२१ वैशाख २०८१

गैर-आवासिय नेपाली संघ, अर्न्तराष्ट्रिय समन्वय परिषदको निर्वाचन सम्बनधमा जानकारी र सूचना

0

गैर-आवासिय नेपाली संघ, अर्न्तराष्ट्रिय समन्वय परिषदको आगामी अक्टोबर महिनामा नेपालमा हुन गईरहेको परिषदको निर्वाचनको सम्बन्धमा निम्न लिखित निर्णयहरु र संघ संग सम्बन्धित जानकारी सूचना नेपालस्वीस डट् कम लाई प्राप्त भएको छ। उक्त परिषदका निर्वाचन समितिका सदस्य हेम राज शर्मा द्वारा प्राप्त जानकारी र सूचना जस्ताको तस्तै प्रकाशित गरिएको छ।
प्राप्त जानकारी र सूचनाको पूर्ण पाठ:

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद
निर्वाचन समिती- २०१५

पहिलो परिपत्र (first circulation) – सूचना

गैरआवासीय नेपाली संघको निर्वाचन समितिको मिति २७ अगष्ट २०१५ र ५ सेप्टेम्बर २०१५ तद्अनुसार मिति २०७२।५।१० गते र ५।१८ गतेका दिन बसेको बैठकबाट आगामी अक्टोवर महिनामा हुन गइरहेको अन्तर्रष्ट्रिय समन्वय परिषदकोनिर्वाचनको सम्वन्धमा निम्न लिखित निर्णयहरु गरिएकोले यस संघसंग सम्बन्धित सबैको जानकारीको लागि यो सूचना मार्फत सूचित गरिएको छ ।

१) निर्वाचन आचारसंहिता
गैरआवासीय नेपाली संघको निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र विश्वासनीय बनाउनका लागि निर्वाचन समितिले निर्वाचन आचारसंहिता जारी गरेको छ। जुन यसै साथ संलग्न गरिएको छ ।

२) महाधिवेशन प्रतिनिधि (मतदाता)कोयोग्यता
निम्न मापदण्ड पुगेका प्रतिनिधीलाई मात्र निर्वाचनमा मतदानको अधिकार हुनेछ:
• संघको विधानको धारा ५.१ मा उल्लेख भएबमोजिम गैरआवासीय नेपालीको हैसियत कायम भएको हुनुपर्नेछ ।
• राष्ट्रिय समन्वय परिषदले सचिवालयमा पठाएको पञ्जिकृत सदस्यहरुको नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ ।
• विधानको धारा १३.८अनुसार राष्ट्रिय समन्वय परिषदबाट महाधिवेशन प्रतिनिधीको लागी सिफारीस भएको हुनुपर्नेछ।
• राष्ट्रिय समन्वय परिषदले बुझाउनु पर्ने पञ्जीकृत सदस्यता शुल्क संघको सचिवालयमा दाखिला गरि सकेको हुनुपर्नेछ ।
• विश्व सम्मेलनका लागी बुझाउनु पर्ने दर्ता शुल्क अन्तरराष्टिय समन्वय परिषदले तोकेको मिति भित्र तिरी सचिवालयमा नाम दर्ता गराएको हुनुपर्नेछ ।
• विधानको धारा ५.१ अनुसार गैरआवासीय नेपालीको हैसियत प्रमाणित गर्ने कागजात पेश गरेको हुनुपर्नेछ (थप जानकारीको लागी हेर्नुस बुँदा नं.३) ।

३) मतदाताको प्रमाणिकरण
सम्मेलनमा सहभागी हुनआउने प्रतिनिधिहरुले विधानको धारा ५.१ अनुसार आफ्नो गैरआवासीय नेपालीको हैसियत प्रमाणित गर्न आफ्नो वहालवाला राहदानी र सम्बन्धित देशको प्रवेशाज्ञा वा स्थायी बसोबासको सक्कल कागजात अनिवार्य रुपमा पेश गर्नु पर्ने छ। यी कागगात प्रतिनिधी दर्ता गराउने समयमा समेत पेश गर्नु पर्नेछ।

४) मतदाता परिचयपत्र
बुदाँ नं.२ अनुसार योग्यता पुगी बुँदा नं.३ अनुसार प्रमाणिकरण भएका मतदातालाई बारकोड सहितको मतदाता परिचयपत्र (पर्यवेक्षकको परिचयपत्र भन्दा भिन्न रङको) जारी गरिने छ। मतदानको समयमा यो परिचयपत्र र सक्कली राहदानी लिएर उपस्थित हुनु पर्नेछ।

५) महाधिवेशन प्रतिनिधीको सँख्या
विधानको धारा १३.८ अनुसार पञ्जीकृत सदस्यता संख्याको १० जना बरावर थप १ को अनुपातमा हुने गरि बढीमा १०० जनाको थप १० जना निर्वाचन प्रतिनिधिहरुको नामावली राष्ट्रिय समन्वय परिषदले संघको सचिवालयमा पठाउनु पर्नेछ (अन्तर्राष्ट्रिय समन्वय परिषदले तोकेको मिति भित्र)। यसरी प्रतिनिधी सँख्याको १० प्रतिशत वैकल्पिक प्रतिनिधीहरु समावेशमा गर्न सकिने छ। राष्ट्रिय समन्वय परिषद्ले प्रतिनिधीको छनोँटराष्ट्रिय महाधिवेशन नियमावलीको दफा ६.२ अनुसार हुनेछ। प्रारम्भिक प्रतिनिधिहरुले दर्ता शुल्क तिरी आफ्नो नाम दर्ता गराएनन भने उल्लेखित थप प्रतिनिधीले समावेश भएको क्रमसंख्या अनुसार वैकल्पिक प्रतिनिधीले निर्वाचनमा भाग लिन पाउने छन्।तर विधानको धारा १३.७ मा बहालबाला अन्तरर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारी एवं सदस्यहरुलाई मतदान अधिकार सहित संघको अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिने हक स्वतः प्राप्त हुनेछ। यस्ता पदाधिकारीहरुकोमाथी सूचना नं.२ अनुसार योग्यता पुगेको हुनु पर्नेछ।

६) अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्यका र पदाधिकारीको योग्यता
६.१ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्यका लागि निम्न योग्यता पुरा भएको हुनुपर्ने छ:
• विधानको धारा १७.५ बमोजिम उमेदवार बन्न योग्यता पुरा भएको हुनुपर्ने छ ।
• विधानको धारा१३.८बमोजिम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएको हुनुपर्ने छ ।
• विधानको धारा१३.८ बमोजिम चयन भई अन्तराष्ट्रिय महाधिवेशनमा अनिबार्य उपस्थित भएको हुनुपर्ने छ ।
• सदस्यता सहयोग शुल्क वापत तिर्नुपर्ने ५०० अमेरिकी डलर अन्तराष्ट्रिय अबिधेशन पूर्व भुक्तानी गरि सकेको हुनुपर्ने छ।

६.२ अन्तर्रष्ट्रिय समन्वय परिषदको पदाधिकारी पदको उम्मेदवार बन्न संघको विधानको धारा १७.५ र सो बमोजिमको उपधारा अनुसारको योग्यता पुरा भएको हुनुपर्ने छ ।

७) उम्मेदवारी दर्ता गर्दा चाहिने कागजात
विधानको धारा २१ बमोजिम निर्वाचनमा भाग लिने उम्मेदवारहरुले विदेशमा २ वर्ष वा सोभन्दा बढी अवधी बसेको प्रमाणित हुने कागजात (राहदानी र प्रवेषाज्ञा) मनोनयन फारमकासाथ पेश गर्नुपर्नेछ।निर्वाचन सम्बन्धी नियमावलीको नियम ६.६ अनुसार उम्मेदवार कुनै राजनैतिक, जातिय वा धार्मिक सँस्थाको कार्यकारी समितिको पदाधिकारी वा सदस्य पद धारण गरेको भए सो पद त्याग गरेको प्रमाण (राजिनामा र स्वीकृत) गरेको प्रमाण तथा सोही नियममा उल्लेखित आचारसंहिताको पालना गर्ने प्रतिवद्दता पत्र समेत पेश गर्नुपर्ने छ। राष्ट्रिय समन्वय परिषदबाट निर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यहरुले पनि यी कागजातका साथ आफ्नो नाम दर्ता गराउनु पर्नेछ।

८) उम्मेदवार मनोनयन पत्र दर्ता शूल्क
संघको निर्बाचन सम्बन्धि नियमावली २०१३ को नियम ७.३ ले दिएको अधिकार प्रयोग गरि अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको निर्णय सहीतको सिफारीसमा निर्वाचन समितीले देहाय बमोजिमउमेद्वारको मनोनयन शुल्क निर्धारण गरेको छ:

अध्यक्ष अमेरिकी डलर ३०००
उपाध्यक्ष तथा महासचिव अमेरिकी डलर २५००
सचिव तथा कोषाध्यक्ष अमेरिकी डलर २०००
महिला, यूवा तथा क्षेत्रिय संयोजक अमेरिकी डलर १५००
महिला, यूवा तथा क्षेत्रिय उपसंयोजक अमेरिकी डलर १०००

अन्तर्राष्ट्रिय समन्वय परिषद्को कुनैपनि कार्यकालको शूल्क नबुझाएका उम्मेद्वारहरुले पहिलेको बाँकी शूल्क नबुझाएमा वा योग्यता पुगेको नदिखएमा यस्ता उमेदवारको उम्मेदवारीबदर गरिने छ ।

९) निर्वाचन कार्यक्रम
निर्वाचन सम्वन्धी कार्यक्रमको विस्तृत विवरण, मतदान नियमावली र निर्वाचन सम्वन्धी अन्य जानकारी अर्को सूचनामा प्रकाशित गरिनेछ।

११ सेप्टेम्वर २०१५ तद्अनुसार मिति २०७२ साल भाद्र २५ गते शुक्रबार
(समाप्त)

Share.

Leave A Reply