो हामी राजनितीक अधिकारसहितको नागरीकता निरन्तरताकोलागी हाम्रो सघंर्ष जारी रहने छ । अन्तमा यहि तिन भाद्रमा नेपालको संबिधान २०७२ मा नेपालको ईतिहासमा नेपाली जनताले आफैले आप्mनो अधिकार लेख्ने जस्तो महत्वपुर्ण बिषयलाई सफलतापुर्वक संपन्न गरेका छन । हामी प्रवासमा रहेका प्रगतिशिल नेपालीहरु नेपालको संबिधान २०७२लाई हार्दिक स्वागत गर्दै नेपाल सरकारका प्रधानमन्त्रि, मन्त्रि परिषद प्रमुख प्रतिपक्ष दलका प्रमुख नेता, सभामुख, पहिलो तथा दोश्रो संबिधानसभाका संपुर्ण सदस्यहरु लाई धन्यवाद दिन चाहान्छौं । संबिधानको लामो प्रर्खाईमा लामो समय धैर्यधारणा गरेर बस्ने देस तथा बिदेसमा हुनु भएको संपुर्ण नेपाली जनताहरुमा नयां संबिधान २०७२ प्राप्ती प्रति हार्दिक सुभकामना दिन चाहान्छौ । धन्यवाद सुरेन्द्र भुसाल अध्यक्ष संयूक्त नेपाली मोर्चा, यूरोप अचुत प्रसाद फुयाल अध्यक्ष नेपाली ऐक्यबद्धतामंच स्विट्जरल्याण्ड डा. किष्ण अर्याल अध्यक्ष नेपाली जनप्रगतिशील मंच, नर्वे चित्र सुवेदी अध्यक्ष नेपाली जनप्रगतिशील मंच, वेल्जियम कृष्ण तिवारी अध्यक्ष नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, वेल्जियम गम बहादुर गुरुङ्ग संयोजक तमु राष्ट्रिय मुतिm मोर्चा , युरोप विरमान घर्तिमगर अध्यक्ष मगरात राष्ट्रिय मुतिm मोर्चा , युरोप ईन्दिरा पौडेल का. अध्यक्ष नेपाली प्रगतिशील महिला मंच, वेल्जियम मनिष गुरुङ्ग संयोजक नेपाली जनजाति सरोकार मंच, वेल्जियम गणेस ढकाल अध्यक्ष नेपाली जनप्रगतिशील मंच, डेनमार्क देबी गौतम अध्यक्ष नेपाली प्रगतिशील महिला मंच, डेनमार्क रामशरण ढकाल अध्यक्ष नेपाली जनप्रगतिशील मंच, स्वीडेन दलराम तामागं संयोजक नेपाली जनप्रगतिशील मंच, आईरल्याण्ड सुरेस गौतम संयोजक नेपाली समाज यूके मान गुरु¨ संयोजक तमु राष्ट्रिय मुतिm मोचा,बेलायत अरुण मगर संयोजक मगर राष्ट्रिय मुतिm मोर्चा, बेलायत दिलाराम चापांगाई अध्यक्ष नेपाली जनप्रगतिशील मंच, पर्चुगल गोबिन्द प्रसाद भण्डारी अध्यक्ष नेपाली जनप्रगतिशील मंच, ईटाली गंगा भुषाल अध्यक्ष नेपाली जनप्रगतिशील मंच, स्पेन धनेश घले अध्यक्ष नेपाली जनप्रगतिशील मंच, फ्रान्स रामचन्द्र पोख्रेल अध्यक्ष नेपाली जनप्रगतिशील मंच, नेदरल्याण्ड सागर पोख्रेल अध्यक्ष नेपाली जनप्रगतिशील मंच, जर्मनी

Share.

Leave A Reply