१७ वैशाख २०८१

गगन थापा बेल्जियम आउँदै

0

नेपाली जनसपर्क समिति बेल्जियमले नेपाली काँग्रेसका नेताद्धय धनराज गुरुङ्ग र युवा नेता गगन थापाको समुपस्थितमा बेल्जियमका नेपाली संघसंस्था तथा समुदायको समपस्थितीमा खुल्ला अन्तरकृया कार्यक्रमको आयोजना गर्ने भएको छ ।

कार्यक्रमलाई भव्य बनाउनको लागि नेपाली दुतावास बेल्जियम, बेल्ज्यिममा रहेका सवै नेपाली संघसंस्था, पत्रकारहरु, साथै डायस्पोरामा रहेका सवै जनसंपर्क समितिहरु, युरोपियन जनसंपर्क समन्वय समितिलाई इमेल मार्फत आमन्त्रण गरिएको गरिसकिएको र कुनै प्राविधिक कारणले पुग्न नसकेको भए पनि कार्यक्रम उपस्थित हुन नेपाली जनसंपर्क समिति बेल्जियमका अध्यक्ष सन्तोस जोशी सुवासले अनुरोध गरेका छन् । नेपालको शंविधान लेखन प्रकृया अन्तिम चरणमा रहेकाले डायस्पोरामा रहेका नेपालीहरुले शंविधानमा आफ्ना भावानालाईहरुलाई शंवोधन गराउनको लागि यो कार्यक्रम उपयुक्त हुन अवसर हुने बेल्जियमवासी नेपालीहरुको प्रतिकृया दिएका छन् ।

आगामी २८ मार्च शनिवार बेल्जियमको स्थानिय शहर लुभेन शहरमा दिउँसो १३ बजेबाट उक्त कार्यक्रम सुरु हुने बताइएको छ । नेपालको संविधान लेखन प्रकृया, भैरहेका प्रगतिहरु र तोकिएको समयमा नै शंविधान जारी हुन नसक्नुका कारण बारेमा डायस्पोरामा रहेका नेपाली समुदायर र नेताद्धय विच अन्तरकृया गरिने जनसंपर्क समिति बेल्जियमका महामन्त्री शालिक गौतमले बताए । कार्यक्रमलाई भव्य बनाउनको लागि कोषाध्यक्ष दिनेश भण्डारीको संयोजकत्वमा आर्थिक समिति र सहमहामन्त्री सुवास गुरुङ्गको संयोजकत्वमा व्यवस्थापन समिति बनाइ व्यवस्थापकिय काम अगाडि बढाइएको छ ।

गगन थापा शंविधान सभाका सदस्य, नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा नेविसंघका पुर्व महामन्त्री हुनुहुन्छ भने धनराज गुरुङ्ग माननिय सभाषद,नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा नेविसंघका पुर्व अध्यक्ष हुनुहुन्छ । युवा नेता गगन थापा २६ मार्चमा जर्मनी आइपुग्ने, २७ मा जर्मन सरकारका उच्च स्तरिय अधिकारीसंग भेटघाट रहेको, २८ मार्चमा बेल्जियमम आयोजना भएको अन्तरकृयामा सहभागी हुने, २९ मार्चमा नेपाली जनसंपर्क समिति पोर्तुगलको कार्यक्रमलाई शंवोधन गर्ने, २९ मार्चमा नेपाली कन्सुलर पोर्तुगलको कार्यलय उद्घाटन गरि कतार लाग्ने कार्यक्रम रहेको छ भने अर्का नेता धनराज गुरुङ्ग भने केहि समय युरोपका अन्य देशहरुका कार्यक्रममा सहभागी हुने छन् ।

Share.

Leave A Reply