१६ वैशाख २०८१

दुई किशोरीमाथि तेजाव छ्याप्ने युवक सार्वजनिक

0

काठमाडौ, ६ चैत । दुई किशोरीमाथि तेजाव छ्याप्ने युवकलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरी, काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा रामेछापको फुलासी गाविसका २० बर्षका जीवन विकले प्रेमका धोका पाएपछि तेजाव हानेको तथ्य प्रहरीले सार्वजनिक गरेको हो ।
विकले किशोरी संगीता मगरलाई २०६९ देखि मन पराउँदै आएको र परिवारले यसबारेमा थाहा पाएपछि उनीहरुबीचको प्रेम भाँडिएको खुल्न आएको प्रहरीको भनाइ छ । महानगरीय प्रहरी आयुक्त एआईजी विज्ञानराज शर्माले जीवनले थर ढाँटेर आफूसँग प्रेम गरेको थाहा पाएकी संगीता टाढिएपछि बदला लिन तेजाव हानिएको अनुसन्धानबाट खुलेको बताउनुभयो ।
संगीताका परिवारले समेत दुबैको प्रेम प्रकरणका क्रममा जीवनलाई दुव्र्यहार गरेको तथा संगीताले समेत जीवनका बुवालाई हातपात गरेकै कारण बदला लिन तेजाव छ्यापेको प्रहरीले जनाएको छ । जीवनले तेजाव हान्ने योजना अनुसार न्यूरोडको एक ब्याट्री पसलबाट हर्लिक्सको शिशीमा एसिड किनेर ल्याएको बताएका छन् ।

Share.

Leave A Reply