२० वैशाख २०८१

सौरव राष्ट्रिय गीत लिएर आउँदै न्यूयोर्क

0

विश्व साइकलयात्री सौरव दाहालले राष्ट्रिय गीत ‘मेरो राष्ट्रलाई….’ को छायाङ्कन सकिएको छ । गीतकार कल्पना खरेलसँग मिलेर गीत कोरेका दाहालको राष्ट्रिय गीतमा युवा गायक सुनिल गिरीले आवाज दिएका छन् । दाहालले राष्ट्रिय गीत प्रवासमा बस्ने आमनेपालीको भावना भएको बताए । ८० वटा देशमा साइकलयात्रामा गएका दाहाल गीतमार्फत विश्वभरका नेपालीसमक्ष पुग्न चाहन्छन् । ‘म विश्वभरका नेपालीलाई आफ्नो भावना प्रतिबिम्बित हुने गीत उपहार दिन चाहन्छु,’ उनी भन्छन्, ‘आशा छ सबैले ग्रहण गर्नुहुनेछ ।’ राष्ट्रिय गीत आगामी अक्टोबर १० मा रिलिज हुँदैछ । उक्त गीतको म्यूजिक भिडियो अमेरिकाको न्यूयोर्कलगायत विभिन्न राज्य तथा नेपालका जुम्लालगायतका जिल्लामा छायाङ्कन गरिएको छ । बी योञ्जनको निर्देशन गरेको गीतमा जीत मगरले क्यामेरा चलाएका छन् । दाहालले यसअघि कल्पना खरेलको शब्द तथा रामकृष्ण ढकालको आवाजमा रहेको ‘मेरो देश…’ राष्ट्रिय गीतको शीर्ष भूमिकामा अभिनय गरिसकेका छन् ।

Share.

Leave A Reply