१९ वैशाख २०८१

इनासको तेस्रो यूरोपेली एकल नृत्य प्रतियोगिता सम्पन्न

0

४ अप्रिल २०१५, बोखुम, जर्मनी। बोखुमको नगर सभा कक्षमा इनासको तेस्रो यूरोपेली एकल नृत्य प्रतियोगिता भव्यताका साथ सम्पन्न भयो। कार्यक्रमको उद्घाटन सत्रमा जर्मनीका लागि कार्यभाग नेपाली राजदूत प्रकाश मणि पौडेल, एन आर एन ए आइसिसि का प्रमुख संरक्षक राम प्रताप थापा, एन आर एन ए आइसिसि महासचिव कुमार पन्त र यूरोप संयोजक अर्जुन कुमार श्रेष्ठले कार्यक्रमको महत्वमा प्रकाश पारेका थिए। इनासका ग्वोबेल अध्यक्ष पुष्प बरुवाल र युरोप संयोजक अर्जुन काफ्लेले स्वागत मन्तव्य व्यक्त गरेका थिए। उद्घाटन समारोह पश्चात एकल नृत्य प्रतियोगिताको आरम्भ भएको थियो। प्रतियोगितामा बिभिन्न यूरोपेली राष्ट्रका ९ जना नेपाली कलाकारहरुको सहभागिता रहयो। प्रत्येक कलाकारले लोक भाखा र आधुनिक संगितमा एक एक नृत्य प्रस्तुत गरेका थिए। प्रतियोगिताको अन्त्यमा एक ५ सदस्य निर्णायक मण्डल द्वारा जर्मनीकी कलाकार सोन्या श्रेष्ठ लाई प्रथम, बेल्जियमकी एलिना के.सी. लाई दोस्रो र हल्याण्डका तुफान घले लाई तृतिय बिजेताका रुपमा घोषणा गरिएको थियो। प्रथम, दोस्रो र तेस्रो स्थानमा विजयी कलाकारहरु लाई नगद पुरुस्कार र प्रमाण पत्र प्रदान गरियो। साथै कार्यक्रममा इनासको तेस्रो फिल्म अवाडका लागि छानिएका उत्कृष्ट १० नेपाली चलचित्रहरुको नामावलि समेत प्रकाशित गरिएको थियो।

DSC_0042    DSC_0426

स्विट्जरल्यण्डको सहभागिता

स्विट्जरल्याण्डका परिचित कलाकार सुभाष सुन्दासले इनासको तेस्रो एकल नेपाली नृत्य प्रतियोगिता कै क्रममा आफ्ना ३ वटा सांगितिक कोशेलिहरु प्रस्तुत गरेका थिए। उनले आफ्नो तेस्रो सांगितिक कोशेलि इनासकी कोषाध्यक्ष राधिका क्षेत्रिको साथमा प्रस्तुत गरे। सुन भनन शिर्षको उनको उक्त सांगितिक प्रस्तुति दर्शकहरु ले धेरै मन पराएका थिए। साथै उक्तक कार्यक्रमको संचालन स्विट्जरल्याण्ड निवासी इनास यूरोपका सहसंयोजक गुणराज शर्मा ले सोफिया महर्जन कार्कि संग संयूक्त रुपमा गरेका थिए। कार्यक्रमको उद्घाटन सत्रमा अथितिहरु लाई स्वागत गर्ने क्रममा निवर्तमान अध्यक्ष डा. विनय श्रेष्ठलाई पनि खादा लगाई आसन ग्रहण गराएको थियो। कार्यक्रममा उपस्थित स्विट्जरल्याण्डको समुहले स्विट्जरल्याण्डका नेपाली समुदाय र नेपाल स्वीस डट कमको तर्फबाट कार्यक्रमलाई नगद ५०० स्वीस फ्रान्कको स्पोन्सर प्रदान गरिएको थियो। कार्यक्रमको अन्त्यमा नेपाल स्वीस डट कम लाई प्रदान गरिएको कदर पत्र एवं मायाको चिनो शुक्र श्रेष्ठले ग्रहण गरे।

DSC_0136DSC_0443DSC_0927

२०१६ मा इनासको कार्यक्रम स्विट्जरल्याण्डमा आयोजना हुने

इनासको तेस्रो एकल नेपाली नृत्य प्रतियोगिताको पूर्व सन्ध्यामा सम्पन्न संस्थाको तेस्रो यूरोपेली बैठकमा बिभिन्न राष्ट्रका इनास कमिटिहरु बाट सन् २०१६ मा इनासको चौथो एकल नेपाली नृत्य प्रतियोगिता र क्षेत्रिय बैठक आ-आफ्नो देशमा आयोजना गर्ने प्रस्ताव पेश गरिएको थियो। त्यसै कार्यक्रममा एन आर एन ए स्विट्जरल्याण्डका निवर्तमान अध्यक्ष डा. विनय श्रेष्ठले स्विट्जरल्याण्डको नेपाली समाजको इतिहास, पृष्ठभूमि र रुपरेखाको चर्चा गर्दै सन २०१६ मा उक्त कार्यक्रम स्विट्जरल्याण्डमा गर्ने प्रस्ताव प्रस्तुत गरे। उक्त प्रस्ताव प्रस्तुत गर्दै श्रेष्ठले उक्त कार्यक्रम स्विट्जरल्याण्डमा भएमा उक्त कार्यक्रमलाई सफल बनाउन आफ्नो पूर्ण सहयोग रहने र स्विट्जरल्याण्डको सम्पूर्ण समाजको सहयोगमा कार्यक्रम आयोजना गरिने बताए। तद पश्चात बसेको इनासको बैठकले २०१६ को कार्यक्रमको आयोजक राष्ट्रको रुपमा स्विट्जरल्याण्ड लाई तोक्यो। उक्त निर्णय संगै २०१३ को स्विट्जरल्याण्डमा आयोजित एन आर एन ए यूरोपेली क्षेत्रिय बैठक पश्चात स्विट्जरल्याण्डमा आयोजना हुन लागेको यो कुनै पनि अन्तराष्ट्रिय संस्थाको पहिलो यूरोप स्तरीय कार्यक्रम हुने भएको छ। इनासको उक्त निर्णयलाई स्विट्जरल्याण्डबाट उक्त कार्यक्रम उपस्थित सबै व्यक्तित्वहरुः गुणराज शर्मा, सन्तोस राई, शुक्र श्रेष्ठ, सुभाष सुन्दास र हिरालाल श्रेष्ठ का साथमा संयूक्त रुपमा स्विकार्दै श्रेष्ठले इनास प्रति कृतज्ञता व्यक्त गर्दै स्विट्जरल्याण्डमा २०१६ मा आयोजना हुने कार्यक्रममा सबैलाई हार्दिक निमन्त्रण गरे।

शान्ति पथको प्रस्तुति

इनास जर्मनीको अध्यक्ष सन्तोष राज गुरुङको नेतृत्वमा शान्ति पथ म्यूजिक प्रोजेक्ट नामक संगित समुहको सांगितिक कार्यक्रम पनि उक्त कार्यक्रमको अवसरमा प्रस्तुत गरिएको थियो। साथै गायक राजमान तमाङ र गायिका अन्जु गुरुङले पनि सांगीतिक कोशेलिहरु प्रस्तुत गरेका थियो।

DSC_0229  DSC_0248

अर्न्तराष्ट्रिय कलाकार सम्मान-२०१५

कार्यक्रममा यूरो नेपाल कलाकार संघ बेल्जियम, मुना बेल्जियम र इङल्यान्ड निवासि नेपाली चलचित्र निर्देशक मनिस कुमार श्रेष्ठ लाई इनास अर्न्तराष्ट्रिय कलाकार सम्मान-२०१५ द्वरा सम्मान गरियो। यसै क्रममा बेल्जियम निवासि कलाकार एवं समाज सेवी सोफिया महर्जन कार्किलाई प्रेरक यूवाको कदर पत्र प्रदान गरियो।

Share.

Leave A Reply