१७ वैशाख २०८१

एनआरएन बेल्जियमको बरबुझारथ तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न

0

बिष्णु सापकोटा, १५ सेप्टेम्वर २०१५, बेल्जियम। गैर आवासीय नेपाली संघ बेल्जियम को बरबुझारथ तथा पदभारग्रहण तथा हस्तान्तरण कार्यक्रम गैर आवासीय नेपाली संघ बेल्जियमका निबर्तमान अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदका यूरोप संयोजक अर्जुन कुमार श्रेष्ठले आफ्नो आसन बाट बोल्दै गैर आवासीय नेपाली संघ बेल्जियमले गर्ने कार्यहरुमा सहभागी हुदै आएको र  आगामी कार्यहरुमा पनि सहयोग रहिरहने बताउनुको साथै नया कार्यसमितिलाई शुभकामना दिएका थिए । यसै गरि गैर आवासीय नेपाली संघ बेल्जियमका  नवनिर्वाचित अध्यक्ष गंगाधर गौतमले गैर आवासीय नेपाली संघ बेल्जियमले आगामी दिनहरुमा बेल्जियममा रहेका नेपालीहरु लगाएत बिभिन्न नेपाली  संघ-सस्था हरु संग हातेमालो गर्दै नेपाल र नेपालीका लागी रचनात्मक कार्य गर्ने बताएका थिए साथै बेल्जियमका गैर आवासीय नेपालीहरुका हरेक साझा सवालहरुको पक्षमा कार्य गर्न कटिबद्ध रहने समेत जनाएका थिए ।

यसै गरि आई सी सी सदस्य द्वय शिव कुमार बरुवाल, जानकी गुरुङ, नेपाली जनसम्पर्क समितिका शुभाष जोशी, जनप्रगतिशील मंच यूरोपका सुरेन्द्र भुषाल लगाएत अन्य महानुभावहरुले नया कार्यसमिति लाई बधाई तथा शुभकामना दिएका थिए ।

गैर आवासीय नेपाली संघ बेल्जियमका २०१३-१५ निर्वाचन संयोजक बोधराज पौड्यालले निर्वाचनमा सहयोग गर्नु हुने महानुभावलाई धन्यबाद दिदै सम्पूर्ण नवनिर्वाचित पदाधिकारी हरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । साथै एनआरएन ए बेल्जियमका निबर्तमान कोषाध्यक्ष नरहरी सापकोटाले निर्वाचित कोषाध्यक्ष श्रीमती आङ माया लामालाई सस्थाको सम्पूर्ण आर्थिक बिवरण समेत हस्तान्तरण गरेका थिए ।  निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई प्रमुख अतिथि अर्जुन कुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ दिलाएका थिए । कार्यक्रमको संचालन निबर्तमान महासचिव माधव सापकोटाले गरेका थिए ।

IMG_2377 IMG_2389 IMG_2408

Share.

Leave A Reply