२१ वैशाख २०८१

एन आर एन ए, जर्मनीको आईसीसी सदस्यमा सुरेद्र प्रधान सर्वसम्मत निर्विरोध निर्वाचित

0

शंकर डाँगी जर्मनी —एन आर एन ए जर्मनीको पाचौ राष्ट्रिय अधिबेसन भब्यताका साथ सम्पन्न भएकोछ। यो पाचौ पटक पनि गैर आवासीय नेपाली संघ जर्मनीले सबैको सहमतिमा आगामी २ बर्षे कार्यकालको लागी आईसीसी सदस्यमा सुरेन्द्र प्रधान र अध्यक्षमा नवराज रोस्यारा लाई सर्व सहमतिबाट राष्ट्रिय समन्वय परिषदको कार्यसमितिलाई चयन गर्न सफल भएकोछ। विश्व भरी छरिएर रहेका गैर आवासीय नेपालीहरुको बिचमा जर्मनीमा रहने गैर आवासिय नेपालीहरुले सधै आपसी एकता,सद्भाव,भाईचारा र नेपालको राष्ट्रिय पहिचानलाई उच्च बनाउन सफल भएकाछन।
जर्मनीमा रहेने नेपाली समुदायहरुको समाज सेवा,नेपालको समृद्धिलाई गैर आवासीय नेपाली संघमा आबद्ध भएर सक्रिय भूमिका खेल्ने चाहनाहरु लिएर एन आर एन ए जर्मनीको सस्थापक पंजीकृत सदस्यको रुपमा २००४ सालमा प्रवेश गरेका सुरेन्द्र प्रधान एन आर एन ए जर्मनीको क्षेत्रीय परिषद हामबर्ग एलसीसीको कोषाध्यक्ष भएर एक कार्यकालको अनुभवका साथमा २००९ देखि २०११को एन आर एन ए जर्मनीको युवा संयोजकको रुपमा काम गर्नु भएकोथियो। एन आर एन ए जर्मनीको २०११ देखि २०१३को कार्यकालमा केन्द्रिय सदस्यको साथमा एन आर एन ए जर्मनीको प्रबक्ताको रुपमा एन आर एन ए जर्मनीका कार्य प्रगतिका गतिविधिहरुलाई सामाजिक संजालहरु र भिन्न संचार मध्यमबाट नेपाली समाजमा एन आर एन ए जर्मनीको बारेमा बिष्तृत जानकारी गराउनु भएकोथियो। नेपाली कला,सस्कृति र नेपाली राष्ट्रिय पहिचानलाई समानान्तर रुपमा जर्मनीमा बिकाश गर्न ठुलो प्रयत्न गरेकाथिए। यो धेरै सफल कार्यकाल रहेको थियो।
एन आर एन ए को काठमाण्डौ आयोजना हुने ग्लोबल महाधिबेसनमा २००७ देखि एन आर एन ए जर्मनीको महाधिबेसन प्रतिनिधिको रुपमा सहभागी हुदै आएका सुरेन्द्र प्रधान एन आर एन ए को अभियानलाई सस्थागत तरिकाले आगामी दिनहरुमा एन आर एन ए उठाएका मुद्दाहरु एक पटक नेपाली सधैको नेपाली र नेपाली नागरिकताको निरन्तरताको साथमा नेपालीको लागी नेपाली भन्ने स्व्लोगनले परोकारिता एबम प्राकृतिक प्रकोबमा पिडितलाई सहयोग र समृद्ध नेपाल बनाउन सामुहिक लागानिमा धेरै एन आर एन हरुको सहभागी भएर अगाडी बढ्नु पर्दछ भन्नेमा जोड दिनुहुन्छ।
एन आर एन ए जर्मनीको २०१३ – २०१५ को कार्यकालमा सुरेन्द्र प्रधानले आफुलाई कार्यक्षमता,कार्यकुशलता अनुभवको अधारमा आईसीसीको उम्मेदवारी दिनु भएकोथियो । तर सहमति सहकार्य गरी गठन भएको एन आर एन ए जर्मनीको कार्य समितिमा उपाध्यक्षमा नै उनले चित्त बुझानुपर्यो। अग्रजहरुको अनुरोधलाई सहर्ष स्वीकार गरी हरेन्द्र वनेमलाई अध्यक्ष र दावा शेर्पालाई आईसीसी बनाउन सहमतमा एक कार्यकाल साथमा एन आर एन ए जर्मनीमा एकै साथ कामगरेकाछन।
एन आर एन ए, जर्मनीका नवनिर्वाचित आईसीसी सदस्य सुरेन्द्र प्रधान १९९७ देखि जर्मनीमा स्थाई रुपमा बस्दै आईरहेकाछन। नेपाल बिधार्थी संघमा आबद्द भएर नेपाली बिधार्थी राजनीतिमा प्रवेश गरेका प्रधान नेपाल जर्मन मिलन केन्द्रको कोषाध्यक्ष, नेवा: समाज जर्मनीको अध्यक्ष, नेपाली कला सस्कृतिमा रुचि राख्ने प्रधान अन्तार्राष्ट्रिय नेपाली कलाकार समाज जर्मनीको सस्थापक सल्लाहकार,नेपाली जनसम्पर्क समिती जर्मनी क्षेत्रीय शाखा हामबर्गको सस्थापक सभापती, नेपाली जनसम्पर्क समिती जर्मनीको उपासभापति, नेपाली कांग्रेस १२ औ महाधिबेसनको महाधिबेसन प्रतिनिधिको रुपमा नेपाली जनसम्पर्क समिति जर्मनीको प्रतिनिधित्व गर्नु भएको थियो।
एन आर एन ए जर्मनीका नवनिर्वाचित आईसीसी सदस्य सुरेन्द्र प्रधानले पाचौ अधिबेसन सफल बाउने जर्मनी बासी सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको शोभा बढाईदिने प्रमुख अथिति,बिशेष अथितीहरु र अथितिहरुलाई धन्यबाद ज्ञापन गर्नु भएकोछ। एन आर एन ए जर्मनीको अधिबेसनलाई एकताको मार्ग दर्शन गर्नुहुने एन आर एन ए का अग्रजहरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्नु भएकोछ। एन आर एन ए जर्मनीको २०१३-२०१५ कार्यकालको सफल कार्यसमितिलाई हार्दिक बधाई तथा धन्यबाद ज्ञापन गर्नुभएकोछ। एन आर एन ए जर्मनीको नव निर्वाचित कार्यसमितिको २०१५-२०१७ कार्यकाललाई हार्दिक बधाई र शुभकामना ज्ञापन गर्नु भकोछ।

Share.

Leave A Reply