२४ वैशाख २०८१

ईन्द्रधनुष क्लव बेल्जियमको तीज कार्यक्रम भब्य रुपमा सम्पन्न

0

बिष्णु सापकोटा, १४ सेप्टेम्वर २०१५, बेल्जियम । ईन्द्रधनुष क्लव बेल्जियम द्वारा गत शनिबारका दिन लुभेनको केशेलो शहरमा आयोजित नेपाली नारीहरुको महान पर्व हरितालिका तीज कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

क्लवका अध्यक्ष सुर्य ढकाल अध्यक्षतामा शुरु भएको पहिलो चरणको औपचारिक कार्यक्रममा एनआरएन ए बेल्जियमका नवनिर्वाचित अध्यक्ष गंगाधर गौतम कार्यक्रमका प्रमुख अतिथि रहेका थिए भने अन्य अतिथिहरुमा आईसी सदस्य जानकी गुरुङ, बेल्जियमा तीज कार्यक्रम सस्थापक  संयोजिका रहनु भएकी सीता सापकोटा, क्षेत्री समाजका अध्यक्ष मोहन खत्री, सांग्रीला सामाजका अध्यक्ष खडक के सी, एनआरएन ए बेल्जियमका नवनिर्वाचित आईसी सदस्य नेत्र मगर, महासचिव लोक दाहाल, कोषाध्यक्ष आङ माया लामा, आक्ली फ्लान्दारें का फोर्जितर फर्नान्डो लागएत बेल्जियमका बिभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु नेपाली महिला दिदीबहिनीहरु, बेल्जियक नागरिकहरु साथै करिव पाच सयको संख्यामा उपस्थिति रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष गंगाधर गौतमले ईन्द्र्धनुष क्लवले आफ्नो स्थापनाकाल देखिनै आफ्नो बिबिध कार्यक्रमहरु गर्दै आएको र बिगत १२ बर्ष देखि बेल्जियममा नेपाली दिदीबहिनीहरुलाई तीजमा माईतिको घरको सम्झना दिलाउदै आएकोमा प्रसंशा गर्दै यस्ता बिबिध नेपाल र नेपालीको सास्कृतिक झल्कने कार्यहरुको एनआरएन बेल्जियमले हातेमालो गर्न आफू शशक्त भएर लाग्ने र यस लाई अझै बिस्तृत रुपमा लैजान आफ्नो सदैव सहयोग रहने बताए भने मन्तब्यकै क्रममा ईन्द्रधनुष क्लव संगै आफूले बेल्जियममा तीज कार्यक्रमको शुरुवाद गरेको र हाल सम्म निरन्तरता दिदै ईन्द्र्धनुष क्लव तीज मा माईतिको आगन बनिरहेकोमा गर्व गर्दै सदैव आफ्नो सहयोग र सद्भाव रहने कुरा व्यक्त गर्नुका साथै  सबैलाई  तीजको शुभकामना दिएकी थिइन् । सांग्रीला समाज बेल्जियमका अध्यक्ष खडक केसी ले क्षेत्री समाज बेल्जियम बिगत पाच बर्ष देखि ईन्द्रधनुष क्लवको आयोजनामा सहआयोजक रही नेपाली दिदीबहिनीहरुकोलाई दर ख्वाउदै आएको र अहिले आएर सांग्रिला समाज को समेत सहकार्य रहेकोले सबै मिलेर नेपालीहरुको यस्ता खले कार्यक्रमा सहयोग रही रहने बताउदै सबैलाई तीजको शुभकामना दिएका थिए  ।

क्लवका अध्यक्ष तथा प्रमुख अतिथि बाट पानसमा बत्तिबाली उद्घाटन भएको कार्यक्रममा सम्पूर्ण अतिथि तथा उपस्थित महानुभावहरुलाई आफ्नो मन्तब्य द्वारा कार्यक्रम संयोजिका तथा उपाध्यक्ष यसोदा थापाले  स्वागत गरेकी थिइन् साथै श्रीमती आस्था हमाल, शान्ति भट्टराई, जानु नेपाल, कबिता थपलिया, पुनम शर्मा ले स्वागत गीतबाट समेत स्वागत गरेका थिए ।

कार्यक्रमको दोश्रो चरण अन्तर्गत प्रमुख आकर्षकको रुपमा रहेकी नेपालकी ख्याती प्राप्त गायीका  कोमल ओलीको सुमधुर स्वर अन्तर्गत बिभिन्न तीजका गीतहरुबाट उपस्थित दिदीबहिनीहरुले नाचगान सहित भरपुर मनोरंजन लिएका थिए । करिव पाच सय दिदिबहिनीहरुको उपस्थिति भएको कार्यक्रममा सम्पूर्ण उपस्थिति दिदीबहिनीहरुले कार्यक्रमको प्रशंशा गर्दै बास्तबमै नेपालको माईति घरको तिर सम्झना मेटाई  दिएकोमा आयोजक लाई बिशेस धन्यबाद दिएका थिए । दोश्रो चरणमा रहेको कोमल ओलीको कार्यक्रम अन्तर्गत मोनालिशा पोख्रेल र निकिता सापकोटा ले तीजको गीतमा नृत्य गरेका थिए भने क्लवका सस्थापक अध्यक्ष मीन्ड गुरुङ ले शिवजी को भेष धारण तथा उत्कर्ष अर्यालले गणेशजीको भूमिकामा प्रस्तुत भई कोमल ओलीको गीतमा नृत्य संगै कार्यक्रमा आकर्षक थपेका थिए ।

उक्त कार्यक्रममा क्षेत्री समाज बेल्जियम र सांग्रीला समाजको सयूक्त आयोजनामा सम्पूर्ण दिदीबहिनीहरुलाई  दर ख्वाएका थिए भने स्वादिष्ट दर ख्वाएकोमा उपस्थित दिदीबहिनीहरु लगाएत अन्य महानुभावहरुले क्षेत्री समाज र सांग्रीला समाजलाई बेशेष धन्यबाद दिएका थिए।

कार्यक्रमा सम्पूर्ण हलभाडा तथा सहयोग स्वरूप एनआरएन ए बेल्जियम नवनिर्वाचित कार्यसमितिको तर्फ बाट यूरो ५०० (पाचसय) नगद प्रदान गरिएको थियो । साथै अनेसास बेल्जियमका अध्यक्ष दिपेन्द्र के सी, नेपाली डेसपका राधा पन्तले दर्शक हरुको लागी पिउने पानीको स्पोन्सर सहयोग  गरेका थिए । कार्यक्रममा  एनआरएन ए बेल्जियमका नवनिर्वाचित कार्यसमिति लाई क्लवको तर्फ बाट सम्मान तथा शुभकामना व्यक्त गरिएको थियो । उक्त तीज कार्यक्रममा आकर्षकको रुपमा लक्ष्मी ज्वायालार्स यू.के. को प्रायोजनमा रीता केसी को सहयोग मा सुनको सिक्का उपहार चिट्ठा समेत खोलिएको थियो । उक्त भाग्यशाली चिठ्ठा लक्की ड्र अन्तर्गत अमृत रोका बिजेता बनेका थिए ।

स्मरण रहोस ईन्द्रधनुष क्लव बिगत बाह्र बर्ष देखि नेपाली दिदीबहिनीहरुलाई बेल्जियममा हरेक बर्ष तीजमा माईतिको सम्झना दिलाउदै आएको बेल्जियम नेपालीहरुको पुरानो साझा संस्थाको रुपमा रहेको छ ।

3 4 5

Share.

Leave A Reply