२२ वैशाख २०८१

सात बुंदे घोषणापत्र जारी गर्दै इनास युरोपको तेश्रो क्षेत्रीय बैठक सम्पन्न

0

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) युरोप International Nepalese Artist Society INAS Europe को तेश्रो युरोप क्षेत्रीय बैठक विभिन्न सात बुंदे घोषणा-पत्र जारी गर्दै सम्पन्न भएको छ। ३ र ४ अप्रिल २०१५ को दिन दूइ दिनसम्म जर्मनीको बोखुम नगरमा आयोजना भएको इनास युरोपको तेश्रो भेलामा इनास युरोप र युरोप महादेश भित्र रहेका इनासका नेशनल कमिटीका पदाधिकारीहरु, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद, गैर आवासीय नेपाली संघ युरोपका प्रतिनिधिहरु, जर्मनी र युरोप महादेशबाट आउनुभएका विभिन्न संघ संस्था र मिडियाका प्रतिनिधिहरुको उपस्थितिमा भएको क्षेत्रीय भेलाले निम्न उल्लेखित पांच बुंदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो।

कार्यक्रमको पहिलो दिन ३ अप्रिल २०१५ मा इनासको तेश्रो युरोप महादेशस्तरीय क्षेत्रीय बैठक सम्पन्न भएको थियो। गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका प्रमुख संरक्षक समेत रहनु भएका जर्मनीका लागि नेपाली महावाणिज्यदूत श्री रामप्रताप थापाको प्रमुख आतिथ्य र गैर आवासीय नेपाली संघ युरोपका संयोजक श्री अर्जुन कुमार श्रेष्ठज्यूको विशिष्ठ आतिथ्यमा बसेको उक्त तेश्रो क्षेत्रीय बैठकको उदघाटन प्रमुख अतिथि, विशिष्ठ अतिथि, इनास ग्लोबल अध्यक्ष पुष्प बरुवाल तथा बैठकमा उपस्थित इनासका सम्पूर्ण प्रतिनिधिहरुले संयुक्त रुपमा पानसमा बत्ति बालेर गर्नुभएको थियो। इनास जर्मनीका अध्यक्ष सन्तोष राज गुरुङ र महासचिव डा. श्याम परियारले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्ण सहभागीहरुलाई हार्दिक स्वागत गर्नुभएको थियो।

अन्तराष्ट्रिय नेपाली कलाकार समाज युरोपका संयोजक श्री अर्जुन काफ्लेज्यूको सभापतित्वमा सम्पन्न उक्त बैठकमा प्रमुख अतिथि राम प्रताप थापा, विशिष्ट अतिथि अर्जुन कुमार श्रेष्ठ इनास ग्लोबल कमिटीका अध्यक्ष पुष्प बरुवाल, वरिष्ठ उपाध्यक्ष कमला दाहाल, इनास पोल्याण्डको समेत प्रतिनिधित्व गर्नुभएका ग्लोबल कमिटीका उपाध्यक्ष मित्र लाल पार्दे, कोषाध्यक्ष राधी क्षेत्री, वरिष्ठ सल्लाहाकार पुष्प थापा, सल्लाहाकारहरु श्री शिखर खड्का, श्री सुशील खड्का इनास जर्मनीका अध्यक्ष सन्तोष राज गुरुङ, सल्लाहाकारहरु रण बहादुर साउद, कृष्ण गौतम, खड्ग न्यौपाने, यादव सुब्बा जर्मनीका अग्रज व्यक्तित्व डोर बहादुर गुरुङ, गैर आवासीय नेपाली संघ स्विजर्ल्याण्ड्का निवर्तमान अध्यक्ष डा बिनय श्रेष्ठ, इनास इटालीका अध्यक्ष सुनिल गुरुङ, इनास डेनमार्कका अध्यक्ष सन्त कुमार थापा मगर, महासचिव राजमान तामाङ्ग, इनास नेदरल्याण्ड्का प्रतिनिधि सरिता हुमागाईं र तुफान घले लगायत युरोपबाट यस महादेशीय कार्यक्रममा सहभागी हुन आउनुभएका प्रतिनिधिज्यूहरुले कार्यक्रमको इनासको स्थापना र यसका कार्यहरुको विवेचना गर्दै कार्यक्रमको सफलताको लागि शुभकामना मन्तव्य राख्नुभएको थियो । त्यस्तै उक्त बैठकमा सहभागी इनासका सम्पूर्ण प्रतिनिधिज्यूहरुले संस्थाले छोटो समयमै गरेको प्रगति र संस्थामा देखिएको सामूहिक कार्य प्रणाली प्रति खुसि ब्यक्त गर्दै आगामी अक्टोबर २०१५ को दोश्रो हप्ता नेपालमा आयोजना गरिने संस्थाको पहिलो विश्व सम्मेलन लाई सफल बनाउन एक भएर जुट्नुपर्ने बिचार राख्नुभएको थियो। कार्यक्रममा इनास ग्लोबल कमिटीका संरक्षक श्री मीरा राणा, निता श्रेष्ठ, महासचिव भगवती बस्नेत, इनास कोलोराडो अमेरिका का अध्यक्ष साबू गदाल कार्की, इनास अस्ट्रेलियाका केन्द्रिय अध्यक्ष रामकृष्ण निरौला, इनास स्पेनका अध्यक्ष प्रकाश तिवारी लगायतका प्रतिनिधिहरुबाट प्राप्त शुभकामना सन्देशहरु सुनाइएको थियो।

इनास युरोपका सह-संयोजक श्री गुणराज शर्मा र इनास जर्मनी कि सदस्य श्री म्युजिका खड्का संचालन गर्नुभएको इनास युरोपको उक्त तेश्रो क्षेत्रीय बैठकमा इनास युरोपका संयोजक श्री अर्जुन काफ्लेज्यूले इनास युरोपको स्थापना, साङ्गठनिक ढांचा र सुधारका लागि चालिनुपर्ने कदमहरु लगायत कार्य क्षेत्र र भावी दिनमा इनास युरोपले निर्वाहा गर्नुपर्ने कर्तव्य र भूमिकाको बारेमा प्रष्ट पार्नुभएको थियो। युरोपका विभिन्न मुलुकहरुबाट आउनुभएका अध्यक्ष तथा प्रतिनिधिज्यूहरुले आफू अन्तर्गतको राष्ट्रिय कमिटीमा भए गरेका कार्य प्रगति विवरण तथा भावी कार्य योजनाहरुका बारेमा प्रतिवेदन बुझाउनुभएको थियो। लुकेर रहेका वा अवसरबाट वन्चित रहेका कलाकार एवं साहित्यकारहरुको प्रतिभालाई प्रस्तुत गर्न प्रतिभा पहिचान सम्बन्धि विशेष कार्यक्रमको सुरुवात गर्ने, नृत्य प्रतिगिताको अतिरिक्त अबदेखि गायन प्रतियोगिता पनि आयोजना गर्ने, सम्पूर्ण युरोपको प्रतिनिधित्व रहने गरि इनास युरोपको साङ्गठनिक ढाँचामा केहि परिवर्तन गरेर अक्टोबरमा नेपालमा हुने प्रथम विश्व सम्मेलनबाट अनुमोदन गरिदिन ग्लोबल कमिटिसंग अनुरोध गर्ने लगायतका विषयहरुमा सहभागी प्रतिनिधिहरु बीच एकल तथा प्यानल डिस्कसनहरु भएका थिए।

कार्यक्रमको दोश्रो दिन ४ अप्रिल २०१५ को दिन इनासको लागि मात्रै होइन समग्र कला, साहित्य र संस्कृतिको उत्थानमा जुटेका हात र मनहरुका लागि एउटा ऐतिहासिक दिनको रुपमा परिभाषित भएको छ। इनास तेश्रो युरोप स्तरीय प्रतियोगिता २०१५, साहित्य वाचन, श्रष्ठा सम्मान र तेश्रो इनास अवार्डका लागि उत्कृष्ठ चलचित्रहरुको घोषणाका साथमा स्विजरल्याण्ड, डेनमार्क, नेदरल्याण्ड, युके, जर्मनी, बेल्जियम, इटाली लगायत युरोपका विभिन्न मुलुकहरुबाट कलाकारहरुले प्रदर्शन गर्नुभएको जोडदार सांगीतिक तथा साहित्यिक प्रस्तुतिले कार्यक्रमलाई अत्यन्तै सफल बनाएको छ। इनास जर्मनीका अध्यक्ष सन्तोषराज गुरुङको सभापतित्व, जर्मनीको लागि नेपाली राजदूत प्रकाश मणि पौडेलज्यूको प्रमुख आतिथ्य, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का प्रमुख संरक्षक श्री राम प्रताप थापा, महासचिव श्री कुमार पन्त, युरोप संयोजक श्री अर्जुन कुमार श्रेष्ठ लगायतका प्रतिनिधिहरुको विशिष्ठ आतिथ्यमा बोखुम शहर स्थित स्टाड-हाउसको अति सुन्दर र ठूलो कार्यक्रम कक्षमा दर्शकहरुको निकै ठूलो संख्यामा उपस्थिति रहेको उक्त कार्यक्रम एक भव्य, विशाल र ऐतिहासिक रुपमा सम्पन्न भएको छ।

ज्यादै नै भव्य रुपमा सम्पन्न यस कार्यक्रमलाई पमुख अतिथि महामहिम प्रकाशमणि पौडेल, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का प्रमुख संरक्षक तथा जर्मनीका लागि नेपाली महावाणिज्यदूत श्री राम प्रताप थापा, महासचिव श्री कुमार पन्त, युरोप संयोजक श्री अर्जुन कुमार श्रेष्ठ, अन्तराष्ट्रिय नेपाली कलाकार समाज ग्लोबल कमिटिका अध्यक्ष पुष्प बरुवाल, वरिष्ठ सल्लाहाकार पुष्प थापा, युरोप कन्टिनेन्टल कमिटीका संयोजक श्री अर्जुन काफ्ले र जर्मनीका अध्यक्ष सन्तोष राज गुरुङ लगायतका प्रतिनिधिहरुले संयुक्त रुपमा पानसमा वत्ति बालेर औपचारिक रुपमा उदघाटन गर्नुभएको थियो भने राष्ट्रिय धुनका साथमा जर्मनीका कलाकारहरुको स्वागत सुन्दर र आकर्षक स्वागत नृत्यबाट कार्यक्रमको सुरुवात गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि बिशिष्ठ अतिथि र अतिथिज्यूहरुबाट संयुक्तरुपमा इनास जर्मनीका अध्यक्ष सन्तोषराज गुरुङको गीति संग्रह ”हिमालयन हिड्डेन ट्रेजर” को बिमोचन गरिएको थियो। कार्यक्रमको उदघाटन पश्चात प्रमुख अतिथिका रुपमा पाल्नुभएका महामहिम श्री प्रकाशमणि पौडेलले मन्तव्यको राख्दै कला र संस्कृति राष्ट्रको पहिचान भएकोले यसको संरक्षण तथा सम्वर्द्धन गर्नु सबैको कर्तव्य भएको बिचार यसका लागि विश्वव्यापी संजाल नेपाली कलाकार समाजले अहम भूमिका निर्वाह गरेकोमा धन्यवाद ब्यक्त गर्नुभएको थियो। मन्तव्यकै क्रममा राजदूत पौडेलले अन्तराष्ट्रिय नेपाली कलाकार समाजका हरेक कार्यक्रमहरुमा नेपाल सरकारका कुटनैतिक निकायहरु र नेपाली राजदूतावासले सधै सहयोग र सहकार्य गर्दै आएको छ भन्नुहुदै सम्पूर्ण कला र संस्कृति क्षेत्रलाई नै प्रतिनिधित्व गर्ने इनासको यसप्रकारको कार्यक्रमलाई सहयोग गर्नपाउनु आफ्नो लागि सौभाग्य भएको बताउनुभएको थियो। मतव्यकै क्रममा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद का प्रमुख संरक्षक तथा जर्मनीका लागि नेपाली महावाणिज्यदूत श्री राम प्रताप थापाले अन्तराष्ट्रिय नेपाली कलाकार समाज वास्तवमै संसा र भरिका कलाकारहरुको संस्था भएको प्रमाण यसले गर्ने क्रियाकलाप हरुले प्रष्ट भैसकेको छ भन्नुहुदै स्थापना भएको तीन वर्षको अवधिमै इनासले लिएको गति र यसले गर्ने कार्यक्रम हरु हेरेर आफूलाई सधै खुसी लाग्ने गरेको बताउनुभएको थियो। यदि राम्रो सिस्टम र भिजन लिएर चल्यो भने प्रगति गर्न सकिन्छ भन्ने उदहारण इनासले देखाएको छ भन्नुहुदै उहाले आगामी अक्टोबर महिनामा नेपालमा आयोजना गर्ने भनिएको विश्व सम्मेलनलाई सफल बनाउन अहिलेबाट लागिपर्न सुझाव पनि दिनुभएको थियो भने विशिष्ठ अतिथिको रुपमा आफ्नो बिचारहरु राख्दै गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का महासचिव कुमार पन्तले जहा रहेपनि भाषा कला र संस्कृतिको माया सबैलाई हुने वास्तविकतालाई प्रष्ट पार्दै त्यहि मायाको परिणाम इनासको यो कार्यक्रम हो भन्ने बिचार राख्नुभएको थियो। उहाले गैर आवासीय नेपाली संघ को आगामी विश्व सम्मेलनका बेला सांस्कृतिक कार्यक्रमहरु मिलेर गर्न सकिनेतर्फ बिचार गर्न इनासका पदाधिकारीहरुसंग आग्रह समेत गर्नुभएको थियो। शुभकामना मन्तव्यकै क्रममा गैर आवासीय नेपाली संघ युरोपका संयोजक श्री अर्जुन कुमार श्रेष्ठले इनास कला र संस्कृतिको लागि आफैमा एउटा ट्रेडमार्क भैसकेको उल्लेख गर्दै यसमा अहोरात्र खट्ने पदाधिकारीहरु रहेकै कारण यो संस्था प्रणालिवद्ध तरिकाले अघाडि बढिरहेको आफूलाई लागेको बताउनुभएको थियो। उहाले इनासको उत्तोत्तर प्रगतिको लागि शुभकामना समेत दिनुभएको थियो। त्यस्तै शुभकामना दिने क्रममा गैर आवासीय नेपाली संघ स्विजर्ल्याण्ड्का निवर्तमान अध्यक्ष डा. बिनय श्रेष्ठले आफू कला र संस्कृति प्रेमीभएकाले कला र संस्कृति प्रति ठूलो मोह रहेको बिचार राख्नुभएको थियो। इनासको ३ तारिकको दिन सम्मान युरोप महादेशस्तरीय क्षेत्रीय बैठक र युरोपका विभिन्न मुलुकहरुबाट आउनुभएका इनास राष्ट्रिय कमिटिका प्रतिनिधि हरुले राख्नुभएको बिचार र कार्य योजना सुनेर आफूलाई निकै हर्ष लागेको बताउदै उहाले यस विश्वव्यापी संजालले २०१६ मा आयोजना गर्ने चौथो युरोपस्तरीय क्षेत्रीय बैठक र नृत्य, गायन, साहित्य र चलचित्र सम्बन्धि बृहत कार्यक्रम गर्ने अवसर स्विजर्ल्याण्ड्लाइ प्राप्त होस् भनेर अनुरोध गरिसकेको र यसलाई अनुमोदन गरेर उक्त अवसर स्विजर्ल्याण्ड्लाइ प्राप्त हुने कुरामा आफू आशावादी रहेको बिचार ब्यक्त गर्नुभएको थियो। शुभकामना मन्तव्यकै क्रममा इनास ग्लोबल कमिटीका अध्यक्ष पुष्प बरुवाल र वरिष्ट सल्लाहाकार पुष्प थापाले इनास स्थापना को उद्देश्य र संस्थाको कार्यनीतिको बारेमा छोटो मन्तव्य राख्नुभएको थियो। उहाँहरुले इनास कुनै एक व्यक्ति वा समूहको नभै सबैको साझा संस्थाको भन्नुहुदै यस संस्थामा रहेर अघि बढ्न सबैलाई आग्रह गर्नुभएको थियो।

कार्यक्रममा नृत्य प्रतियोगिता, श्रष्टा सम्मान साहित्य वाचन, तेश्रो इनास अवार्डका लागि उत्कृष्ट चलचित्रहरुको नामावली सार्वजनिक गर्ने कार्य भएका थिए। इनासको परम्परा अनुसार हरेक वर्ष आयोजना गर्दै आएको युरोप स्तरीय एकल नृत्य प्रतियोगितामा यस वर्षको युरोप डान्सिङ्ग स्टार अफ द एअर २०१५ (INAS Europe Dancing Star Of The Year 2015) को उपाधी जर्मनी कि सोनिया श्रेष्ठले जितेकी छिन। तेश्रो इनास युरोप महादेशस्तरीय एकल नृत्य प्रतियोगितामा सहभागी बेल्जियम, जर्मनी, नेदरल्याण्ड, डेनमार्क, इटाली लगायत युरोपका विभिन्न मुलुकहरुका कलाकारहरु मध्ये अन्तिम ९ जना कलाकारहरुलाई उछिन्दै प्रथम स्थान हासिल गरेर जर्मनीको तर्फबाट प्रतिष्पर्धामा सहभागी कलाकार सोनिया श्रेष्ठले नगद ७०० यूरोप, ट्रफी र प्रमाण पत्र सहित उक्त उपाधि हासिल गरेकी हुन्। यस प्रतियोगितामा दोश्रो स्थान हासिल गर्दै बेल्जियमकी अदिना केसीले नगद ५०० युरो, ट्रफी र प्रमाण पत्र सहित इनास युरोप डान्सिङ्ग स्टार अफ द एअर २०१५ को फस्ट रनर अप (INAS Europe Dancing Star Of The Year 2015 1st Runne Up) र तेश्रो स्थान हासिल गर्दै नेदरल्याण्ड्का तुफान घलेले नगद ३०० यूरो, ट्रफी र प्रमाणपत्र स्थित इनास युरोप डान्सिङ्ग स्टार अफ द एअर २०१५ सेकेण्ड रनर अप (INAS Europe Dancing Star Of The Year 2015, 2st Runne Up) को उपाधी जितेका थिए। यस नृत्य प्रतियोगितामा वरिष्ठ नायिकाहरु पार्वती अधिकारी, रजनी शर्मा(सुनुवार), वर्षा खड्का, नृत्य निर्देशक सन्त कुमार थापा मगर र नृत्य निर्देशक Miss. shahrazad लगायतका पांच सदस्यीय निर्णयक मण्डल रहेको थियो।

त्यस्तै हरेक वर्ष युरोपमा बसोबास गर्नुहुने कलाकार तथा साहित्यकारहरुलाई सम्मान गर्ने परम्परा अनुसार यसपटक नेपाली रंगमंच, चलचित्र आदिमा अभिनय, निर्देशन तथा लेखन क्षेत्रमा आफूलाई समर्पित गर्दै आउनुभएका कलाकार मनिष कुमार श्रेष्ठलाई अन्तराष्ट्रिय नेपाली कलाकार समाज सम्मान २०१५ बाट सम्मानित गरिएको छ। त्यस्तै नेपाली कला र संस्कृतिक श्रीवृद्धिमा उल्लेख्य योगदान पुर्याउदै आएका संस्थाहरुलाई कदर गर्दै जाने संस्थागत निर्णय अनुसार यसपटक सन् २००७ मा स्थापना भै कला र संस्कृतिको उत्थानमा निरन्तर सक्रिय रहेका दुई संस्थाहरु म्याग्देली प्रवासी समाज (मोना) बेल्जियम र युरो नेपाल कलाकार संघ (एना) लाई अन्तराष्ट्रिय नेपाली कलाकार समाज कदर २०१५ बाट सम्मान गरिएको छ। त्यस्तै युवा पुस्तालाई नेपाली भाषा, कला र संस्कृति प्रति झुकाव अभिवृद्धि गर्न यस क्षेत्रमा उल्लेख्य योगदान गर्ने युवालाई प्रेरक युवा सम्मान प्रदान गर्ने नीति अनुरोप यस वर्ष युवा भैकन पनि नेपालि भाषा कला र संस्कृतिकको उत्थान मा अहोरात्र समर्पित कलाकार श्री सोफिया महर्जन (कार्की) लाई अन्तराष्ट्रिय नेपाली कलाकार समाज- प्रेरक वर्ष युवा २०१५ को उपमा सहित सम्मान गरिएको छ।

कार्यक्रममा हरेक वर्ष इनासले प्रदान गर्दै आएको नेपाली सम्बन्धि अवार्डको तेश्रो श्रीन्खला ( 3rd INAS Award 2015 ) को लागि छनौटमा परेका उकृष्ट १५ चलचित्रहरुको नामावली सार्वजनिक गरिएको छ। आगामी अक्टोबरमा एक विशेष कार्यक्रमका बीच बितरण गरिने इनास अवार्ड २०१५ को लागि उत्कृष्ट १५ मा पर्न सफल चलचित्रहरुमा छ एकान छ, जेरी, कोहिनूर, हिम्मतवाली, कबड्डी, श्री ५ अम्बरे, बितेका पल, आधि बाटो, ऋतु, नोभेम्बर रेन, स्टूपिड मन, लज्जा, नाई नभन्नु ल २, मोक्ष र झोले रहेका छन्। चलचित्र अवार्डका लागि नेपाल चलचित्र बिकास कम्पनिसंग सहकार्य गर्दै अघि बढ्ने सहमति अनुसार उक्त कम्पनीबाट उत्कृष्ट चलचित्रको नामावाली प्राप्त भएका हुन्। इनास फिल्म अवार्ड २०१५ को प्रारम्भिक निर्णायक मण्डलमा श्री शुभ बहादुर सुनाम, श्री चैत्य देवी, श्री मंजु कुमार श्रेष्ठ, श्री प्रदिप उपाध्याय र श्री निकिता पौडेल रहनुभएको छ।
इनास युरोपको तेश्रो बैठकले देहायानुसार को ७ बुंदे घोषणा पत्र जारी गरेकको छ।

तेश्रो इनास युरोप क्षेत्रीय बैठकको घोषणापत्र- २०१५

१. अवसरबाट वन्चित र पर्दा पछाडि रहेका कलाकार तथा साहित्यकारहरुको प्रतिभालाई मिडियामार्फत सार्वजनिक गर्न इनास विशेष कार्यक्रम संचालन गर्ने।
२. साविकमा हुदै आएको युरोपस्तरीय एकल नेपाली नृत्य प्रतियोगितालाई कायम राख्दै आगामी वर्षदेखि युरोपस्तरीय नेपाली एकल गायन प्रतियोगिता समेत आयोजना गर्ने।
३. युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने कलाकार हरुलाई इनासले आयोजना गर्ने कार्यक्रमहरुमा प्राथमिकता साथ सहभागी गराउने र नेपालमा हुने सम्बन्धित क्षेत्रका रियालिटी शोहरुमा समेत सहभागिताका लागि पहल गर्ने।
४. नेपाली लोक तथा परम्परागत बाजाहरुको संरक्षण गर्न बाजाघरको स्थापना गर्ने र यसको लागि गैर-आवासीय नेपालीसंग सहयोग वा सहकार्यको लागि अनुरोध गर्ने।
५. इनास युरोप र यस अन्तर्गतका नेशनल कमिटीहरुलाई चुस्त र सुदृढ बनाउदै प्रभावकारी र उत्तरदायीपूर्ण बनाउन वर्तमान साङ्गठनिक ढाँचामा सुधार गर्ने र सोको अनुमोदनका लागि ग्लोबल कमिटिसमक्ष अनुरोध गरि पठाउने।
६. संस्थामा रहेको विद्धमान कलाकार कल्याणकारी कोषमा रकम अभिवृद्धि गर्ने र उक्त कोषलाई प्रभावकारी रुपमा संचालनमा ल्याउने।
७. इनासको चौथो युरोप स्तरीय क्षेत्रीय बैठक आगामी वर्ष सन् २०१६ मा स्विजर्ल्याण्डमा आयोजना गर्ने।

धन्यवाद तथा आभार ज्ञापन

यस कार्यक्रमलाई स्तरीय र ब्यबस्थित रुपमा सम्पन्न गर्न सहयोग पुर्याउनुहुने कलाकारहरु, साहित्यकारहरु, संचारकर्मीहरु सह- आयोजकहरु तथा प्रायोजकहरु सबैलाई अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) तथा कार्यक्रम आयोजक समूहका तर्फबाट हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्दछौं। युरोप महादेशको यस बिशाल कार्यक्रमलाई भव्य, सभ्य र ऐतिहासिक रुपमा सम्पन्न गर्न उल्लेख्य सहयोग गर्नुहुने इनास ग्लोबल कमिटी, इनास युरोप र सो अन्तर्गतका नेशनल कमिटीका आदरणीय अध्यक्ष सम्पूर्ण पदाधिकारीज्यूहरुलाई हामी धेरै धेरै धन्यवाद भन्न चाहान्छौं। नृत्य प्रतियोगितामा प्रथम पुरस्कार प्रायोजन गर्नुहुने गैर आवासीय नेपाली संघ युरोपका संयोजक श्री अर्जुन कुमार श्रेष्ठ, द्वीतीय पुरस्कार प्रायोजन गर्नुहुने गैर नेपाली समूदाय इटाली (गैर आवासीय नेपाली संघ इटाली, इनास इटाली र अन्य संघ संस्थाहरु) तेश्रो पुरस्कार प्रायोजन गर्नुहुने इनास नेदरल्याण्ड तथा प्रथम द्वीतीय र त्रीतीय हुने कलाकारहरुको लागि नाट्यश्वरीको ट्रफी प्रायोजन गर्नुहुने कलाकार तथा निर्माता श्री श्याम श्रेष्ठ एवं नेपाल चलचित्र ” नमस्ते नेपाल’ का सम्पूर्ण युनिट प्रति हामी विशेष आभार ब्यक्त गर्न चाहान्छौं। त्यस्तै कार्यक्रममा सहयोग गर्नुहुने नेपाली राजदूतावास जर्मनी, जर्मन-नेपाल मैत्री संघ, नेपाल चलचित्र बिकास कम्पनी, गोपीकृष्ण मुभिज, खान र बस्नको सम्पूर्ण प्रवन्ध गरेर उल्लेख्य सहयोग गर्ने होटल हुबर्ट जर्मनी एवं मदन दाहाल तथा सम्पूर्ण दाहाल परिवार विशेष धन्यवादका पात्र हुनुहुन्छ। त्यस्तै उल्लेख्य सहयोग गर्नुहुने सांस्कृतिक गृह फ्रान्स, युरोपीयन हिमालयन एसोसिसन जर्मनी, लाली गुराँस परिवार जर्मनी, हिमालयन परिवार, युरोपीयन हिमालयन एसोसियसन जर्मनी, कल्चर ब्युरो बोखुम-जर्मनी लगायतका सम्पूर्ण संघ संस्था तथा महानुभावहरुमा हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्न चाहान्छौं। त्यसै गरि उल्लेख्य सहयोग पुर्याउनुहुने गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का प्रमुख संरक्षक श्री राम प्रताप थापा, महासचिव श्री कुमार पन्त, युरोप संयोजक श्री अर्जुन कुमार श्रेष्ठ, इनास ग्लोबल कमिटीका वरिष्ठ उपाध्यक्ष श्री कमला दाहाल, उपाध्यक्ष श्री मित्रलाल पार्दे, कोषाध्यक्ष श्री राधी छेत्री, वरिष्ठ सल्लाहाकार श्री पुष्प थापा, सल्लाहाकारहरु श्री सुशील खड्का, श्री शिखर खड्का, मानकाजी नेपाली, गैर आवासीय नेपाली संघ जर्मनीका अध्यक्ष तथा इनास जर्मनीका सल्लाहाकार श्री हरेन्द्र वनेम, गैर आवासीय नेपाली संघ स्विजर्ल्याण्ड्का निवर्तमान अध्यक्ष तथा समाजसेवी डा. विनय श्रेष्ठ, इनास जर्मनीका सल्लाहाकार श्री श्याम खनाल, हरि अर्याल तथा परिवार, श्री खड्ग न्यौपाने, जनसम्पर्क समिति जर्मनीका अध्यक्ष श्री शरण केसी, गणेशमान प्रतिष्ठानका श्री बिजय मोक्तान, जनजाती समाज एनआरडब्लुका श्री किरांत चेम्जोङ्ग, सगरमाथा समाज जर्मनीका अध्यक्ष श्री दयाराम पौडेल, श्री रामजी कुमार श्रेष्ठ, जनप्रगतिशील मंच जर्मनीका प्रतिनिधि तथा इनास जर्मनीका सल्लाहाकार श्री कृष्ण प्रसाद गौतम, सल्लाहाकार श्री श्याम खनाल तथा परिवार, सल्लाहाकार श्री रण बहादुर साउद, श्री यादव सुब्बा, अध्यक्ष श्री सन्तोष राज गुरुङ, वरिष्ठ उपाध्यक्ष श्री सरोज श्रेष्ठ, महासचिव डा. श्याम परियार, इनास डेनमार्कका अध्यक्ष श्री सन्त कुमार थापा मगर, महासचिव राजमान तामाङ्ग लगायत सम्पूर्ण इनास टिम, इनास इटाली का अध्यक्ष श्री सुनिल गुरुङ तथा सम्पूर्ण टिम, इनास युकेका संरक्षक श्री मनिष कुमार श्रेष्ठ, अध्यक्ष श्री सनम कुमार बैराग, सदस्य श्री रजनी शर्मा (सुनुवार), बिनोद चिपालु लगायत सम्पूर्ण टिम लगायत इनास युरोप अन्तर्गतका नेशनल कमिटीका सम्पूर्ण पदाधिकारीज्यूहरुको सहयोग पनि उल्लेख्य रह्यो। उहाँहरु सबैलाई हामी हार्दिक धन्यवाद भन्न चाहान्छौं। त्यसै गरि डोमा शेर्पा, निन्न्नमा राई, महेश श्रेष्ठ, चन्द्र सम्सेर केसी, श्री यज्ञ राज सुबेदी-नमस्ते रेस्टुरेन्ट, श्री टंक लम्साल-रेस्टुरेन्ट लिटिल बुद्ध, बिकास गौतम, बिकास ठकुरी, गैर-आवासीय नेपाली संघ बेल्जियमका आइसीसी प्रतिनिधि तथा मोना बेल्जियमका पूर्व अध्यक्ष श्री शिव कुमार बरुवाल, मोना बेल्जियमका वर्तमान अध्यक्ष श्री चन्द्र कार्की तथा प्रतिनिधीहरुलाई हामी हार्दिक धन्यवाद ब्यक्त गर्न चाहान्छौं। त्यस्तै कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गरेर लाखौँ दर्शकहरु सामू पुर्याउने मात्रै नभई कार्यक्रमलाई हर-तरहले सहयोग गर्नुहुने नेपालस्विस डट कमका श्री हिरालाल श्रेष्ठ, श्री सुक्र श्रेष्ठ लगायतका पत्रकार प्रतिनिधीज्यूहरु र भिजनसंसार डट कमका श्री अभिमन्यू बैराग विशेष धन्यवादको पात्र हुनुहुन्छ। त्यस्तै आरटिएल च्यानलका पत्रकारहरु डा. रोज स्मुलर, डिसी नेपालका श्री टेक नेपाली, नेपाली टिभिका श्री मनिष श्रेष्ठ एवं गोर्खा च्यानल, ठुलोपर्दा डट कम लगायत मिडिया र उक्त मिडियामा रहनुहुने सम्पूर्ण पत्रकार महानुभावहरुलाई हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्दछौ। राधी क्षेत्री, म्युजिका खड्का, सुवास सुनाम, सन्तोष राज गुरुङ, अनुप केसी तथा शान्ति पथ समूहका अन्य सदस्यहरु, श्री सरिता आचार्य, ममता गौतम, किरण सुबेदी, अल्गिया श्रेष्ठ, सेल्बिया श्रेष्ठ, सोनिया शेर्पा, रोजिना बैद्य , विकल दाहाल, सरिता हुमागाईं, दिपिका केसी, राजमान तामाङ्ग, दीक्षा सुनुवार, अन्जिला सुबेदी, ज्योति भट्ट, मनिषा श्रेष्ठ, साहित्यकार रमिता महर्जन लागायतका अन्य सम्पूर्ण कलाकारहरुका साथै कार्यक्रममा सहभागी प्रतियोगी तथा अप्रतियोगी सम्पूर्ण कलाकारहरु, उपाधी विजेताहरु, साहित्यकारहरु तथा निर्णयाक मण्डलमा रहनुहुने सम्पूर्ण महानुभावहरुका तथा कार्यक्रमलाई स्तरीयता प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाहा गर्नुहुने उदघोषक द्वय श्री गुणराज शर्मा (स्विजरल्याण्ड) र सोफिया महर्जन कार्की (बेल्जियम) भिडियो क्लिप निर्माण तथा प्रमाणपत्रहरु डिजाइन गरेर महत्वपूर्ण सहयोग गर्नुहुने इनास स्पेनका अध्यक्ष श्री प्रकाश तिवारी लगायत यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहोग गर्नुहुने सम्पूर्ण संघ संस्था एवं महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

अर्जुन काफ्ले 
संयोजक 
अन्तराष्ट्रिय नेपाली कलाकार समाज-युरोप

गुणराज शर्मा 
सह-संयोजक 
अन्तराष्ट्रिय नेपाली कलाकार समाज युरोप।

Share.

Leave A Reply