२४ वैशाख २०८१

नेपालीघरको पाचौँ साधारण सभा अक्टोबरमा हुने

0

नातिबाबु भट्ट, ११ सेप्टेम्बर कोलोराडो – अमेरीका कोलोराडोमा नेपालीहरुको भाषा, संस्कृतीको संरक्षणार्थ सकृय नेपालीहरुको साझा संस्था नेपालीघरको पाचौं साधारण सभा अक्टोबर १० शनिबारका दिन हुने भएको छ । संस्थाको अगष्ट ७ का दिन सम्पन्न कार्यसमितीको बैठकले पाचौं बार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो।

संस्थामा हाल साधारण तथा आजिवन सदस्य गरि जम्मा २ सय ७ रहेको बताउदै अध्यक्ष योगराज गौतमले सबै सदस्यहरुलाई ईमेल मार्फत जानाकारी पठाई सकिएको र कुनै कारणवस ईमेल प्राप्त नभए यसैलाई आधार मानी सहभागी हुन आग्रह गरेका साधारण सभामा गत वर्ष भए गरेका कृयाकलापको समिक्षा, आर्थिक प्रतिवेदन प्रस्तुत र विशेष गरि संस्थाको भावी कार्यदिशा तयार गरिने बताउदै गौतमले अव चाडै नै साधारण सभा हुने स्थान र समय तोकी पुःन सबै सदस्यहरुलाई इमेल गरिने बताएका छन् ।

नेपालीहरुको भेषभुषा, भाषा संस्कृती, रिती स्थिती चाल चलन सबै झल्कने एक नेपाली घरको निर्माणार्थ कृयाशिल यस संस्थाले आफ्नो संस्कृती संरक्षणको लागी बेला बेलामा विभिन्न सास्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

Share.

Leave A Reply